कुकुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
घरपालुवा कुकुर
Temporal range: 0.015–0 Ma
Pleistocene – Recent
जर्मन सेफर्ड कुकुर
कुकुरका अन्य तश्वीरहरू
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: स्तनधारीप्राणी
गण: मांसाहारी
कुल: Canidae
वंश: Canis
प्रजाति: C. lupus
उपप्रजाति: C. l. familiaris[१]
त्रिपद नाम
Canis lupus familiaris[१]
पर्याय
  • Canis familiaris
  • Canis familiaris domesticus

कुकुर घरपालुवा स्तनधारी जनावर हो। घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ। कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ।घरको रखवारीको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन्। शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन्।

विषयसूची

शारिरीक बनावट [सम्पादन गर्ने]

४ वटा खुट्टा भएको कुकुरको चारै खुट्टाको पंजाहरूमा मिलाएर 18 देखि 22 वटा सम्म नङ्ग्राहरू हुन्छन्। कुकुरको शरीर पुरै रौँले ढाकिएको हुन्छ। कुकुरको पुछर घुम्रिएको हुन्छ।यो बाहेक कुकुरहरूको प्रजाती अनुसार शारिरीक वनावट र रंग फरक फरक हुन्छ। कुकुरहरू धेरै प्रजातीका हुन्छन्।

चित्र:Kukur.jpg
भुकिरहेको कुकुर

बिशेषता [सम्पादन गर्ने]

कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ। यसलाई घरको बफादार रक्षक भनिन्छ।यसको अलग्गै बिशेषता छ।यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ।

निन्द्रा [सम्पादन गर्ने]

कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्याक्ती या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ कुकुरको कान पातलो हुन्छ। कुकुर या तो सुतेको या हिँडेकै देखिन्छ यो खालि बसेको कमै मात्रामा देखिन्छ।

छाउरा पालन [सम्पादन गर्ने]

चित्र:Chhaura.jpg
कुकुरको छाउरो

(कुकुरको छाउरा) कुकुर स्तनधारी प्राणी हो। यसले छाउहरूलाई आफ्नो दुध चुसाएर पाल्छ।कुकुरले एक चोटीमा 2 देखि 8 छाउरा हरू पाउँछ। कुकुरका छाउराहरू जन्मदा खेरी आँखाहरू खुलेका हुदैनन्। 6 देखि 9 दिनको बिचमा छाउराहरूका आँखा खुल्छन्।

स्मरण शक्ति [सम्पादन गर्ने]

कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। यसले एक चोटि देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन। यसमा यसको सुघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ।[२] यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ। कुकुरको यही खासियतालाई ध्यानमा राखेर आज भोलि कुकुरलाई तालीम दिएर "स्पेसल डाग सिक्यूरेटी" बनाइन्छ। जसमा कुकुले आसंकित व्याक्ती, आसंकित वस्तु आदीको खोजी गर्छ। कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ। कुकुरले सुँघेर अभियुक्त सम्म पुग्न सहयोग गर्छ।

खतरा [सम्पादन गर्ने]

कुकुरको ध्यान न पुराए सम्म जत्तीको कुकुर उपयोगी छ त्यो भन्दा कैयौँ गुणा खतरा पनि सावित हुन्छ। यदी कुकुरलाई रेबिज रोग लागेछ भने सत्यानास पार्छ। अर्को कुरा कुकुर भएको घरमा बाघको पनि डर हुन्छ।

चित्रावली [सम्पादन गर्ने]

कुकुरका विभिन्न प्रजातीहरूका चित्र[३]

Dog1.jpg
 
Dog2.jpg
 
 
 
 
 
 

यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]

सन्दर्भ सूची [सम्पादन गर्ने]

  1. १.० १.१ "Mammal Species of the World - Browse: lupus" 
  2. पशु बिशेषज्ञा
  3. गुगल चित्र खोज