बिरालो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जनावर
बिरालोहरू
पालुवा बिरालो

बिरालो एक घर पालुवा मांशाहारी जनावर हो। यो स्तनधारी समुहको जिव हो। यसले मुसाहरूलाई मारेर अन्नको रक्षा गर्दछ।बिरालो धेरै प्रजातीका हुन्छन्। कसै कसैले बिरालो शौकको लागि पालिएको देखिन्छ भने कसैले बिरालो घरमा देखियो भने अपसकुन मान्दछन्।

विषयसूची

[सम्पादन गर्ने] शारिरीक बनोट

सुतेको बिरालो

बिरालोको शरीरमा एक पुछर, चार खुट्टाहरू १८ वटा नङ्ग्राहरू आँखा, कान,हुन्छन्।बिरालोको रंग भने प्रजाती अनुसार फरक-फरक हुन्छ। यसको मुख भित्र चार वटा लामा र अरु छोटा दाँतहरू हुन्छन्।यसको जिब्रोको माथिल्लो पट्टी काँडा जस्तै उल्टो फर्केका मांशपेसी हुन्छन्। जसले गर्दा यसले आफ्नो सिकारको रौँहरू चाटेर शरीरबाट अलग गर्न सक्छ। यसको आँखाको नानी रात र दिनमा फरक-फरक हुन्छ। रातमा पुरै आँखामा फैलिएको गोलो नानी देखिन्छ भने दिनमा आँखाको विचमा एक धर्सानुमा नानी देखिन्छ।जसले गर्दा यो अँधेरोमा पनि सिकार गर्न सक्छ। यसका नङ्ग्राहरू सिकारलाई झम्टदा बाहेक अरु समयमा लुकाई राखेको हुन्छ।

[सम्पादन गर्ने] बिशेषता

बिरालो एक पसु भए पनि यसको बिशेषता अनौठो प्रकारको हुन्छ। यसले अरु प्राणीको भन्दा भिन्नै प्रतिक्रियाहरू देखाउछ। जसलाई तल उल्लेख गरिदै छ।

[सम्पादन गर्ने] चाल

बिरालोको आवाज "म्याउँ" न सुन्दा सम्म बिरालोको उपस्थिति थाहा पाउन सकिदैन। यसको शरीर जति भारी भए पनि यो हिँड्दा खेरी कसैले पनि थाहा पाउन सक्दैन। हिँड्दाखेरी सुन्दै नसुन्ने गरी हिँड्द छ। हाम्रो समाजमा कोही सुस्तै चियो गरिरहेको छ भने त्यसलाई "बिरालोको चालमा आएर चियो गर्दै छ" भनिन्छ।

[सम्पादन गर्ने] साफ सफाई

बिरालो पशु भए पनि यसले साफ सफाईमा बिशेष ध्यान दिएको पाइन्छ। यो सिकार गर्ने बेला बाहेक अरु बेला फोहर ठाउँमा बस्दैन। बिरालोको दिशा पिसाब बाहिर खुल्ला ठाउँमा देखिदैन। यसले दिशा पिसाब गर्ने ठाउँमा पहिले खाल्डो बनाएर दिसा पिसाब गर्छ। फेरि माथिबाट पुरि दिन्छ। भनिन्छ प्राचीन कालमा बाघ र बिरालो एक आपसमा मामा भांजा थिए बिरालोले बाघलाई आफ्ना सबै कलाहरू सिकाई दिएको थियो। पछि गएर बाघले एक दिन बिरालोलाई मार्न खोज्दा बिरालो रुखमा चढेर बाँच्यो। यो देखेर बाघलाई रुख चढ्ने कला आफूलाई नसिकाएकोले साह्रै रिस उठ्यो र भन्यो "अब म तेरो दिसा पिसाब भेटाएमा तेरो पिछा गरेर तँलाई न मारी छोड्दैन।" यसकारण बिरालो आफ्नो दिसा पिसाब लुकाएर राख्छ। [१] कुरा जे पनि हैस् तर यो कार्यलाई बिरालोले सफाई राख्छ भन्दा फरक नपर्ला दिसा पिसाब गरेर माथिबाट पुर्दा पनि कतैबाट गंध त आउँदैन भनि सुँघ्न पनि यो भुल्दैन। यदि गंधको महसुस भएमा फेरि पुर्ने कोसिस जारी राख्छ। जबसम्म गंध पुरै बन्द हुदैन तबसम्म पुर्दै रहन्छ।

[सम्पादन गर्ने] सिकार

चित्र:Biralo.jpg
सिकारको प्रतिक्षामा बसेको बिरालो

बिरालोले चरा चुरुङ्गी र मुसाहरूको सिकार गर्छ। यसको सिकार गर्ने तरिका पनि अनौठो हुन्छ। बिरालोले सिकार प्राय जसो रातमा गरेको पाइन्छ। यो रातको अँध्यारोमा पनि दिनको जस्तै देख्न सक्छ। यसले सिकार गर्दा पहिले सिकारको बाटो हेरेर बसि रहन्छ। जब यसलाई सिकार देखिन्छ। तब यो बुर्लुक्क उफ्रेर सिकारमाथी हमला गर्छ। सिकारलाई जिउँदै समात्छ यसले आफ्नो सिकारलाई समात्ने बित्तिकै मार्दैन। सिकार समात्नको लागि आफ्ना तिखा दाँत र नङ्ग्राहरूको प्रयोग गर्द छ। सिकारलाई दाँतमा च्यापेर आफ्नो निवासमा ल्याई केही बेर सिकार सँग मनोरंजन पनि गर्छ।त्यस पछि मात्र मारेर खान्छ।

[सम्पादन गर्ने] बच्चाहरूको पालन

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ। यसका बच्चाहरू जन्मिदा आँखा खुलेका हुदैनन्। 7 देखि 9 दिनको विचमा बिरालोको बच्चाहरूका आँखा खुल्छन्।बच्चाहरूका आँखा न खुलुन्जेल यसले बच्चाहरू जन्माएकै ठाउँमा राखेर आफ्नो दुध चुसाउछ। आँखा खुलि सके पछि यसले बच्चाहरूलाई दाँतमा च्यापेर एक घरबाट अर्को घर लैजान्छ। जब सम्म बच्चाहरूलाई सिकार गर्ने जस्ता कामहरू सिकाउदैन तब सम्म यसले बच्चाहरू सार्ने काम जारी राख्छ। बिरालोको यो कामलाई हाम्रो गाउँ घर तिर बिरालोले आफ्ना बच्चाहरूको न्वारन गरेको भन्ने पनि सुनिन्छ। यदि कसैले आफ्नो वास स्थान बदलि रहन्छ भने त्यो मान्छेले " बिरालाको बच्चा सारेको जस्तै गरि रहेको छ "भनिन्छ।

[सम्पादन गर्ने] तांत्रिक वर्णन

बिरालोको बारेमा तन्त्र र ज्योतिष शास्त्रमा धेरै बर्णन पाइन्छ। त्यसको बारेमा केही बुँदाहरू तल उल्लेख गरिदै छन् :- चित्र:Seto Biralo.jpg (सेतो बिरालो)

[सम्पादन गर्ने] बिल्ली जेर

बिरालोको साललाई बिल्ली जेर भनिन्छ। जसलाई सबै-सबैले देख्न र भेटाउन असम्भव हुन्छ। बिल्ली जेरलाई तान्त्रीक प्रयोगमा लिइन्छ। बिल्ली जेर जो मानिसले देख्यो या राख्यो त्यो शिद्ध पुरुषमा गनिन्छ। त्यसले कुनै तन्त्र मन्त्र शिद्ध गर्नु पर्दैन।[२]

[सम्पादन गर्ने] सकुन

बिरालोले सकुन अपसकुन थाहा पाउँछ। यात्राको समयमा यदी बिरालो अगाडी आयो भन्यो त्यसको विधी न पुराई हिँड्यो भन्यो यात्रमा बिध्न पर्द छ।[३]

[सम्पादन गर्ने] सपना

बिरालो साक्षात कालको रूप हो। यदी सपनामा बिरालो देखियो भने 6 महिना देखि 1 बर्ष भित्र घरमा कसैको मृत्यु सुनिश्चित हुन्छ।[४]

[सम्पादन गर्ने] झगडा

यदि घरमा दुइटा बिरालाहरूले लगातार 3 दिन सम्म झगडा गरे भने घरमा कलहका साथै घरका प्रधान पुरुषको मृत्यु हुन्छ।[५]

  1. किँवदंती
  2. इन्द्र जाल
  3. यात्रा विचार
  4. सपना विचार
  5. सकुन अप सकुन विचार

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा