जुका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

जुका एक परजीवी किरा हो। जुका चार थरीका किराहरूको नाम दिइएको छ। पेटको जुका मानिस तथा पशूहरूको पेटमा पर्ने भित्रीय परजीवी किरा हो। त्यस्तै पानी जुका अरु जीवहरूको रगत चुस्ने बाहिरिए परजीवी हो। पानी जुका पनि तिन प्रकारको हुन्छ जस मध्य एक प्रकारको जुका पानीमा नै बस्छ। पानी बाहिर आए बाँच्न सक्दैन। यस्तो जुका कहिल्यै नसुक्ने पानीको मुलमा बाह्रै महिना पाइन्छ। पशु तथा मान्छेले घोप्टो परेर पानी पिदा यो जुका नाखमा प्रवेश गर्छ। कम्तीमा पनि तिन महिना सम्म त्यो जुका नाख भित्रै बस्छ र रगत चुस्दै जान्छ। जमीनमा पाईने जुका अर्को खाले पानी जुका हो यो जुका पानीमा बस्दैन तर पानीको आस पास अथवा वर्षायाममा मात्र यो जुका पहाडी क्षेत्रमा देखिन्छ। हिड्दा टाउको र पुछर टेकेर हिड्ने गर्छ। अरू जीवहरूको आवत जावत बढी हुने ठाउँमा तथा बाटोमा प्रतिक्षा गर्छ र कुनै मान्छे अथवा जीव जनावर आएको थाह पाउने बित्तीको खुट्टा अथवा शरीरको अन्य भागमा (शरीरको जुन भाग जमीनसँग सम्पर्क छ) सर्छ। रगत चुस्न थाल्छ कसैलाई थाहै हुन्न जुकाले खाँदा तर पछि गएर अघाएर झरेमा रगत बगेको देखेमा मात्र थाह पाइन्छ। तराइको पानी जमेको ठाउँमा एक प्रकारको अर्को जुका हुन्छ। यो लामो पनि हुन्छ माछा जस्तै पानीमा पौडिन्छ र कुनै अन्य जीव मान्छे अथवा जनावरहरू पानीमा गएमा शरीरमा सर्छ र रगत चूस्न थाल्छ यो जुका पहाडी जुका भन्दा पनि खतरनाक हुन्छ। जुकाको प्रजाती संसारमा सबैभन्दा बढी हुन्छ।[१]

पेटको जुका[सम्पादन गर्ने]

पेटको जुका एक प्रकारको रोग हो। हेर्दा गँड्यौला जस्तै देखिने यो जुका जनावर तथा मानिसको पेटमा किटाणुहरू उत्पन्न भएर पेट भित्र नै इ किराहरू बढ्न थाल्छन्। यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।

पानी जुका (१)[सम्पादन गर्ने]

यो पानी जुका पानीमा नै बस्छ पानीबाट बाहिर आएमा अथवा सुखा ठाउँमा यो जुका बाँच्न सक्दैन। यो जुकाको लम्बाई मुस्किलले १ से.मी हुन्छ। यो जुका बाह्रै महिना नसुक्ने पानीको मुहानमा बस्छ। कुनै पशूले पानी खाएमा यो जुका पशृको नाखमा प्रवेश गर्छ। पशू मात्र नभएर मान्छेको नाखमा पनि पस्न सक्छ। यदी जुका भएको पानीमा मान्छेले ध्यान न पुर्याएर पानी खाएमा जुका मान्छेको नाकमा पनि पस्छ। नाखमा पस्दा कति पए कसैलाई थाह हुदैन यसको शरीर अत्यन्त चिप्लो, मसिनो र सानो भएकाले नाख भित्र जादा थाहा पाउन गाह्रो छ। नाख भित्र पसिसके पछि कम्तीमा पनि १५ दिन सम्म बाहिर देखिदैन। भनिन्छ तबसम्म जुका उल्टो फर्केको हुदैन जुका नाकमा भएको पशु तथा मान्छेको नाखबाट पहिले पहिले रगत बगेको देखिन्छ जुका उल्टो फर्कि सके पछि रगत बग्दैन बरु पानी खान लाग्दा पानी खानको लागि जुकाले मुख बाहिर निकालेको देखिन्छ। पानीमा छँदा १ से.मी.को लम्बाइमा हुने यो पर जीवी नाख भित्र दिन प्रति दिन बढ्दै जान्छ। नाखमा बसेर यसको लम्बाई कम्तीमा पनि १५ देखि २० से.मी. र मोटाई ५ से.मी सम्म हुन्छ। यदी कुनै पशू अथवा मान्छेको नाखमा जुकाको संख्या एक भन्दा धेरै भएमा दिन प्रतिदिन बढ्दै जाने भएका कारण स्वाँस लिन गाह्रो भएर कतिपए पशुहरू त मरेको पनि देखिन्छ। यो जुका कम्तीमा पनि तिन चार महिना सम्म नाखमा बसेर रगत चुस्दै रहन्छ यदी पानी खाने बालामा बाहिर मुख निकालेको। मौका हेरी च्याप्प समातेर बाहिर तान्न सकिन्छ तर यो काम धेरै कम सम्भव छ। जुका अत्यन्तै चिप्लो भएकाले रुमालको बिना खाली हातले समातेमा फुत्केर जान्छ फेरी धेरै दिन सम्म बाहिर देखा पर्दैन। यदी जुकालाई झार्नु छ भने जुका नाखमा भएको मान्छे तथा पशुलाई लामो समय पछि पानी खान दिएमा जुका झर्न सक्छ यो उपाय पनि धेरै कम सम्बभ छ।

पानी जुका (२)[सम्पादन गर्ने]

पानी जुका

जुका एनिलिडा समुह अन्तर्गत पर्ने प्राणी हो। प्राय पहाडी भू-भागमा वर्षायाममा पाइने यो जुकालाई पानी जुकाको नाम दिएको पाइएता पनि यो जुका पानीमा बस्दैन पानीको आसपास भने बस्छ। यो जुका पनि पानीमा बस्ने पहाडी जुका जस्तै हुन्छ तर यो जुका टाउको र पुछर टेकेर खानाको खोजीमा एक ठाउँ देखि अर्को ठाउँमा विचरण गर्न सक्छ। यो जुकाले अन्य जीवहरूको बाहिरिए शरीरमा टाँसिएर रगत चुस्ने गर्छ। शरीर पानीले भिजेको छ अथवा चिसो छ भने शरीरमा जुकाको प्रवेश थाह पाउन आँखाले न देखे सम्म असम्भव हुन्छ। सुखेको ओबानो शरीरमा भने जुकाको प्रवेश स्पर्ष बाट थाहा पाउन सकिन्छ। जीव जनावरहरू तथा मान्छेको आवात जावत गर्ने बाटोमा यो जुका आहाराको प्रतिक्षा गर्छ। कसैको आवागमनको चाल पाउने बित्तिकै छिटो छिटो शरीरमा टाँसीएर रगत चुस्न शुरू गर्छ। करिब आधा घण्टासम्म रगत चुसेर टन्न भुँडी भरेर झर्छ। जुका झरे पछि जुकाले खाएको भन्दा बढी रगत बगेर जान्छ। यो जुका पहाडी प्रदेशमा बैशाख देखि असोज सम्म देखिन्छ। त्यस पछि चिसो र सुखा याममा यो ढुङ्गामुनी अथवा कुनै पनि सेपीलो ठाउँमा बस्छ। भनिन्छ जुकालाई टोकाएर रक्त विकार (रगत खराबीको कारणले हुने) सम्बन्धीका रोगहरू निको बनाउन सकिन्छ। कोहि कोहिले सानो तिनो घाउ खटिरा भएर पाक्न थालेमा जुकालाई त्यो ठाउँमा टोकाउने गरेको देखिन्छ। जुकालाई काटेर जती टुक्रा बनायो त्यती नै जुका बन्दछन् भन्ने भनाई रहेको छ।

पानी जुका (३)[सम्पादन गर्ने]

यो जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदी ठाउँमा पानीमा बस्छ। यो जुका पानीमा माछा जस्तै पौडीन सक्छ, यो जुका पहाडी पानी जुका भन्दा भिन्न प्रजातीको जुका हो। यो जुका पहाडी जुकाको अपेक्षा बिषालु पनि हुन्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूचीहरू[सम्पादन गर्ने]

  1. सामान्य ज्ञान