लिम्बू जाति
| किराती | ||||||||||||||||||||||||||||||||||||
| जम्मा जनसङ्ख्या | ||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 700,000 नेपाल/भारत | ||||||||||||||||||||||||||||||||||||
| बसोबास क्षेत्रहरु | ||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||
| भाषा | ||||||||||||||||||||||||||||||||||||
|
लिम्बुभाषा (याक्थुम्पान), नेपाली |
||||||||||||||||||||||||||||||||||||
| धर्म | ||||||||||||||||||||||||||||||||||||
|
Predominant Yuma Samyo, Mundhum, Yumaism, हिन्दू, Shamanism, बौद्ध धर्म |
लिम्बू नेपालमा बसोबास गर्ने एक आदिवासी किराँत जाति हो। याक्थुंग पनि भिनिने लिम्बूहरू पुरानो किराँत राज्यको वा पूर्बी नेपालका पाहाडी क्षेत्र र अझ पुर्बका केही क्षेत्रका रैथाने हुन। शाब्दिक अर्थमा लिम्बूको नजीकको अर्थ 'धनुर्धारी' हुन आउछ। उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुंग भन्छन् भने तिब्बतमा उनीहरूलाई शोंग, जोंग वा द्रेंजोंखा (དརེན་འཛང་ཀ་) अनि सिक्किमतिर सांग, चोंग (འསང་) भनिन्छ। उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बुहरू बस्छन[१][२]।
मौलिक लिम्बू भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुरलगायत विभिन्न ठाउँहरूमा पनि छरिएर रहेका छन्। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीकामाध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
मानवशास्त्री र इतिहासविद्हरूका अनुसारमानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिकामानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किराँत प्रदेशमा बसोबास गर्न थालेका हुन्। तथापि, यिनीहरू चिनियाँ मूलका नभएर भोट-बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किराँतहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराँत गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किराँतसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादरमाबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए।
नेपालका आदिवासी जनजातिहरू मध्ये किराँत समुदाय अर्न्तर्गत पर्ने लिम्बू एक जाति हो। लिम्बू जातिको आदिकाल देखिको बसोबासको क्षेत्र अरुण नदीदेखि पूर्व सिक्किमसम्म हो। संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ्ग, पाँचथर र इलाम लिम्बूहरूको मुख्य थलो हो। साथै सुनसरी, मोरङ, झापा, तथा काठमाडौंंमा पनि बसोबास रहेको छ। लिम्बूहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा र येवा-येमा पुरोहित हुन्। लिपि "सिरिजङ्गा लिपि" हो। सिरिजङ्गा भन्ने व्यक्तिले यो लिपिको आविष्कार गरेका हुन। च्याब्रुङ्ग नाच, धान नाच, हाक्पारे गाउँने लिम्बूको मौलिक परम्परा हो। २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६% लिम्बू जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन्। कुनै समय आफ्नो अधिकार जमाई राज्य गरी बसेका शक्तिशाली लिम्बू जाति आज आएर ओझेलमा परेको आभाष पाइन्छ। तैपनि हाल श्री ५को सरकारले जनजातिको उत्थानमा देखाएको सदासयतालाई प्रशंसनीय रूपमा लिनु पर्दछ।
दश लिम्बूको आवागमन र रीति थीति कइरनमासिक अङ्क ६,माघ २०४८बाट उद्घृत ताइश्यान वंशीहरू नाम्मावबाट उत्तर पश्चिम दिशा लागि बसाइँ आएका थिए। तिनीहरूले आफ्नो किपट पातकोइ पहाड र चिन्डविन नदिको बीचको खामति भन्ने जग्गामा वनाए र तिनीहरूले त्यहाँ धेरै पुस्तासम्म राज्य गरे। इसाको छैटौं शताब्दीपछि यहि खामति भन्ने जग्गाबाट दश चिनिया र्सदारहरूले आफ्नो शाखा सन्तान उठाइ पातकोइ पहाड नाघी आसाम बसाइँ आए। तर यो जग्गा अघि आउने वंशद्वारा आवाद भइसकेको हुनाले अझ पश्चिम बढेर काशी (बनारस)को मैदानमा आइ बसे। त्यसबेला काशीमा हिन्दू धर्मको प्रचार भइरहेन्थ्यो। हिन्दुस्तानमा आइ बस्ने मंगोली, शक, कुशान, ग्रीक राजाहरू राजनैतिक कारण हिन्दू भई राजपूत वंशमा गनिएका थिए। राजपूत राजाहरूले हिन्दू मतमा नआउँने हुण जातिलाई देशबाट निकालिसकेका थिए। त्यसैले दश चिनिया र्सदारहरूलाई काशी छोड्न कर लाग्यो। यिनिहरू उत्तर पूर्वका पहाडी खण्डमा बसाइँ आए। यी दश र्सदारहरूका नाम यिनै हुन्।
- थोसोदिङ काङलाइङ हाङ्ग
- थिन्दाङ सवारोहाङ्ग
- थोसोदिङ हाम्लेवा सावारो हाङ्ग
- थोदिङ ताँसाक सावारो हाङ्ग
- योको दिङ सावारो
- मोगुपलुङमा लाङसो दिङ सावारो हाङ्ग
- योकफोदिङ सावारो हाङ्ग
- मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
- मोगुप लुङमा लाङसो दिङ सावारो हाङ्ग
- योकफोदिङ्ग इगाङ लाइङबो हाङ्ग
- तोतादि तोइङबो हाङ्ग
उपर्युक्त दश सरदारहरूका साथमा तीन पुरोहितहरू थिए।
ती हुनः
- फेजिरी फेदाङ्गमा
- साम्बा हाङ्ग इपलीङ्ग हाङ्ग साम्ब
- साम् मुन्धुम येप मुन्धुम। यी पुरोहितहरूको सल्लाह बमोजिम यो दश र्सदार यिनका रैयतहरू चल्थे।
फेजीरि फेदाङमाले जन्मदा-मर्दा, विवाह-शादी इत्यादि कर्म-काण्डको भार लिएका थिए। साम्बा हाङ इवली हाङ साम्बले दुःख विमारमा वैद्यको काम गर्थे। साम मुन्धुमले वंशावल इतिहास इत्यादि लेख्दथे। त्यसबेला उत्तर-पूर्व नेपाल अर्थात "फेदाप" राज्यमा आठ आपुगीं राजाहरू थिए। ती हुनः (फेदाप भन्नाले त्यसबेला समस्त वर्तमान लिम्बूवान देश बुझाउथ्यो।)
- होन्देन् हाङ
- याकेतेत हाङ
- चेस्वी हाङ
- लारासो पांगबो हाङ
- खेसिवा हाङ
- इकाङ सो हाङ
- खादि हाङ
- इमे हाङ
उपर्युक्त दश र्सदारहरूले पुरोहितहरूको आदेशनुसार फेदापका आठ राजाहरूसित फेदापमा बस्ने अनुमति लिए। र तिनीहरूले पनि उनीहरूलाई आ-आफ्ना राज्यमा बस्न दिए। बिस्तारै यी दश र्सदारहरूका सन्तान बढ्दै गए। अन्तमा यिनीहरू अर्कै एक नयाँ जाति भए। यिनीहरूले आफुलाई याक्थुङबा वं श भन्न थाले। किराती भाषामा "याक" भनेको पहाड, "थुम" भनेको जग्गा र "वा" भनेको बासिन्दा हो अर्थात याक्थुवा भन्नाले किराती भाषामा पहाडी भागमा बस्ने बुझाउँछ। जे भएता पनि यी दश र्सदारहरूका सन्तान आठ राजाहरू मै गनिन्थे। तर यी नौलो वंशका सन्तान त्रि्र रूपमा बढेको देखेर आठ राजाहरूका मनमा आफु विरुद्ध व्रि्रोह होला की भन्ने आशंका उत्पन्न भयो। यिनीहरूका जनसंख्या बढेपछि आफ्नो वसमा राख्न कठिनाइ पर्छ भन्ने शंकाले ती आठ राजाहरूले सल्लाह गरी यी नौला वंशलाई हरेक किसिमले दवाउन सुरू गरे। जमीनको तिरो बढाइदिए, निष्ठूर ऐन निकाले, दाश झैं व्यावहार गर्न थाले। यस्तो अन्याय सहन नसकेकाले दश र्सदारहरूका रैयतहरूले एकमत भई राजा विरुद्ध लडाइँ गर्नै पर्छ भनी त्यस मुलुकका अम्वेपोजोमा, कामकेत लाङमा र सुम्हेत लुङमा भन्ने जग्गामा भेला भए। तिनीहरूले त्यहाँ तीन ओटा रातो ढुङ्गा खडा गरी तीन ओटा आँप रोपे। अनि सुद्ध जलले चोख्याइ त्यस जग्गालाई देवस्थलमाने। अधिक दश र्सदारहरूका वंश मध्ये प्रत्येक थरका एक एक वीर पुरुष निक्ली हुकुमदार र्सदार भई सबैले त्यस देवस्थलमा ढोग गरी युद्धमा विजय होस भनी बलमागे। प्रत्येक मुल पुरुषले पूजा गरिसकेपछि हरेक लडाकु वीरलाई यसो भन्दै सपथ खुवाए -"जबसम्म हामी यी निष्ठुरी राजाहरूको र्सवनास गर्दैनौं। तबसम्म घर र्फकन्नौं। यदि युद्ध क्षेत्रबाट काँतर भई भागेछौं भने यो देवस्थलले पीरेर हाम्रो जन्मयुग उन्नति नहोस।" त्यसपछि दुई पक्ष बीच युद्ध चल्यो। युद्ध भूमिमा रगतको नदी बग्न थाल्यो। युद्ध धेरै दिनसम्म चल्यो। आठ राजाका सेनाहरू संख्यामा धेरै भए ता पनि ती दश र्सदारहरूका धनुविद्यामा निपुण सेनाका अगाडि तिनीहरू टिक्न सकेनन्। आठ राजाहरू पनि एक एक गर्दै सबै रणभूमिमामारिए। बाँचेका सेनाहरू पनि युद्धभूमि छोडी भागे। विजयीहरू विजयी ध्वजा खडा गरी पवित्र जग्गा अम्बे पोजोमा कामकेत लाङमा र सुम्हेत लुङमामा गइ आ-आफ्ना देवलाई धन्यबाली चढाए। यसपछि तिनीहरूले एउटा ठूलो सभा गरे। आठ राजाहरूमासिए। अब यो मुलुकमाको राजा हुने मुलुकको नाउँ के राख्ने ? आदि विषयहरूमा छलफल भयो। छलफलमा निम्न कुराहरू पारित गरियो
- त्यो देश धनुषवाणको सहायताले जितेको हुनाले त्यसको नाउँ लिम्बूवान राखियो। (लि-धनु, आबु-हान्ने, वान-नाउँ लाउनु अर्थात किराती भाषामा धनुवाणले जितेको देश लिम्बूवान)।
- यो देश दश र्सदारहरूले मिली जितेको हुनाले बराबर दश भागमा विभक्त गरी प्रत्येक भागमा आफ्नो घरानाको एक एक मूल पुरुष राजा भई देश शासन गर्नु पर्छ।
- यी दश प्रदेश लिम्बूवानका बासिन्दाहरूलाई त्यस उप्रान्त दश लिम्बूका वंश हौं भनी सम्बोधन गर्नुपर्छ भन्ने ठहर्र्याए।
- देशको साँध-सिमाना लाउनु पर्छ भन्ने निर्णय गरे। पूर्वमा मेची खोला, पश्चिममा अरुण खोला, उत्तरमा तिब्बत, दक्षिणमा मधेस भनी लिम्बूवानको सिमाना लगाए।
देश यसरी बाँडे
- तक्बर खोला सामलुपली साम्बाले पाए। तिनले त्यहाँ एक गढ बनाइ त्यसको नाउँ तम्बर यक राखे।
- तेह्रथुमः ताम्पोसो पेरुङहाङ्गले पाए। तिनले त्यहाँ थालायक बनाइ राज्य गर्न थाले।
- आठर्राई थकथकसी आङबोहाङ्गले पाए। तिनले पोमाजोङ गढ बनाए।
- फेदाप सेङसेनगुम फेदाप हाङ्गले पाए। तिनले पोक्लाबुङ गढ बनाए।
- याङरुक तिन्दोलुङ काया हाङ्गले पाए। तिनले हस्तपुर गढ बनाए।
- मेवाखोला सिसियेङ सेरेङ हाङ्गले पाए। तिनले मेरिङदेन गढ बनाए।
- पाँचथर यिङासो पापोहाङ्गले पाए। तिनले यासोक फेदन गढ बनाए।
- छथर थीयाङसो ताकलुङ खजुमहाङ्गले पाए। तिनले चामलिङ चिमलिङ गढ बनाए।
- चौबिस सोइयाक लाहोहाङले पाए। तिनले शान गढीमा बसी राज्य गर्न थाले।
- चारखोला इमेहाङले पाए। तिनको प्रजा खाली लाप्चामात्र हुँदा तिनलाई लाप्चाहरूका राजा अर्थात इमेहाङ भने। तिनले पनि आङदाङ इलाम गढ बनाइ त्यहाँ राज्य गर्न थाले।
यस युद्धमा आठ राजाहरूका रैयतहरू कोही मधेश भासिए, कोही सुक्किम तरे। बाँकी रहेका किराती, लाप्चा, मेचे, धिमाल सबैले यी नयाँ लिम्बु नाउँ ग्रहण गरी दश लिम्बूका प्रजा भइ बसे। यस प्रकारले यी दश लिम्बू वंशले धेरै वर्षम्म राज्य गरे।
दश लिम्बूको रीति थीति राजनैतिक थीति
- राजनैतिक विषयमा कुनै पनि काम दश भाइको सल्लाहबाटमात्र गर्नु।
- राज्यका जनसंख्या कम भए शत्रुको आक्रमणमा देश रक्षा गर्न गाह्रो पर्ने हुँदा जनसंख्या बढाउनको लागि कुनै जात या वंशकामानिस भएता पनि आफ्नो भाइ-भैयात बनाइ दश लिम्बू वंशमा राख्नु।
- आफ्नो जात वंशबाट कुनैमानिस केही कारणवस अलग भए फेरी उसलाई आफ्नो रीतिले दूबो, ढुङ्गो छुवाइ आफ्नो वंशमा ल्याउँनु।
- आफ्नो वंशले अरु कुनै मधेश या भोटकामानिससँग नाता जोडे ता पनि सो सम्बन्धबाट जन्मेका पुत्र-पुत्रीलाई आफ्नै वंशमा लिनु।
- प्रत्येक पुत्रले १२ वर्षो उमेरदेखि धनुविद्या प्राप्त गर्नु।
- प्रत्येक घरको एक पुत्र १८ वर्षपुगेपछि थकसुबामा (सिपाही) नाम लेखाउनु।
- प्रत्येक गाउँमा ३०० जना थकसुबाहरू -सिपाहीहरू) उपर हुकुम गर्ने एक एक थकपेबा -र्सदार) हुनुपर्छ।
- पाँच र्सदारहरू पुगेपछि एक थकतुम्बा -मूल र्सदार) हुनुपर्छ। यिनीहरू जहिले पनि तयार भइ वस्नु पर्छ।
- जुनमानिस थकतुम्बाको पदमा नियुक्त हुन्छ तिनले राजाबाट जागीर पाउनु पर्छ।
- थकतुम्बाहरू -मूल र्सदारहरू)ले आफ्नो जागीरको चाहिँदो जमीन आफुलाई राखि बाँकी जमीन आफुभन्दा मुनिका थकपेबाहरू -र्सदारहरू) लाई बाँडी दिनु पर्छ। थकतुम्बाहरूको थकपेबा र थकसुबा (र्सदार र सिपाहीहरू) लाई राख्ने या हटाउँने पुरा हक हुन्छ।
- उब्जनिको दशौं भाग राजालाई तिरो बुझाउनु पर्छ।
- राज्यको शासन राजसभाद्वारा हुनुपर्छ। राजसभामा हाङ्ग (राजा), तुम्याङ्ग हाङ्ग (मन्त्री) र थकतुम्बाहरू (मूल र्सदारहरू) पासिङ पादाङ (सदस्य) हुनुपर्छ।
- सजाय
- ज्यानमारालाई वदलिमा त्यसको ज्यान नै दिनुपर्छ।
- चोर्नेको हात उम्लेको पानीमा डुवाउनु पर्छ
- गाउँको छुल्याहालाई देवताको थानमा लगी "अब उसो म गर्दिन" भन्नु लगाई कसम खुवाउनु पर्छ।
- हाडफोरालाई जन्मभर दासत्वमा राख्नु पर्छ। दूधफोरालाई गाउँबाट बाहिर ओढारमा राख्नु पर्छ। [३]
चाडपर्वहरू [सम्पादन गर्ने]
मुख चाडहरूमा 'कःक्फेक्वा तङ्नाम' (माघे सक्रान्ति), यक्वा तङ्नाम (वैशाख पूर्णिमा) 'सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), 'चासोक तङ्नाम' (मङ्सिरे पूर्णिमा) आदि पर्दछन। त्यसैगरीमाङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बु मौलिक चाडभित्र पर्छन्।[४]
लोक बाजाहरू [सम्पादन गर्ने]
लिम्बू जातिले के-च्याब्रुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रयोग गर्ने गरेको पाइन्छ।
नाम चलेका लिम्बूहरू [सम्पादन गर्ने]
भाशा लिपिका लागि शहीद:
धर्म:
इतिहासकार: इमानसिङ चेम्जोङ
साहित्य, मुन्धुम:
- बैरागी काँइला, (तील विक्रम नेम्बाङ्ग)
- बिक्रम सुब्बा
- नवराज सुब्बा
- पुष्प थाम्सुहाङ् सुब्बा
- येहाङ् लावति
- हरि चोङ्बाङ्
- नरबहादुर योङ्हाङ्
- हस्तलाल सावदेन लिम्बू
- उपेन्द्र सुब्बा
- स्वप्निल स्म्रिति
राजनिति तथा समाज:
- जि वि याक्थुम्बा
- बि बि चेम्जोङ्ग्
- काजिमान कन्दङ्वा
- भु-विक्रम नेम्बाङ्ग
- बिर नेम्बाङ्ग
- भक्तराज कन्दङ्वा
- सुबास नेम्वाङ
- मन्जुल याक्थुम्बा
- नन्द कन्दङ्वा
- अर्जुन नुगो सुब्बा
- उत्तम्सिङ् थाङ्देन
- बिके माबुहाङ्
- डम्बर चेम्जोङ्ग्
- भी. सि.राम बहादुर लिम्बू
- विजय सुब्बा
- रकम चेम्जोङ
- सन्जुहाङ् पालुङ्वा
- टंक आङ्बुहाङ्
- श्रीप्रसाद चबेगु
- मुक्सामहाङ् मेयाङ्बो
- कुमार लिङ्देन 'मिराक'
- केपि पालुङ्वा
- प्रबिन नेम्बाङ्
कला-सङ्गित: प्रताप सुब्बा भगत 'लाजेसा' याक्थुम्बा कुमार सुब्बा, सुवर्ण लिम्बू, केवल सुब्बा, अल्बर्ट सुब्बा, रबर्ट सुब्बा, दिनेश सुब्बा, प्रेम सुब्बा, नविन सुब्बा, सोभा खजुम, शशि सुब्बा थापा, नरप्रसाद लिम्बू, सुनिता सुब्बा, पवित्रा सुब्बा, किशोर सुब्बा, प्रेम शेर्मा 'माङ्जाबुङ्गे', सुरज सुब्बा, प्रणय सुब्बा, सानुबाबा सुब्बा, उदय सुब्बा, मलिशा याक्थुम्बा, यासेलि योङ्हाङ्, रमेश सिङ्गक, खगेन्द्र यक्सो, मित्र लिङ्देन्, दीपक लिम्बू, बिस्णु चेम्जोङ्, मनु योङ्हाङ्
तस्वीरहरू [सम्पादन गर्ने]
-
Paruhangma.jpg
एक लिम्बु बालिका.
-
Limbuwomendrinktongba.jpg
तुङ्बा र लिम्बू महिला .
100% ma 70 % banawati managadante kahani 30% chahi bartaman paripexe lai samateko ! Hawadari kura gardo rahixa limbu haru
सम्बन्धित लेखहरू [सम्पादन गर्ने]
बाह्य सूत्र [सम्पादन गर्ने]
- लिम्बू कि याक्थुङ्? (डा. रमेशकुमार ढुङ्गेल, हिमालखबर, बिहीबार , ४ असोझ २०६९)
- Limbu alphabet
- Limbu language
- www.limbulibrary.com.np - Online Library of Kirat books, history, short story, language, script etc.
- History of kirat - historian authored by Iman Singh Chemjong, Nepal.
|
||||||||||||||||
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ Saklani, Dinesh Prasad Ancient communities of the Himalaya Indus Publishing Company, India (1 Mar 2002) ISBN 978-81-7387-090-3 p. 36
- ↑ Levi, Sylvain Le Nepal Asian Educational Services, India; Facsimile edition (20 Dec 2007)ISBN 978-81-206-0580-0 p. 78
- ↑ "शिक्षक खापुङहाङ विष्णुकुमार, सिद्धकालीमा.वि., मेहेले, संक्षिप्त चिनारी आदिवासी जनजातिको रूपमा लिम्बू जाति'"
- ↑ लिम्बुको दसैँ