पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बंगालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।
पूर्वाञ्चलमा मेची, कोशी र सगरमाथा ३ अञ्चल पर्दछन्।
| पूर्वाञ्चल विकास क्षेत्र |
| क्रम संख्या |
अञ्चलहरू |
जिल्लाहरू |
| १ |
मेची अञ्चल |
४ वटा (झापा, इलाम, पाँचथर र ताप्लेजुङ) |
| २ |
कोशी अञ्चल |
६ वटा (मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा) |
| २ |
सगरमाथा अञ्चल |
६ वटा (सप्तरी, सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु) |
| जम्मा |
३ अञ्चल |
१६ जिल्ला |