याक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
याक
नेपालमा घरपालुवा याक
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: प्राणी
संघ: Chordata
वर्ग: स्तनधारी
गण: Artiodactyla (खुर फ़ाटेको)
कुल: Bovidae
वंश: Bos
प्रजाति: B. grunniens
द्विपद नाम
Bos grunniens
लिन्नेअस(Linnaeus), १७६६
पर्याय

Poephagus grunniens

याक र चौंरी फ़रक हुन, चौंरीको लागि चौंरी गाई हेर्नुहोस।

हुम्ला सदरमुकाम सिमिकोटमा दाउराको भारी बोकेका याक

याक (भाले) वा नाक (पोथी) गाइबस्तुलगायतका जनावरहरूको समुह बोभाईन(bovine) प्रजातिको लामो-लामो रौं हुने जनावर हो। यो मुख्यत: दक्षिणी मध्य एशियाका देशहरू नेपाल, तिब्बतको पठार देखि उत्तरमा मंगोलिया तथा रुसका हिमली प्रदेशमा पाईने गर्छ। घरपालुवा जनावरको रूपमा पाईएता पनि कम र असुरक्षित संख्यामा जंगली रूपमा पनि पाईने गर्छ। यसलाई मानिसहरूले मुख्यतया हिमाली क्षेत्रमा सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्छ। पहाडी गाई र याकबीच गर्भधारण गराउँदा भने चौंरीको जन्म हुन्छ।

‍‍याक-चौंरी र अन्य शब्दहरू[सम्पादन गर्ने]

पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ तसर्थ यो याक वा नाक भन्दा भिन्न हो। चौंरी भन्दा धेरै नै ठूलो हुने भएकोले याक छुट्याउन कठिन् भने हुदैन। याक र पहाडी गाइ (किर्खो)बाट जन्मने चौंरीलाई ‘उराङ' र पहाडी गोरुसँग नाकको सन्सर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो' वा 'झोप्क्यो' भनिन्छ। डिम्जो त सामन्य चौरी जस्तै दूधालु हुन्छ्, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ र भारी बोक्न काम लाग्छ। सजिलोको लागि, सबै माथि भनिएका ठिमाहा पोथीहरू चौंरी हुन।

जंगली याक[सम्पादन गर्ने]

घरपालुवा याक[सम्पादन गर्ने]

उपयोग[सम्पादन गर्ने]

नेपालको सोलुखुम्बुमा भारी बोकि हिडिरहेका याक