सोलुखुम्बु जिल्ला
| सोलुखुम्बु जिल्ला | |
| अञ्चल: | सगरमाथा अञ्चल |
|---|---|
| सदरमुकाम: | सोलु सल्लेरी, |
| क्षेत्रफल: | ३,३१२ वर्ग कि.मि. |
| जनसंख्या: | १,०५,८८६ (२०६८)[१] |
| गाविस संख्या: | ३४ |
| नगरपालिका(हरू): | छैन |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | १ |
| भौगोलिक अवस्थिति: | हिमाल |
| सबै भन्दा अग्लो स्थान: | सगरमाथाको शिखर : ८८४८ मिटर |
| सबै भन्दा होचो स्थान : | नेचा बेतघारी गा.वि.स.वडा नं.८मा पर्ने तुइन्टार : ............. मिटर |
| प्रमुख जातिहरू: | राई,शेर्पा,ब्राह्मण,क्षेत्री,तामाङ,मगर,गुरुङ,नेवार,दमाई,कामी,सार्की आदि आदि |
| प्रमुख भाषाहरू: | नेपाली,शेर्पा,तामाङ,नेवार,गुरुङ,राई(थुलुङ,बाहिङ,कुलुङ,नाछिरिङ,खालिङ) आदि आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०३८ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcsolukhumbu.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
सोलुखुम्बु जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध नभएको एक मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३४ वटा गाउँ विकास समितिहरू छन।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
- तिब्बती भाषामा स्यार खुम्बु भन्नाले पूर्व तर्फको पवित्र भूमी जनाउँछ र यही शब्द अपभ्रंश भएर सोलुखुम्बु भएको मानिन्छ।
- किराँती भाषामा पश्चिम तर्फबाट आई माँझ किराँतमा बस्नेलाई खुम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको स्यार शब्द थपिदा स्यारखुम्बु भएको र सो शब्द अपभ्रश भएर सोलुखुम्बु बनेको विश्वास गरिन्छ।
- सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलुखोला र उत्तरस्थित खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि पाइन्छ।
भौगोलिक अवस्था [सम्पादन गर्ने]
- अक्षांश:- २७ डिग्री २०' ३९' देखि २८ डिग्री ६' २४' उत्तर
- देशान्तर:- ८६ डिग्री ०' २१' देखि ८७ डिग्री ०' १' पूर्व
- सिमाना:- पूर्व-सङ्खुवासभा र भोजपुर जिल्ला,पश्चिम-दोलखा र रामेछाप जिल्ला,उत्तर-चीनको तिब्बत, दक्षिण-ओखलढुङ्गा र खोटाङ जिल्ला
- क्षेत्रफल:- ३,३९,७७६ हेक्टर
- औसत लम्बाइ:-
- औसत चौडाइ:-
- भौगोलिक विभाजन:- हिमाली क्षेत्र
- सबभन्दा अग्लो स्थान:- ८८४८ मिटर सगरमाथा हिमाल
- सबभन्दा होचो स्थान:- ६०० मिटर तुइनटार
- सदरमुकाम:- सोलु सल्लेरी
विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन। यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ।
भौगोलिक विभाजन [सम्पादन गर्ने]
डाँडाकाँडा, भिरपाखा, खोल्सा-खोल्सी, वन-जङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्बरूप भएको यस जिल्लालाई मुख्य रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ।
हिमाली क्षेत्र [सम्पादन गर्ने]
यस प्रदेशमा महालंगुर र अन्य हिमश्रृङ्खलाहरू पर्दछन। विश्वको सर्वोच्च चुचुरा सगरमाथा हिमाल यसै प्रदेशमा पर्दछ। यस जिल्लाको प्रमुख गौरवको रूपमा रहेको यो क्षेत्र पर्वतारोहण र दृष्यावलोकनका लागि विश्व प्रसिद्ध छ।
उच्च पर्वतीय क्षेत्र [सम्पादन गर्ने]
खुम्बु तथा वरीपरीका उच्च उपत्याकाहरू यसै प्रदेशमा पर्दछन्। फापर उवा आलु आदिको खेती हुने शेर्पा जातिको मुख्य वसोवास रहेको यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यबसायको लागि अति उर्वर मानिन्छ। मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दुधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडा आदि स्थानहरू यस क्षेत्रमा पर्ने महत्वपूर्ण स्थान मानिन्छ।
मध्य पहाडी क्षेत्र [सम्पादन गर्ने]
जिल्लाको अधिकांश आवादी भएको यो क्षेत्र हावापानी दृष्टिकोणले अत्यन्त राम्रो छ। यस भागमा मकैं कोदो तोरी आलु तथा फलफूलमा उच्च स्थानमा स्याउ र दक्षिणी क्षेत्रमा सुन्तला खेती गरिन्छ। यस जिल्लाका दुधकोशी लिखु सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारामा धान खेती हुन्छ।
हावापानी [सम्पादन गर्ने]
हावापानीको वर्गीकरण अनुसार यस जिल्लाको हावापानीलाई २ भागमा विभाजन गरिएको छ। न्यूनतम ९०० मिटरदेखि अग्लिन शुरु भै विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर सम्मको उचाईमा फैलिएको यस जिल्लाको आधाभन्दा वढी ५७ प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतया यस जिल्लाको हावापानी चिसो रहेको छ। यस जिल्लाको दक्षिणी भूभागमा अवस्थित मध्य पहाडी क्षेत्रमा समशितोष्ण हावापानी पाइन्छ। यस जिल्लाको वार्षिक औसत वर्षा सरदर १६६१.१ मिलिमिटर रहेको छ भने वार्षिक अधिकतम तापक्रम सरदर ११.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम सरदर १.८ डिग्री सेल्सियस रहेको छ।
जल सम्पदा [सम्पादन गर्ने]
यस जिल्लामा रहेका प्रमुख नदीनालाहरू दुधकोशी नदी, इङ्खुखोला, सोलुखोला, बेनीखोला, हँगाखोला, चिम्दिङ्गखोला, सिसाखोला, साथै नुत्से, ल्होत्से र खुम्बु हिमनदी प्रमुख छन। त्यस्तै यस जिल्लाका मुख्य ताल कुण्डहरूमा दुधकुण्ड, दुधपोखरी, जालिमपोखरी, पाँचपोखरी र साल्पापोखरी आदि पर्दछन।
व्यापारिक महत्वका स्थानहरू [सम्पादन गर्ने]
सदरमुकाम सल्लेरी बजार यस जिल्लाको दक्षिण भागमा पर्ने मुख्य वजार हो। यस स्थानमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मुलत गलैचाको समेत व्यापार हुने गर्दछ। जिल्लाको अर्को प्रमुख वजारका रूपमा सगरमाथाको प्रवेश द्वारको रूपमा रहेको नाम्चे बजार पर्दछ। पर्यटकीय बजारको रूपमा रहेको यस बजारमा सुविधा सम्पन्न होटलहरू रहेका छन्। यहाँ मुख्य रूपमा उत्तरी सिमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक यस जिल्लाका अन्य साना बजारहरूमा नेचाबेतघारी गाविसमा पर्ने नेचा बिहिबारे बजार, नेले बजार, सोताङ्ग बजार, भाकाञ्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यान गाविसको बुधबारेहाट, चौंरीखर्कको लुक्ला बजार, बुङ्ग गाविसको बुङ्ग बजार पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।
प्रमुख धार्मिक क्षेत्र [सम्पादन गर्ने]
यस जिल्लामा हिन्दू तथा बौद्धमार्गीहरूले मान्दै आएका धार्मिक स्थलहरू प्रशस्त संख्यामा रहेका छन्। हिन्दू धर्मावलम्बीहरूले मानिआएका प्रमुख देवीदेवताका स्थलहरू देहाय बमोजिम रहेका छन्।
- श्री वालेश्वर महादेव मन्दिर
- ज्वालामाइदेवीको मन्दिर
- पाचकन्यास्थान
- कालिका देवी स्थान
- दुधकुण्डेश्वर महादेव
- ठकुमाल देवीस्थान
- सिद्धनाथ मन्दिर, भेडीश्वोर वागेश्वरी स्थान
- जाल्पा देवीस्थान, शिवालय वज्रगुम्बा मन्दिर
- सिंहकाली देवी स्थान
- गुप्तकालीका देवीको मन्दिर
- कालिकादेवी, जालपादेवी, सिंहदेवी मन्दिर (नेचा बेतघारी)
यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]
|
|||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||