बिरालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिरालो[१]
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
वंश:
प्रजाति:
F. catus
वैज्ञानिक नाम
Felis catus
Linnaeus, 1758
पर्याय

Felis silvestris catus (subjective synonym)
Felis catus domestica (invalid junior synonym)[२]

बिरालो वा घरपालुवा बिरालो[१][३] एक मांशाहारी तथा स्तनधारी समुहमा पर्ने जनावर हो । । यसले मुसाहरूलाई मारेर अन्नको रक्षा गर्दछ । बिरालो धेरै प्रजातीका हुन्छन् । कसै कसैले बिरालो शौकको लागि पालिएको देखिन्छ । बिरालो पाल्ने मानिस तथा समुदायलाई आत्मनिर्भर मानिन्छ, किनभने बिरालोलाई आत्मनिर्भरता र आत्मविस्वासको प्रतिक पनि मानिन्छ।


शारिरीक बनोट[सम्पादन गर्नुहोस्]

बिरालोको शरीरमा एक पुच्छर, चार खुट्टाहरू १८ वटा नङ्ग्राहरू आँखा, कान,हुन्छन् । बिरालोको रंग भने प्रजाती अनुसार फरक-फरक हुन्छ । यसको मुख भित्र चार वटा लामा र अरु छोटा दाँतहरू हुन्छन् । यसको जिब्रोको माथिल्लो पट्टी काँडा जस्तै उल्टो फर्केका मांशपेसी हुन्छन् । जसले गर्दा यसले आफ्नो सिकारको रौंहरू चाटेर शरीरबाट अलग गर्न सक्छ । यसको आँखाको नानी रात र दिनमा फरक-फरक हुन्छ । रातमा पुरै आँखामा फैलिएको गोलो नानी देखिन्छ भने दिनमा आँखाको विचमा एक धर्सानुमा नानी देखिन्छ । जसले गर्दा यो अँधेरोमा पनि सिकार गर्न सक्छ । यसका नङ्ग्राहरू सिकारलाई झम्टदा बाहेक अरु समयमा लुकाई राखेको हुन्छ ।

विशेषता[सम्पादन गर्नुहोस्]

बिरालो एक पशु भए पनि यसको विशेषता अनौठो प्रकारको हुन्छ । यसले अरु प्राणीको भन्दा भिन्नै प्रतिक्रियाहरू देखाउँछ । जसलाई तल उल्लेख गरिंदै छ ।

चाल[सम्पादन गर्नुहोस्]

बिरालोको आवाज "म्याउँ" न सुन्दा सम्म बिरालोको उपस्थिति थाहा पाउन सकिदैन । यसको शरीर जति भारी भए पनि यो हिंड्दा खेरी कसैले पनि थाहा पाउन सक्दैन । हिंड्दाखेरी सुन्दै नसुन्ने गरी हिंड्द छ । हाम्रो समाजमा कोही सुस्तै चियो गरिरहेको छ भने त्यसलाई "बिरालोको चालमा आएर चियो गर्दै छ" भनिन्छ ।

सरसफाई[सम्पादन गर्नुहोस्]

बिरालो पशु भए पनि यसले साफ सफाईमा विशेष ध्यान दिएको पाइन्छ । यो सिकार गर्ने बेला बाहेक अरु बेला फोहर ठाउँमा बस्दैन । बिरालोको दिशा पिसाब बाहिर खुल्ला ठाउँमा देखिदैन । यसले दिशा पिसाब गर्ने ठाउँमा पहिले खाल्डो बनाएर दिसा पिसाब गर्छ । फेरि माथिबाट पुरि दिन्छ । भनिन्छ प्राचीन कालमा बाघ र बिरालो एक आपसमा मामा भान्जा थिए बिरालोले बाघलाई आफ्ना सबै कलाहरू सिकाई दिएको थियो । पछि गएर बाघले एक दिन बिरालोलाई मार्न खोज्दा बिरालो रुखमा चढेर बाँच्यो । यो देखेर बाघलाई रुख चढ्ने कला आफूलाई नसिकाएकोले साह्रै रिस उठ्यो र भन्यो "अब म तेरो दिसा पिसाब भेटाएमा तेरो पिछा गरेर तँलाई न मारी छोड्दिन । " यसकारण बिरालो आफ्नो दिसा पिसाब लुकाएर राख्छ । [४] कुरा जे पनि होस् तर यो कार्यलाई बिरालोले सफाई राख्छ भन्दा फरक नपर्ला दिसा पिसाब गरेर माथिबाट पुर्दा पनि कतैबाट गन्ध त आउँदैन भनि सुँघ्न पनि यो भुल्दैन । यदि गन्धको महसुस भएमा फेरि पुर्ने कोसिस जारी राख्छ । जबसम्म गन्ध पुरै बन्द हुँदैन तबसम्म पुर्दै रहन्छ ।

सिकार तथा आहारा[सम्पादन गर्नुहोस्]

सिकारको प्रतिक्षामा बसेको बिरालो
परेवाको मासु लुछ्दै गरेको

बिरालोले चरा चुरुङ्गी र मुसाहरूको सिकार गर्छ । यसको सिकार गर्ने तरिका पनि अनौठो हुन्छ । बिरालोले सिकार प्राय जसो रातमा गरेको पाइन्छ । यो रातको अँध्यारोमा पनि दिनको जस्तै देख्न सक्छ । यसले सिकार गर्दा पहिले सिकारको बाटो हेरेर बसि रहन्छ । जब यसलाई सिकार देखिन्छ । तब यो बुर्लुक्क उफ्रेर सिकारमाथी हमला गर्छ । सिकारलाई जिउँदै समात्छ यसले आफ्नो सिकारलाई समात्ने बित्तिकै मार्दैन । सिकार समात्नको लागि आफ्ना तिखा दाँत र नङ्ग्राहरूको प्रयोग गर्द छ । सिकारलाई दाँतमा च्यापेर आफ्नो निवासमा ल्याई केही बेर सिकार सँग मनोरञ्जन पनि गर्छ । त्यस पछि मात्र मारेर खान्छ ।

प्रजनन[सम्पादन गर्नुहोस्]

बच्चाहरूको पालन[सम्पादन गर्नुहोस्]

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ । यसका बच्चाहरू जन्मिदा आँखा खुलेका हुँदैनन् । ७ देखि ९ दिनको विचमा बिरालोको बच्चाहरूका आँखा खुल्छन् । बच्चाहरूका आँखा न खुलुन्जेल यसले बच्चाहरू जन्माएकै ठाउँमा राखेर आफ्नो दुध चुसाउँछ । आँखा खुलि सके पछि यसले बच्चाहरूलाई दाँतमा च्यापेर एक घरबाट अर्को घर लैजान्छ । जब सम्म बच्चाहरूलाई सिकार गर्ने जस्ता कामहरू सिकाउँदैन तब सम्म यसले बच्चाहरू सार्ने काम जारी राख्छ । बिरालोको यो कामलाई हाम्रो गाउँ घर तिर बिरालोले आफ्ना बच्चाहरूको न्वारन गरेको भन्ने पनि सुनिन्छ । यदि कसैले आफ्नो वास स्थान बदलि रहन्छ भने त्यो मान्छेले " बिरालाको बच्चा सारेको जस्तै गरी रहेको छ" भनिन्छ ।

वासस्थान[सम्पादन गर्नुहोस्]

मानवसंगको सम्बन्ध[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Wozencraft, W. C. (२००५), "Species Felis catus", in Wilson, D. E.; Reeder, D. M, Mammal Species of the World (3rd संस्करण), Johns Hopkins University Press, पृ: 534–535, आइएसबिएन 978-0-8018-8221-0, ओसिएलसी 62265494 
  2. "ITIS Standard Report Page: Felis catus domestica", op. cit., अन्तिम पहुँच १४ डिसेम्बर २०११ 
  3. "ITIS Standard Report Page: Felis catus", ITIS Online Database, Reston, Virginia: Integrated Taxonomic Information System, २०११, अन्तिम पहुँच १४ डिसेम्बर २०११ 
  4. किंवदन्ती