धमिरा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धमिरा
Temporal range: 228–0 Ma
Late Triassic - Recent
लडाकु (रातो टाउको भएका) र कामदार (सेतो टाउको भएका).
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Arthropoda
वर्ग: Insecta
उपवर्ग: Pterygota
Infraclass: Neoptera
Superorder: Dictyoptera
गण: Blattodea
(श्रेणीविहीन): Termitoidae
Families

Mastotermitidae
Kalotermitidae
Termopsidae
Hodotermitidae
Rhinotermitidae
Serritermitidae
Termitidae

धमिरा इसोप्ट्रेया वर्गमा पर्ने एक प्रकारको सामाजिक किरा हो । यसको आकार कमिला जत्रै हुन्छ । सेतो धमिरालाई कतैकतै ( विशेष: अष्ट्रेलियामा) सेतो कमिला पनि भन्ने गरिन्छ । धमिरो जमीन मुनी अथवा जमीन माथि काठमा माटो उठाएर आफ्नो घर बनाउछ । जमीन मुनी बस्ने धमिरोले माटोमा कुहेको काठलाई चपाएर धुलो बनाई भकुण्डो जस्तै गोलाकार घर बनाएको हुन्छ । धमिरोले माटो र काठको संपर्क भएको ठाउँमा मात्र आफ्नो घर बनाउछ । हिन्दू धार्मीक ग्रन्थ रामायणका रचायत बाल्मीकी ऋषीले तपष्या गर्दा धमिराले माटो उठाएर ढिस्को बनाएकोले उनको नाम बाल्मीकी रहेको थियो ।[१]

धमिराको गोलो[सम्पादन गर्ने]

धमिराको गोलोको भित्री भाग

धमिरा बस्ने घर वा गोलो नै धमिराको गोलो हो। धमिराले आफ्नो गोलोको निर्माण माटो, काठ र पानीको सम्पर्कमा गर्ने गर्दछ। धमिराले विशेसगरि आफ्नो गोलोको निर्माण र विस्तार वर्षायामको अन्त्यमा गर्ने गर्दछ। धमिराको गोलोको निश्चित आकार र स्वरूप हुदैन। धमिराले आफुलाई गोलोमा बस्न, आवतजावत गर्न तथा भण्डार गर्न उतम हुने ठाउँको सिर्जना गर्दा गोलोको आकार ठुलो सानो तथा स्वरूप जस्तो पनि हुन सक्छ। धमिराको गोलो निर्माण गर्ने धमिरा कामदार धमिरा हुन्। कामदार धमिराले नै आफ्नो संख्या अनुसार गोलोको निर्माण तथा विस्तार गर्ने गर्दछ। धमिराको गोलोको बाहिरी भागमा घाम, पानी तथा सत्रुबाट सुरक्षा पाउनक लागि आफु छिर्न सक्ने साना प्वाल बनाइएको हुन्छ।


सन्दर्भ सूची[सम्पादन गर्ने]