गँड्यौला
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गँड्यौला एनेलिडा फाइलममा पर्ने ढाडमा हाड नहुने जनावर हो। माटो भित्र बस्ने यो जनावरले खानेकुरा खोज्न तथा वसोवासका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ। यो जनावरको शरीर बेलनाकार र खण्डखण्ड परेको हुन्छ। यसको सम्पूर्ण शरीर मांशपेशिले बनेको हुन्छ जुन् एकदमै ओशिलो खालको हुन्छ। यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ। भाले र पोथी प्रजनन अङ्ग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जनावर हो।