पुष्पकमल दाहाल
पुष्पकमल दाहाल (प्रचण्ड) ने.क.पा. माओवादीका अध्यक्ष प्रचण्डको जन्म कास्की जिल्लाको लेवाडी ढिकुरपोखरीमा २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रुपमा, नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष हुन्। झण्डै १३ वर्ष भूमिगत जीवन विताएका यिनी २०६२-६३को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए। [१]
विषयसूची |
[सम्पादन गर्ने] राजनैतिक यात्रा
पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनैतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजीक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनैतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ। भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो।"
[सम्पादन गर्ने] फेरि वैद्य नजीक
प्रचण्डको सम्बन्ध मोहन वैद्यसँग नजीक हुन पुग्यो। किनभने, त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा 'मशाल' का महामन्त्री भएका थिए। त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे। त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे। ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए। त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो। ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालीम दिएका थिए। २०६२ फागुन २ गतेको 'जनादेश' लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, "त्यो तालीमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरूङको घरमा गयौँ। त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो।" त्यो समुहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन्। त्यसपछि ०५२मा 'जनयुद्ध' थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालीम दिए, प्रचण्डले। १० वर्षका समयमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन्।
[सम्पादन गर्ने] आमा बित्दाको क्षण
०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन्। उनलाई वीर अस्पताल पुर्याइयो। मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए। दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो। अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे। किरिया गरेनन्, भाइले गरे। ०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो। न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम 'बाबु' थियो। तर, स्कूल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन्। बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन्।
[सम्पादन गर्ने] पकड बलियो हुँदै
०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको अवधारणा पास गरेपछि पार्टी भित्रै उनका केही आलोचक पनि जन्मिए। दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेज अनुरूप माओवादीले ०५८ सालमा आफ्नो छुट्टै 'जनमुक्ति सेना, नेपाल' गठन गर्यो, जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो। ०६१ भदौमा फुन्टीबाङमा सम्पन्न बैठकले रणनैतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनैतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि डा. बाबुराम भट्टराई समूहसँग उनको मतमतान्तर हुन पुग्यो। यस विवादले यतिसम्म ठूलो रूप लियो कि दुवै नेताहरू एकअर्कामा दरबारपरस्त र भारतपरस्त भन्ने जस्ता आरोप-प्रत्यारोपसमेत भए। 'माघ १९' पछिको अन्तर्राष्ट्रिय दबाब नभएको भए सायद माओवादी पार्टी यतिखेर फुटिसक्थ्यो। राजाको 'कू' का कारण माओवादीको अन्तर्राष्ट्रिय सङ्गठन -रिम र पार्टीभित्रका केही नेताको दबाबमा प्रचण्ड र बाबुरामको विवाद मिलाए। यो विवाद २०६२ कात्तिकमा सम्पन्न चुङबाङ बैठकमा सबै पक्षबाट आत्मालोचना गरेर साम्य भएको थियो। पछिल्लो अवस्थामा पार्टीभित्र प्रचण्डको दह्रो पकड देखिन्छ। श्रीमती सिता त पार्टीमा छन नै उनका दुई छोरी र एक छोरा सबै पार्टीका 'डब्लूटी' बनेका छन्। विद्रोहको सुरूदेखि नै आधार इलाकामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोस्टबहादुर बोगटी (दिवाकर) की छोरीसँग प्रचण्डका छोरा प्रकाशको विवाह २०६२ फागुनमा एक भव्य समारोह बीच भारतमा भएपछि उनको अर्को नाता गाँसिएको छ। उनका छोरीपट्टीका सम्धी दुवै भारतमा प्रवास ब्युरोमा कार्यरत छन्।
[सम्पादन गर्ने] विबाद
उनले पाँच लाख बराबरको खाट चीनबाट मगाएको समाचार बिभिन्न पत्र पत्रिकाले छाप्दा उनका कार्यकर्ताहरूले छापाखानामा तोडफोड गरेका थिए।
[सम्पादन गर्ने] समयानुक्रम
- २०२६ सालमा एसएलसी
- २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
- २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
- २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
- २०३८ सालमा नेकपामा प्रवेश
- २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
- २०४६ महामन्त्री नेकपा (मशाल)
- २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र)
- २०५१ महामन्त्री नेकपा (माओवादी)
- २०५७ अध्यक्ष, नेकपा (माओवादी)
- २०६३ आम जनतासमक्ष र्सार्वजनिक
| पूर्वाधिकारी गिरिजा प्रसाद कोइराला |
नेपालको प्रधानमन्त्री अगस्ट् १८, २००८ देखि मे ४, २००९ |
उत्तराधिकारी माधब कुमार नेपाल |
[सम्पादन गर्ने] सन्दर्भ
[सम्पादन गर्ने] सन्दर्भ
|
|||||
[सम्पादन गर्ने] बाह्य लिङ्कहरू
- Prachanda - hero or villain? By Rabindra Mishra (BBC Nepali service)
- Prachanda speech on democracy given at Hindustan Times Leadership Summit, New Delphi, India, November 18, 2006 / Video of the Speech (together with Lord Neill Kinnock, Labour Party Great Britain)
- L'Espresso-Interview with Prachanda: Our revolution won, November 2006
- L'Espresso-Interview with Prachanda as Video, November 2006
- Interview with Kantipur Online
- Exclusive interview with Prachanda, The Hindu (India) of February 8, 9, र 10, 2006
- An interview with Prachanda
- BBC news Video Interview with Prachanda
- My Free Nepal
- Interview with Revolutionary Worker in 2000