बागलुङ जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बागलुङ जिल्ला
Baglung district location.png
अञ्चल: धवलागिरी अञ्चल
सदरमुकाम: बागलुङ,
क्षेत्रफल: १,७८४ वर्ग कि.मि.
जनसंख्या: २,६८,९३७
गाविस संख्या: ५९
नगरपालिका(हरू): कालिका नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०६८
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

बागलुङ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलमा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।

नामकरण[सम्पादन गर्ने]

जिल्लाको नाम बागलुङ रहनुमा अर्थात बागलुङ शब्दको व्युत्पत्तिको धेरै किम्बदन्तीहरू रहेको पाइन्छ।

  • संस्कृत भाषामा व्यांघ्रालुनातीति शब्दमा "व्याघ्रको" अर्थ "बाघ" "लुनातीति"को अर्थ "लुञ" अर्थात छेदनु/ काट्नु वा मास्नु हो। कुनै समयमा यस ठाउँमा बाघै बाघहरूको ताँती हुनुको कारण यहाँको जनजीवन अति नै भयावह थियो। यस्तो डरलाग्दो वा दयनीय अवस्थालाई देखेर त्यस बेलामा मगर जातिका बलिया व्यक्तिहरूको समूहहरूको सक्रियतामा ती बाघहरूलाई छेदनु/ काट्ने वा मास्ने जस्ता काम गरेका हुँदा बाघहरूलाई मास्ने उद्देश्यले गरेको कार्यको अर्थमा यस ठाउँको नाम "बाघ्रलुञ वा ब्याघ्रलुञ" रहन गई अपभ्रंश भई बागलुङ रहन गएको मानिन्छ।
  • त्यस्तै गरी बाघ प्रचलित खस भाषा हो। "लुङ"को अर्थ लस्कर वा ताँती पंक्तिवद्ध वा लामको अर्थलाई जनाउँछ। त्यस समयमा बाघहरूको लस्कर लाग्ने थलो भएकोले यस ठाउँको नाम "बाघलुङ" रहन गएको र पछि बागलुङ भएको हो भन्ने भनाई पनि रहेको छ।
  • तिब्वती भाषामा "वाग"को अर्थ कहीं केही उठेको खण्ड र "लुङ"को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ। यसर्थ "बागलुङ"को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा समथर जमीनको भाग भएकोले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने प्रष्ट हुन्छ।

इतिहास[सम्पादन गर्ने]

सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध मानिन्थ्यो।

चौधौ शताव्दीमा जुम्लामा राजाहरूले आफ्नो राज्य विस्तार गर्ने क्रममा विसं १४२९ तिर मलेबम जुम्लाको राजगद्दीमा बसेपछि पूर्व तर्फका धेरै राज्यहरू जिते। बागलुङ जिल्लाका निशेल भुजेल भन्ने चार हजार पर्वत ईलाकामा त्यस बेला मगरहरूको रजाइँ थियो। जुन समयमा रुकुममा मलेबम्का छोरा पिताम्बर र नाति जैतुबम्ले शासन चलाएका थिए। मगर राजाहरूले यस जिल्लाको राज्य प्रभावकारी रूपमा सञ्चालन गर्न रुकुमको राजधानी गोथाममा गई राजा जैतुबम्का आठ भाइ राजकुमार मध्ये एउटा मागे। राजाले जेठा छोरा बाहेक बाँकी भाइमा रोजेर लाने आज्ञा दिएकोले राती सुतेको ठाउँमा हेर्न जाँदा माहिला राजकुमार आनन्दवम्को शिरतिर बढेको देखि उनलाई पिठ्यूँमा बोकेर भुजेलहरूले पर्वतमा ल्याए। पर्वतेहरूले यी राजालाई तीन नामले पुकार्दथेः- गोथामबाट ल्याएको गोथम्ब, पिठ्यूँमा बोकेर ल्याएकोले पिठम्ब र आउने राजकुमारको नाम आनन्द भएकोले आनन्द। राजाका साथमा मुडुला कार्की, रुचाल तथा पौडेलहरू पनि आएको किम्बदन्ती छ। विसं १५१० तिर आनन्दवम सोलेपार पर्वतका राजा बने। त्यस बेलासम्म पनि गल्कोट, बिहुँकोट र चन्द्रकोटामा भुरे राजाहरूले राज्य गर्दथे जसमध्ये बलेवा र बागलुङ माझकोट अन्तरगत र थन्थाप चन्द्रकोट अन्तर्गत थिए।


आनन्द बम र चन्द्रबमपछि डिम्ब नामको दिलिपले आफ्नो शासनकालमा बिहुँकोट, गल्कोट र ताकमलाई विजय गरी आफ्नो राज्यलाई ४००० पर्वतबाट १४००० पर्वत पुर्र्याए। उनले राज्यमा सु-व्यावस्था ल्याउन आफ्ना माहिला भाइलाई डाँडाकोट, साहिँला भाईलाई विहुँकोट र कान्छा भाईलाई गल्कोटमा राखेका थिए। राजा डिम्ब वर्षा याममा ढोरमा र हिउँदमा ताकममा बसी राज्य चलाउँथे। ह्यामिलटनको भनाइ अनुसार "गल्कोट एउटा सानो राज्य थियो जहाँ ३००० घरहरू थिए। राजाको दरबार पहाडको टाकुरामा थियो। त्यस दरबारको वरिपरि ५०० खरका झुपडीहरू थिए। यहाँ ३ वटा तामा र १ फलाम खानी थियो। खानीहरूमा केही आधिकारीक व्यक्तिहरूले मात्र काम गर्न पाउँथे। राजाको बार्षिक आम्दानी रु ३५००।- थियो। यहाँका राजाले बिना कुनै युद्ध नै गोर्खाली सेना अगाडी समर्पण गरेका थिए।"


यस गल्कोट राज्यको बारेमा इतिहासकार कर्क प्याट्रिकले पनि लेखेका छन। उनको भनाइ अनुसार "गल्कोट एउटा ठूलो शहर थियो र गल्कोट नामको एउटा ठूलो किल्ला थियो। यो गल्कोट चौविसी राजाहरू मध्ये एक थियो।" एक वंशावलि अनुसार राजा डिम्बका पालामा गण्डकी र कर्णाली प्रदेशका राजाहरूले दिल्लीका बादशाह कहाँ पाँच-पाँच वर्षमा सिर्तो लैजाने गर्दथे। त्यस सिर्तोमा आफ्ना राज्यमा पाइने कस्तुरीको विना, बाज, डाँफे, मयुर, चितुवाको छाला, पश्मिनाको पछ्र्यौरा आदि हुन्थे। राजा डिम्बले पनि युवराज नागबमलाई विसं १५३० तिर दिल्ली पठाए। बादशाहबाट "मल्ल" भन्ने पदवी दिईएको हुँदा युवराज नागबम त्यसवेला देखि नागबम मल्ल भए। यिनैको पालामा जितेको मादीखोला पूर्वको डाँडाकोटलाई त्यहाँका क्षेत्रीहरूले मल्ल राज्य भनी नाउँ राखे जुन आज पनि राजभक्ति देखाएकोले मल्ल राज्यको नामले प्रसिद्ध छ। राजा डिम्व १२० वर्ष सम्म बाँचेका थिए भन्ने जनश्रुति छ। यिनले ८४ वर्षको उमेरमा आफ्नो जेठा छोरा नागबम पनि अस्वस्थ्य भएकोले एक मात्र नाति प्रतापी नारायणलाई विसं १५९० तिर पर्वतको राज्य सुम्पे। यिनको शासन कालमा यहाँ प्रशस्त मात्रामा जङ्गल भएकोले पशुपालन र अन्य धेरै काममा महत्वपूर्ण स्थान थियो। नुन र सुन भोट तिरबाट पैठारी हुन्थ्यो। प्रतापी नारायण मल्लले राजा हुने बित्तिकै पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरे। पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाईजो दिएर पठाए। हाल सो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार नजीक कृष्ण गण्डकी र काठेखोलाको दोभान निर एउटा हात्ती सुँडे आकारको रमणीय वनमा निर्मित मन्दिरमा कालिका भगवती देवीको नामले प्रसिद्ध छ। देवीको साथमा पाल्पाबाट खड्ग समाती आउने खड्का क्षेत्रीलाई पूजारी बनाए। राजा प्रतापी नारायणले स्थापना गरेको यस मन्दिरको पूर्व ढोका खोल्नु हुँदैन भन्ने किम्बदन्ती अझै पनि प्रचलित छ। यस मन्दिरको पूजा खर्चको निमित्त राजाले गुठी राखी दिएका थिए। राजा प्रतापी नारायणको पाल्पासँग वैवाहिक सम्बन्ध पछाडि चौविसी राज्य पाल्पा र पर्वत बलिया राज्य भए। यिनको करीव ३० वर्षको शासनकाल पछाडि आफ्ना जेठा छोरा किरातीबम मल्ललाई गल्कोट माहिला राजबम मल्ललाई पर्वत र कान्छा कल्याणबम मल्ललाई कास्कीको राज्य सुम्पी आफु काशीबास गए।

पृथ्वी नारायण शाहको नेपालको एकिकरण अभियानमा गुल्मी, अर्घाखाँची, प्युठान, पर्वत कब्जा गरी अन्त्यमा बलेवा हुँदै बागलुङ समेत नेपाल अधिराज्यमा गाभियो।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांश: २८ डिग्रि १५ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
  • देशान्तर: ८३ डिग्री ०० मिनेट देखि ८३ डिग्री ३६ मिनेट पूर्व
  • सिमाना: पूर्व- पर्वत, पश्चिम-रुकुम, रोल्पा, उत्तर-म्याग्दी जिल्ला र दक्षिण- गुल्मीप्युठान जिल्ला
  • क्षेत्रफल: १,७८४ वर्ग किलोमिटर
  • सबभन्दा होचोस्थान: मिटर
  • सबभन्दा अग्लोस्थान: मिटर
  • औषत लम्बाई: ८२.५ किलोमिटर
  • औषत चौडाई: २३.८२ किलोमिटर

प्रशासन[सम्पादन गर्ने]

३ संसदीय राजनैतिक क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो।

हावापानी[सम्पादन गर्ने]

बागलुङ जिल्लाको हावापानी निम्न प्रकारको रहेको छ। क) उपोष्ण ख) समशितोष्ण ग) ठण्डा शितोष्ण घ) लेकाली ङ) हिमाली

वार्षिक सरदर वर्षाः २२०० मिलि लिटर न्यूनतम वर्षाः १०.९ मिलि लिटर अधिकतम तापक्रमः ३७.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम: ६.५ डिग्री सेल्सियस [१]

जनसङ्ख्या[सम्पादन गर्ने]

बाहुनक्षेत्री जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्गथकाली लगायतका जातीको बसोबास छ।

प्रसिद्ध स्थलहरू[सम्पादन गर्ने]

यस् जिल्लाका प्रसिद्ध स्थलहरू यस प्रकार छन्[२]-

धार्मिक स्थलहरू[सम्पादन गर्ने]

  • भैरवस्थान मन्दिर, अमलाचौर
  • जैमिनेश्वर मन्दिर, कुश्मीशेरा
  • ढोरपाटनताल बराह मन्दिर, बोवाङ
  • अर्नाकोट, अर्नाकोट अधिकारीचौर
  • रामकोट मन्दिर, विहु
  • थन्थापी माई भगवति मन्दिर, सर्कुवा र जैदी गा.वि.स.को माथिल्लो टापु
  • देवीस्थान मन्दिर, देवीस्थान
  • शिवालय मन्दिर, तित्याङ
  • सत्यवति मन्दिर, बाटाकाचौर
  • ज्ञानोदय वुद्ध विहार, वागलुङ नगरपालिका
  • नृसिंह भगवती मन्दिर , राजकुत
  • जङ्गेस्वर महादेव, निरहेघाट, वानपा
  • गणेश मन्दिर, वानपा
  • सिद्धेश्वर मन्दिर, घुम्टेको धुरी

प्रमुख पर्यटकीय स्थलहरू[सम्पादन गर्ने]

  • कालीका भगवति मन्दिर- बानपा
  • प्यारागलाइडिङ प्वाइन्ट - बानपा ८ सिम
  • ताराजाल कोट - बानपा ८
  • कारीकोट (कार्कीकोट)- बानपा
  • माझकोट - २ कोष उत्तर पश्चिम - बानपा
  • राङ्‌राङ्गे कोट - ३ कोष उत्तर पश्चिम - बानपा
  • संसारकोट - ४ कोष उत्तर पश्चिम - बानपा
  • ढोरपाटन - ३६ कोष उत्तर पश्चिम - वोवाङ गाविस
  • गाजा दह - धुरी ) - ७ कोष पश्चिम) - दमेक गाविस
  • भकुण्डे धुरी र मूलाबारीको धूरी- २ कोष पश्चिम - भकुण्डे गाविस
  • हाडिकोट धुरी - १३ कोष पश्चिम - जैदी गाविस
  • पाञ्जाकोट धुरी - ५ कोष पश्चिम - पैंयुपाटा गाविस
  • चमेरे गुफा - १६ कोष पश्चिम - ग्वालिचौर गाविस
  • रामकोट - ६ कोष पश्चिम- विहाु गाविस
  • घुम्टेको लेक - १० कोष पश्चिम - (हरिचौर, पाण्डवखानी र हिल विच )
  • शिवधुरी - २८ कोष पश्चिम - रणसिङकिटेनी गाविस र पाण्डवखानी
  • लोङाको धुरी - २८ कोष पश्चिम - रणसिङकिटेनी, पाण्डवखानी, मल्म र शिसाखानी गाविस
  • भैरवस्थान - ५ कोष दक्षिण - अमलाचौर गाविस
  • घोडा बाधे - ६ कोष पश्चिम - विहा गाविस
  • फागुनेको धुरी - ३६ कोष पश्चिम - वोवाङ गाविस
  • थाप्लेको धुरी - ५ कोष पश्चिम, भिमपोखरा गाविस
  • जैमिनेश्वर क्षेत्र - ९ कोष दक्षिण, कुश्मि, विनामारे गाविस

जिल्लाको प्रसिद्ध वस्तुहरू एवं प्राप्त हुने स्थानहरू[सम्पादन गर्ने]

  • नेपाली हाते कागज (लोक्ता वाट निर्मित): ताराखोला, तमान, वुंगादेभान
  • बुट्टेनलीः सदरमुकाम, जलजला, अमरभुमी
  • राडीपाखीः पाण्डवखानी, वुंगादोभान, निसी र रणसिंहकिटेनी
  • स्लेट ढुङ्गाः तारा, अर्गल, अमरभुमी, नरेठाटी, हरिचौर, जैदी (व्याडथला )रेश, नीसि, मल्म दमेक समेत
  • कार्भिङ ढुङ्गाः कुश्मीशेरा, अमलाचौर लगायत गाविसका स्थानहरू

व्यापारिक महत्वका ठाउँहरू[सम्पादन गर्ने]

स्वास्थ्य[सम्पादन गर्ने]

यस जिल्लामा बागलुङ बजारमा १ वटा जिल्ला अस्पताल स्थित छ। यस जिल्लामा ३ प्राथमिक स्वास्थ्य केन्द्र क्रमशः कुश्मीशेरा, हरिचौर र वुर्तिवाङमा स्थित छन्[३]। यो जिल्लामा कूल ९ स्वास्थ्य चौकी छन् भने ४९ उपस्वास्थ्य चौकी छन्। यो जिल्लामा १ अञ्चल स्तरीय आयुर्वेदिक औषधालय (बागलुङ बजारमा) छ भने गाविस स्तरमा ४ आयुर्वेदिक औषधालय क्रमशः दमेक, पैयुपाटा, विहु र जैदी वेलवगरमा छन्[३]

यस जिल्लामा देखा परेका प्रमुख रोगहरू निमोनिया, झाडा पखला,क्षयरोग, कुष्ठरोग, औलो आदि हुन् [३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]