रामवरण यादव
| रामवरण यादव | |
|
|
|
|---|---|
| बहालवाला | |
| पद बहाली २२ जुलाई, २००८ २०६५ साउन ७ गते |
|
| उपराष्ट्रपति | परमानन्द झा |
|
|
|
| जन्म : | २००३ माघ २२ ४ फेब्रुअरी १९४८ सपहि गाविस धनुषा जिल्ला, नेपाल |
| राजनीतिक दल : | नेपाली काँग्रेस |
| जीवनसाथी : | जुलेखा यादव [१] |
| सन्तान : | डा. चन्द्रमोहन यादव र चन्द्रशेखर यादव (छोरा), अनीता यादव (छोरी) |
| निवास : | शीतलनिवास (कार्यकारी निवास) |
| धर्म : | हिन्दु |
डा. रामबरण यादव (जन्म २००४ साल माघ २२ गते)[१] नेपालको बर्तमान राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन। उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे।
यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए। उनी बिसं २०५६मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए।
बिसं २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे। बिसं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे। १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते।
पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६मा पुन दोस्रो चरणको निर्वाचन गराईयो। यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए। उनले संविधान सभा खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए। उनले बिसं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए। शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति परमानन्द झालाई शपथ गराए।
व्यक्तिगत जीवन [सम्पादन गर्ने]
रामबरण यादवकाको जन्म २००३ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो। उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३मा मृत्यु भएको थियो। उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन।[१] यादव अहिले शीतलनिवासमा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन।
राजनैतिक जीवन [सम्पादन गर्ने]
रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनैतिक जीवनको शुरुवात भयो। उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शम्सेर राणा, पुष्पलाल श्रेष्ठ र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो। यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनैतिक क्षेत्रमा प्रवेश गरे। उनी बिसं २०३७मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए। बिसं २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको निजी चिकित्सकको रूपमा काम गरे।
रामवरण यादव बिसं २०४७ साल अघि भएका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागि परिरहे। त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बिसं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको प्रतिनिधि सभाको चुनावमा उनी धनुषा जिल्लाको क्षेत्र नं. ५बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए। उनी बिसं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए। उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले।
रामवरण यादवले नेपाली काँग्रेस पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन। उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए। राष्ट्रपति हुनु पूर्व उनी नेपाली काँग्रेस पार्टीका महासचिव थिए।[१]