ज्ञानेन्द्र शाह
| ज्ञानेन्द्र शाह | |
|---|---|
|
|
|
| शासन अवधि | 7 November 1950 – 8 January 1951 (० years, ६२ days) |
| पुर्वाधिकारी: | राजा त्रिभुवन |
| उत्तराधिकारी: | त्रिभुवन |
| शासन अवधि | 4 June 2001 – 28 May 2008 (६ years, ३५९ days) |
| पुर्वाधिकारी: | दिपेन्द्र शाह |
| उत्तराधिकारी: | राजतन्त्रको अन्त्य |
| रानी: | कोमल शाह |
| सन्तान | |
| पारस शाह प्रेरणा शाह |
|
| Dynasty | शाह वंश |
| बुवा: | महेन्द्र शाह |
| आमा: | इन्द्रराज्यलक्ष्मी शाह |
| जन्म: | जुलाई ७, १९४७ Expression error: Unrecognized punctuation character "�". काठमाडौं, नेपाल |
ज्ञानेन्द्र शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम राजा पनि हुन्। २००७मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारत गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। त्यसको पचास वर्ष पछि आफ्ना भतिजा युवराजाधिराज दीपेन्द्रले गरेको राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभए लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्त गरेका छन तर पनि स्वतन्त्र र वैज्ञानीक तथ्यबाट यसको पुष्टी हुन सकेको छैन।
राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन। २०५९ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा राजा बीरेन्द्र लगायत ततकालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा बीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।
उनीले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनैतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रीक शासनव्यवस्था माथि हमला बोलेको आरोप लगाउदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनैतिक दलले २०६२/०६३मा लोकतान्त्रीक आन्दोलन मार्फत प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अनत्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन। गणतन्त्र घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।
उनि राजा भएको वेला नेपालमा ने.क.पा माओवादीले साम्यबादी अधिनायकवाद स्थापना गर्ने उदेश्यले जन युद्दको नाममा गुरिल्ला युद्द चलाई रहेको थियो। त्यस बेला जनताको जनादेश पाएको भनि दवी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकि रहिका थिएनन। राजनैतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुदै गएका थिए। ससदिय प्रजातन्त्रमा आस्था राख्ने द्लहरूमा पदको लुक्षाचुडी चलि रहेको थियो। प्रधान मन्त्रिको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउबाले प्रतिनीधि सभाको बिघटन गरे। तर समयमा नै सो प्रतिनीधि सभाको निर्वाचन गर्न सकेनन। यसले संवैधनीक जतिलता छायो। नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ठूला जस्ता दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन। त्यसबेला ने.क.पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनी प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनैतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकारेनन्। राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदम पछि राजतन्त्रको समाप्ति कै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने.क.पा माओवादीबीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिना पछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्यो।
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन त्यस पछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले माओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्यो जस अनुसार माओवादि समेत सम्मिलित अन्तरिम संसद गठन भयो।
अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आई सकेको र संविधान सभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोहि आदेशलाई पछयाउदै संविधान सभाको पहिलो बैठकले २०६५ साल जेष्ट १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन।
| पूर्वाधिकारी बीरेन्द्र वीर विक्रम शाह |
नेपालको राजा ?? -- ??? |
उत्तराधिकारी - |
| पूर्वाधिकारी नयाँ पद |
नेपालको मन्त्रीपरिषद्को अध्यक्ष ?? |
उत्तराधिकारी - |
महत्त्वपूर्ण सम्बोधनहरू [सम्पादन गर्ने]
- असोज १८, २०५९को शाही घोषणा
- माघ १९, २०६१को शाही घोषणा
- राजा ज्ञानेन्द्रको नव वर्ष २०६३को सन्देश
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ८को घोषणा
- राजा ज्ञानेन्द्रको २०६३ वैशाख ११को घोषणा
- राजा ज्ञानेन्द्रको अन्तिम सम्बोधन