सालक
| सालक[१] Temporal range: Paleocene–Recent |
|
|---|---|
| Sunda Pangolin, Manis javanica | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| संघ: | Chordata |
| वर्ग: | स्तनधारी प्राणी |
| Infraclass: | Eutheria |
| Superorder: | Laurasiatheria |
| गण: | Pholidota Weber, 1904 |
| कुल: | Manidae Gray, 1821 |
| वंश: | Manis Linnaeus, 1758 |
| Species | |
|
Manis culionensis |
|
सालक(अंग्रेजी: Pangolin, उच्चारण
/ˈpæŋɡəlɪn/) एक लोपोन्मुख वन्यजन्तु हो। यो जनावर प्राय नेपाल, भारत, चीन लगायतका दक्षीण एशियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू-भागमा पाइन्छ। यसको शरीरमा ठुलाठुला कत्लाले ढाकको हुन्छ। यस बाहेक खबटा मुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन्। यि रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ। यसले पुच्छरको सहायताबात रुखको हाँगामा झुन्डिन सक्छ।
यो जनावरले आफुलाई खतरा महसुस भएमा त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ। यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ।
बासस्थान [सम्पादन गर्ने]
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै ः धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दर्ुइ फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरू बताउँदछन्।
आहारा [सम्पादन गर्ने]
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ।
सन्दर्भ सूची [सम्पादन गर्ने]
- ↑ Schlitter, Duane A. (16 November 2005), Wilson, Don E., and Reeder, DeeAnn M., eds, ed., Mammal Species of the World (3rd ed.), Baltimore: Johns Hopkins University Press, 2 vols. (2142 pp.), pp. 530–531, ISBN 978-0-8018-8221-0, OCLC 62265494, <http://www.bucknell.edu/msw3>