भैँसी
नेपाली विकिपीडियाबाट
चित्र:Buff.jpg
भैँसीहरू
भैँसी एक घर पालुवा जनावर हो तर यसका अर्ना लगायातका जंगली प्रजातिहरू पनि छन्। दक्षिण र पूर्बी एशिया, अफ्रिका, युरोपको दक्षिणी भाग र दक्षिण अमेरिकाका केही देशहरूमा भैँसी पालिन्छ।
प्राय: नेपालका कृषकहरूले दुग्ध उत्पादनको लागि भैँसी पालन गर्छन्। भैँसीको भाले लाई राँगा भनिन्छ। तराईतिरका कृषकहरूले राँगालाई जोत्ने तथा गाडा तान्ने काममा ल्याउछन्। भैसी किसानहरूको लागि निकै उपयोगी जनावर हो। यसको दुध, दही, घिउ, मही, लगायत गोबर पनि किसानहरूको लागि निकै उपयोगी वस्तु हो। भैँसी पाल्नमा अलि झंजट त छ तर उपयोगिता त्यसको कैयौँ गुणा बढी छ। नेपाल लगायत विश्वका धेरै ठाउँका मानिसहरूले भैँसीको मासु पनि खाने गर्छन्।
|
|||||||||||