लङ्गुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लंगुरबाट अनुप्रेषित)

लङ्गुर
मुदुमलै राष्ट्रिय निकुञ्जमा रहेका लङ्गुरको समुह
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Semnopithecus

प्रजातिहरू

Semnopithecus schistaceus
Semnopithecus ajax
Semnopithecus hector
Semnopithecus entellus
Semnopithecus hypoleucos
Semnopithecus dussumieri
Semnopithecus priam

प्रजाति अनुसारको बितरण

लङ्गुर 'सेम्नोपिथेकस'(Semnopithecus) प्रजाति अन्तर्गत पर्ने स्तनधारी जनावर हो। यो मुख्यतया दक्षीण एसियामा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर नेपाली लङ्गुरपश्चिमा लङ्गुरहरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।

यसका प्राय सबै प्रजातिहरूलाई लङ्गुर वा ढेडु भनिने गरिन्छ। हाल सम्म लङ्गुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये हनुमान लङ्गुर (Semnopithecus entellus) प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।[१]

स्वरूप[सम्पादन गर्नुहोस्]

लङ्गुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लङ्गुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लङ्गुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लङ्गुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ।[२] यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लङ्गुरहरूको आकार उत्तरी क्षेत्रका लङ्गुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको नेपाली लङ्गुर (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लङ्गुर मानिएको छ।[३]

वासस्थान[सम्पादन गर्नुहोस्]

लङ्गुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा पाईने गर्छ।[४] सामान्यतया लङ्गुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरू विभिन्न मठ मन्दिरहरू, देवलहरू, पुराना किल्लाहरू तथा मानव बस्ती नजिकपनि बस्ने गर्छन।

खाना[सम्पादन गर्नुहोस्]


वर्गिकरण[सम्पादन गर्नुहोस्]

भाले लङ्गुर

हाल सम्म लङ्गुरका निम्न सात प्रजातिहरू रहेका छन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Groves, C. (२००१), Primate taxonomy, वासिङ्टन डिसी: Smithsonian Institution Press, आइएसबिएन 1-56098-872-X 
  2. Burnie D and Wilson DE (Eds.), Animal: The Definitive Visual Guide to the World's Wildlife. DK Adult (2005), आइएसबिएन ०-७८९४-७७६४-५
  3. Brandon-Jones, D. (२००४), "A taxonomic revision of the langurs and leaf monkeys (Primates: Colobinae) of South Asia", Zoos' Print Journal 19 (8): 1552–1594, डिओआई:10.11609/jott.zpj.971.1552-94  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०२ मिति
  4. Roonwal, M.L., Mohnot, S.M. (1977) Primates of South Asia: ecology, sociobiology, and behavior. Harvard University Press, Cambridge (MA)