अजिङ्गर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अजिङ्गर
भारतिय अजिंगर Python molurus
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
उपसंघ: Vertebrata
वर्ग: सरीसृप
गण: Squamata
उपगण: Serpentes
कुल: Pythonidae
वंश: Python
डउडिन, १८०३
पर्याय

अजिङ्गर सरीसृप वर्गमा पर्ने सर्पको एक प्रजाति हो। यिनीहरू मुख्यत: अफ्रिका, एशिया तथा अस्ट्रेलियामा पाईन्छन।

बर्मेली अजिंगर, Python molurus bivittatus

अजिङ्गर ठूलो सर्प हो। यो प्रायः घना वन्जङ्गलमा बस्छ।यो रुखको ठूलाठूला मुडामा र सुकेको पातहरुमा लुकेर बस्दछ। यो कहिलेकाहिँ नदी र ठूला पोखरीहरुका आसपासका घाँसे मैदानमा पनि बस्दछ। यसको टाउको फराकिलो हुन्छ । यसका आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ। यसको शरीर सेतो र छिरबिरे रङ्ग्को हुन्छ। यसको लम्बाइ करिब सात मिटर हुन्छ। यसको ओजन अन्दाजी ९० कि•ग्रा• सम्म हुन्छ। संसारमा पाइने विभिन्न सर्पहरुमध्ये यो सबैभन्दा ठूलो सर्प हो तर यो बिसालु हुँदैन ।यसले बख्रा र मृगका पाठाहरु पुरै निल्न सक्छ।