पाँचथर जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पाँचथर जिल्ला
Panchthar district location.png
अञ्चल: मेची
सदरमुकाम: फिदिम
क्षेत्रफल: १,२४१ वर्ग कि.मि.
जनसंख्या: २,२५,६९७
गाविस संख्या: ४१
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाडी
सबैभन्दा अग्लो उचाई: मिटर
सबैभन्दा होंचो उचाई: मिटर
प्रमुख जातिहरू: बाहुन, क्षेत्री, लिम्बु, किराँत, राई, भोटे, लेप्चा आदि
प्रमुख भाषाहरू: नेपाली, राई, लिम्बु आदि
मानव विकास सुचाङ्क स्थिति: 36 (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०२४
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcpanchthar.gov.np
 हे  वा  सं 

पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चल पर्ने यो जिल्ला उत्तर-दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ। प्राचिन समयको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान क्षेत्रका राजाहरू (फेदेन)ले संयुक्त रूपमा सभा गरी सामुहिक रूपले महत्वपूर्ण विषयहरू यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा (चुम्लुङ्ग)द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ।

विषयसूची

जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरण कसरी भयो भन्ने स्पष्ट कुनै तार्किक आधार नदेखिए पनि सोधकर्ताहरूका अनुसार पाँचथर शब्द "पान्थरथुमु" बाट आएको हो र सो "पान्थरथुम" शब्द "पान्थरु" र "थुम" मिलेर बनेको शब्द हो। पान्थरुको अर्थ कुरा थामेको (Agreed), थुमको अर्थ इलाका वा किल्ला (District) हो। यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म, संस्कृति र रीतिरिवाजका बारेमा 'फेदेन'मा 'चुम्लुङ्ग'बसी सभाले तय गरेका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालिन राजाले त्यसलाई स्वीकृती दिएपछि लिम्बुवान क्षेत्रको रितिरिवाज सम्बन्धि कुरामिलेको (पान्थरु) हुँदा यस क्षेत्रकै नाम पान्थरु रहेको हो भन्ने मत पाइएता पनि किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको बर्णन गर्ने क्रममा नै पान्थर शब्दको प्रयोग भएको पाइन्छ।

भौगोलिक अवस्था

  • अक्षांस २६.२८" देखि २६.५९" उत्तरी अक्षांश
  • देशान्तर ८०.०२" देखि ८०.३०" पूर्वी देशान्तर
  • सिमाना:- पूर्व-सिक्किम र दार्जिलिङ्ग (भारत), पश्चिम-तेह्रथुमधनकुटा जिल्ला, उतर-ताप्लेजुङ जिल्ला,दक्षिण-इलाममोरङ जिल्ला
  • क्षेत्रफल:- १,२४१ वर्ग किलोमिटर
  • भौगोलिक विभाजन:- ४१ गाविस, ११ ईलाका, २ निर्वाचन क्षेत्र
  • सदरमुकाम:- फिदिम
  • उचाई:- समुद्री सतहवाट करिब ३८३ मी. देखि ४,५७५ मी. सम्म

पाँचथर जिल्लाको उत्तरी फलैँचा गाविस वडा नम्बर ९ले भारतको सिक्किम प्रान्तलाई छोई भारतसँग यस जिल्लाको उत्तरी स्पर्शबिन्दु कायम गर्दछ भने, भारतसँग स्पर्श गर्ने यस जिल्लाको दक्षिणी बिन्दु सिदिन गाविस वडा नम्बर १मा पर्दछ। यी दुई बिन्दुहरूको स्थलगत लम्वाई ४७ किमि रहेको छ। यस जिल्लामा राष्ट्रिय स्तरको २ लोक मार्गहरू (Highways) रहेका छन। मध्यपहाडी राजमार्गको सुदुर पूर्वी बिन्दु च्याङ्गथापु यसै जिल्लामा पर्दछ। हाल यस मार्गको नाम पुष्पलाल लोकमार्ग भनी रूपान्तरण गरिएको छ।[१]

हावापानी

हावापानीको दृष्टिले विविधता बोकेको यस जिल्लामा गृष्म ऋतुमा अधिकांश भू-भागमा रमाईलो मौसम रहन्छ भने हिउँदको समयमा निकै चिसो मौसम रहन्छ। यस जिल्लाको बार्षिक वर्षा २,०७१ मीलि मीटर छ भन्ने तापक्रम अधिकतम २६.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२.३ डिग्री सेल्सियससम्म रहेको पाइन्छ। यस जिल्लाको जलवायुलाई तीन किसिममा विभाजन गर्न सकिन्छ।

समशितोष्ण हावापानी

लेकाली भेग २००० मीटर देखि ३६००० मीटर जिल्लाको उतरी भागमा रहेको सिंहलिला पर्वत श्रृखला तथा अन्य अग्ला भागहरू समशितोष्ण हावापानी पाइन्छ। यस्ता लेकाली भागहरूमा मंसिर महिनादेखि फाल्गुण महिना सम्म हिउँ परिरहने हुदाँ यसको आसपासको क्षेहरूमा निकै जाडो हुन्छ। यस क्षेत्रमा हिउँदे फलफुल, केराउ, फापर, मकै तथा आलुको खेती गरिन्छ।

अर्धोष्ण हावापानी

मध्य पहाडी भाग १,२०० मीटर देखि २,००० मीटर सम्मको भागमा अर्धोष्ण हावापानी पाइन्छ। यस क्षेत्रमा जाडो र गर्मी बराबर हुन्छ। यस क्षेत्रमा सुन्तला जातका फलफुलहरू, तरकारी तथा खाद्यान्न लगाउने गरिन्छ।

उष्ण हावापानी

समुन्द्रि सतह देखि ६०० मीटर देखि १००० मीटरको उचाई सम्ममा पाइने यस प्रकारको हावापानी नदी किनाराका बेसीहरू, खोंच तथा टारहरूमा पाइन्छ। यहाँ गर्मीको समयमा निकै गर्मी हुन्छ। यस्ता हावापानी पाइने स्थानहरूमा धान, गहुँ, मकै, दलहन, तेलहन र आँप लिची केरा रुखकटहर भूँइकटहर आदि सदावहार फलफूलहरूको खेती गरिन्छ।

प्रमुख नदी तथा तालहरू

यस जिल्लामा अवस्थित प्रमुख नदीहरू ईन्द्रावती, कावेली, तमोर, हेवा, ईवा, केवा, फेमे, निवू, नाम्दु आदि हुन।

प्रमुख धार्मिक स्थलहरू

काबेली, तिम्बुपोखरी, महादेव स्थान, जोरपोखरी, आगेजुङ्ग गुम्बा, पाथीभरा देवीस्थान (याङनाम), सिद्ध देवीस्थान, गढी मन्दिर, थाक्ले मन्दिर, किराँतहरूको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर आदि।

ऐतिहासिक स्थानहरू

जोरसाल गढी, आहाल गैह्री, छाला सुकुवा डाँडा, उत्तरे, फौदार पाटी (अमरपुर), च्याखलेपाटी, जोरपाटी (एकतिन), सिम्राहा पाटी (रानीगाउँ), तीनधारे पाटी (फिदिम), जोरसाल पाटी (फिदिम), हेवाखोला पाटी (नागिन) आदि।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा