हरिण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हरिण
Temporal range: Early Oligocene–Recent
भाले हरिण
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारी
Infraclass: Eutheria
गण: Artiodactyla
उपगण: Ruminantia
Infraorder: Pecora
कुल: Cervidae
Goldfuss, 1820
Subfamilies

Capreolinae
Cervinae

Combined native range of all species of deer

हरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो । यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो। यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन्। मृगका सबै प्रजातिका भालेहरू, चीनिया जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ। प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नया सिङ् पलाउने गर्दछ, यही कारणले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ। कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् र यीनीहरूबिच सतहिरूपमा धेरै समानताहरू छन्। साधारणतया एशियामा पाइने कस्तुरीमृग र अफ्रिकन उष्णघासेमैदान तथा एशियाली जङ्गलमा पाइने Water Chevrotain (or Mouse Deer)लाई मृगकोरूपमा लीइएको पाइदैन।

वासस्थान[सम्पादन गर्ने]

MuleDeer ModocCounty.jpg

मृगहरू पृथ्वीभरि व्यापकरूपमा उपस्थित छन्। यी जनावरहरू अन्टार्कटिका र अष्ट्रेलिया बाहेक सबै महादेशका रैथाने जनावरहरू हुन्। यद्यपी हाल अफ्रिका महादेशमा मात्र मृगको रैथाने प्रजातिको रूपमा रतुवामृग अस्तित्वमा रहेको छ। अहिले यीनिहरू अफ्रिका महादेशको उत्तर पश्चिमी क्षेत्रको एटलस पर्वत शृङ्खलामा मात्र सिमित भएका छन्। मृगहरू उत्तरी टुन्ड्रा प्रदेश देखि उष्णप्रदेशीय जङ्गलहरूमा समेत पाइन्छन्। यीनीहरू जहिले पनि जङ्गलसँग सम्बन्धित भएपनि मृगका धेरै प्रजातिहरू जङ्गल र खुला मैदानहरूका बीचका भूभागहरूमा बस्ने गर्छन्। मृगका अधिकतम प्रजातिहरूले विश्वभर शितोष्ण प्रदेशका मिश्रित सदाबहार जङ्गल, हिउ पर्ने क्षेत्रका कोणधारी जङ्गल, उष्णप्रदेशीय मौशमी सुख्खा जङ्गल, घासेमैदानहरू र खुल्ला मैदानहरूलाई आफ्नो वासस्थानको रूपमा प्रयोग गरेको पाइन्छ। खुल्ला भूभागहरूमा उम्रिने पोथ्राहरू, घास र झारपातहरू नै मृगको मनपर्ने आहार भएको हुनाले जङ्गलहरूमा भएको मानव अतिक्रमणले समेत यीनीहरूलाई केही हदमा सङ्ख्या वृध्दीमा सघाउ पुर्याएको छ। प्रसस्त आहारको उपलब्धताले गर्दा वन फडानीका कारण निर्मित खुल्ला तथा घासेमैदानहरूमा यीनीहरूको घनत्व बढीरहेको पाइन्छ। यसका साथसाथै ती क्षेत्रका आसपासका खेतीपाती गरिएका जमीनहरूले समेत मृगलाई फाइदा पुर्याएको पाइन्छ, तैपनि घना जङ्गलहरू तथा झाडीहरूबीना यीनीहरूको पोषण र सङ्ख्या वृध्दि असम्भब छ।

मध्य अमेरिकामा पाइने Brocket Deer र दक्षिण अमेरिकामा पाइने Pudús तथा एशियामा पाइने Muntjacs हरूले साधारणतया घना जङ्गललाई आफ्नो वासस्थानको रूपमा उपभोग गरेको पाइन्छ। भारतमा पाइने Muntjacलाई छोडेर यी प्रजातिका अन्य मृगहरू खुल्ला भूभागहरूमा देखिदैनन्। मृगका धेरै प्रजातिहरू कुनै विषेश स्थान तथा वातावरण अनुकुल भएर वसोवास गरेको पाइन्छ। यीनीहरूमध्ये केही मृगहरू केवल हिमाली भूभागहरूमा मात्र बस्ने गर्दछन् भने, केही प्रजातिहरू विषेशरूपमा घासेमैदान, दलदल र ओशिला खुल्लामैदान तथा मरुभूमीले घेरिएका सुख्खा झाडीयुक्त जङ्गलहरूमा वसोबास गरेको पाइन्छ। Some deer have a circumpolar distribution in both North America and Eurasia. Examples include the caribou that live in Arctic tundra and taiga (boreal forests) and moose that inhabit taiga and adjacent areas. Huemul Deer (taruca and Chilean Huemul) of South America's Andes fill an ecological niche of the ibex or Wild Goat, with the fawns behaving more like goat kids.

सन्दर्भ सूची[सम्पादन गर्ने]