भालु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भालु
जीवाश्म काल: 38–0 Ma Late Eocene – Recent
भालु
भालु
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: हाड भएका
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
कुल: Felidae
प्रजाति: Panthera भल्लक
पर्याय
Linnaeus, 1758

Tigris striatus Severtzov, 1858

Gray, 1867

भालु (रिक्ष) अर्सिडि (Ursidae) परिवार अन्तर्गत पर्ने स्तनधारी जनावर हो। विश्वभरी भालुका आठ प्रजातीहरू मात्रै पाइने भएपनि यिनीहरू उत्तरी गोलर्द्धका प्राय सबै भूभागमा मात्र नभई दक्षिणी गोलर्द्धका केही भूभागमा समेत पाइन्छन्। भालुहरू उत्तरी अमेरिका, दक्षिणी अमेरिका, युरोप र एसियामा प्रसस्त पाइन्छन्।

शारीरिक विशेषता[सम्पादन गर्नुहोस्]

आधुनिक भालुको शरीर ठूलो र लामा लामा रौंहरूले ढाकेको हुन्छ। साधारणतया यसको लामो थुतुनो, रौंहरूले ढाकेको खुट्टाहरू, लामा र बलीया नङ्ग्रा भएका पन्जाहरू र छोटो खालको पुच्छ‍र हुन्छ। भालु एक हिँस्रक तथा खतरनाक पशु हो।

प्रजातिहरू[सम्पादन गर्नुहोस्]

ध्रुबीय भालु पूर्णरूपमा मांशहारी हुन्छ भने यसकै अर्को प्रजाती ठूलो पाण्डा बाँसमात्र खाएर बाँच्नेगर्दछ। यी दुई प्रजाती बाहेकका अन्य छ प्रजातिका भालुहरू सर्वहारी हुनेगर्दछन् जसले वनस्पति तथा जनावर दुबैलाई आफ्नो आहार बनाउने गर्दछन्।

प्रणय समयमा र बच्चा हुर्काउने समय बाहेक भालुहरू एक्लै भेटिन्छन् साधारणतया भालुहरू एकान्तप्रिय जनावरहरू हुन्। भालुहरू दिनमा सक्रियहुने जनावर भएपनि मानव वस्ति नजिकबस्ने भालुहरू साझपख र राति पनि सक्रिय हुनेगर्दछन्। भालुको सुंघ्ने क्षमता अती तीक्ष्ण हुन्छ, भद्दा जीऊ भएपनि छिटोछिटो दौडिन, रुखमा चढ्न र पानीमा पौडन भालु निपुण हुन्छ। शरद ऋतुमा भालुहरूले पहिलादेखि जम्मागरेको खानेकुरा ठूलोमात्रामा खान्छन् जसले यिनीहरूको व्यबहारमा परिवर्तन ल्याउछ। भालुहरू जमीनमा परेका खाडलहरूमा, गुफाहरूमा बस्ने गर्दछन्।

भालु र मानव[सम्पादन गर्नुहोस्]

मानिसहरूले परापूर्वकाल देखि नै मासु, न्यानो भुत्ला र छालाको लागि भालुको शिकार गर्नेगरेको पाइन्छ। अझै सम्म पनि विभिन्न समुदायहरूको कला, धर्म र विभिन्न सांस्कृतिक सम्पदामा समेत यसले महत्त्वपूर्ण भुमिका बहन गर्दछ। मानिसको आधुनिक युगमा प्रबेशसंगै यसको वासस्थानमा भएको हस्तक्षेप र अवैद्य रूपमा गरिने यसको व्यापारले गर्दा अहिले भालु लोपहुने स्थितिमा पुगिसकेको छ। भालुको छाला, भुत्ला र औषधिय गुण भएको पित्त लगायत विभिन्न अंगहरूको समेत अवैद्य व्यापार हुनेगर्दछ।

संरक्षण स्थिति[सम्पादन गर्नुहोस्]

प्राकृतिक सम्पदा संरक्षण सम्बन्धि अन्तर्राष्ट्रिय संस्था IUCNले भालुका छ प्रजातीहरूलाई अति संवेदनशिल र खतरामा परेको जनावरको रूपमा सुचिकृत गरेको छ। अवैद्य शिकारकै कारण खैरो भालु समेत केही देशहरूबाट लोपहुने स्थितिमा पुगेको छ। खतरामा परेको जनावरको रूपमा सुचिकृत जनावरको शिकार तथा व्यापारमा अन्तर्राष्ट्रिय रूपमा बन्देज लगाइएपनि चोरी शिकारी पूर्णरूपमा नियन्त्रण हुनसकेकोछैन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Cat Specialist Group (2002). Panthera Tigris. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 10 May 2006. Database entry includes justification for why this species is endangered.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]