झापा जिल्ला
| झापा जिल्ला | |
| अञ्चल: | मेची अञ्चल |
|---|---|
| सदरमुकाम: | चन्द्रगढी |
| क्षेत्रफल: | १,६०६ वर्ग कि.मि. |
| जनसंख्या: | ७,०७,१०८ |
| गाविस संख्या: | ५१ |
| नगरपालिका(हरू): | भद्रपुर, दमक, मेचीनगर |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ७ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबैभन्दा अग्लो उचाई: | मिटर |
| सबैभन्दा होंचो उचाई: | मिटर |
| प्रमुख जातिहरू: | लिम्बु राई गुरुङ् मगर तामाङ बाहुन क्षेत्री कोचे मेचे सतार थारू आदि |
| प्रमुख भाषाहरू: | लिम्बु भाषा, राई भाषा, गुरूङ भाषा, तामाङ भाषा, मगर भाषा, मैथिली भाषा, सतार भाषा,
भोजपुरी आदि |
| मानव विकास सुचाङ्क स्थिति: | १८ (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०२३ |
| प्रमुख जिल्ला अधिकारी: | - |
| वेबसाइट: | www.ddcjhapa.gov.np |
| यस शृङ्खलाको एक भाग |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| नेपाल पोर्टल हिमालय पोर्टल |
झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. र जनसंख्या करिव ७ लाख रहेको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ र सुनसरी जिल्ला पर्दछन्। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।[१]
विषयसूची |
[सम्पादन गर्ने] जिल्लाको नामाकरण
पहिले झापा जिल्लाको सम्पूर्ण प्रशासनिक कार्य मोरङ गोश्वाराले हेर्ने गर्दथ्यो। पछि उक्त मोरङ गोश्वारा हालको कुमरखोद गाविस अन्तरगत पर्ने झापा गाउँमा सारियो जुन गाउँ हाल पनि कुमरखोद गाविसमा झापा बजार नामले चिनिन्छ। तसर्थ त्यस झापा गाउँको नामबाटै कालान्तरमा यस ठाउँ (जिल्ला)को नाम झापा रहन पुग्यो। झापा जिल्लाका आदिवासी जाति राजवंशीहरूको राजवंशी भाषामा झापाको अर्थ ढकनी वा विर्को भन्ने अर्थ लाग्ने र शताब्दीऔं देखि वन जंगलबाट ढाकिएको वा छोपिएको हुँदा यस ठाउँको नाम झापा रहन गएको भन्ने भनाई रहिआएको छ।
[सम्पादन गर्ने] भौगोलिक विभाजन
- अक्षांस:- २६.२०" देखि २६.५०" उत्तर
- देशान्तर:- ८७.३९" देखि ८८.१२" पूर्व
- सिमाना:- पूर्व पश्चिम् बंगाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण विहार, भारत
- क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
- औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
- औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
- उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।[२]
[सम्पादन गर्ने] ऐतिहासिक पृष्ठभूमि
पृथ्वीनारायण शाहको शासन काल पूर्व मोरङ र झापामा सेन वंशको राज्य थियो। सन् १७७३मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वमा आएको फौजले आक्रमण गरी मोरङ र झापालाई कब्जा गरे। त्यहाँका राजा कर्णसेन भागेर धरान, विजयपुर पुगे। सन १७७४मा आक्रमण गरी विजयपुरलाई पनि कब्जामा लिए। अभिमान सिंह बस्नेतको नेतृत्वको फौजले पल्लो किराँतको उत्तरी सिमाना र पूर्व तमोर नदीसम्म अधिकार जमायो। सिंहलिला (फालेलुङ्ग) डाँडाको पानी ढलको पश्चिमतर्फ बसोबास गरेका र सिक्किम राज्यबाट सताइएका लिम्बू जातिहरू गोर्खालीसँग सम्झौता गरी नेपाल एकिकरणमा समाहित भएकाले पृथ्वीनारायण शाहको समयमा नेपालको सिमाना पूर्वी पहाडतर्फ सिंहलिला पहाडसम्म र मैदानतर्फ कन्काई नदी क्षेत्रसम्म फैलियो। सन् १७८३मा अर्थात् रणबहादुर शाहको शासनकालमा नेपालको सिमाना पश्चिमतर्फ कुमाउ, गढवाल र पूर्वतर्फ टिष्टा नदीसम्म पुगेको थियो। तर सन् १८१४मा अङ्ग्रेजले विराटनगर र रंगेलीबीच पर्ने 'धनपुर' भन्ने स्थान र झापा बजार हाल कुमरखोद गाविसमा आक्रमण गरी आफ्नो कब्जामा लियो। बाध्यताबस १८१६ मार्च ४मा सुगौलीको सन्धिमा हस्ताक्षर गर्न नेपाल वाध्य भयो र मेची नदी सदाको लागि पूर्वी अन्तर्राष्ट्रिय सिमाना हुन पुग्यो।
[सम्पादन गर्ने] हावापानी
यस जिल्लामा मनसुनी हावा पानी ( अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ। गृष्मकालमा यहाँको तापक्रम ३२ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्दछ भने शीतकालमा १५ देखि १० डिग्री सेल्सियससम्म ओर्लिन्छ। कुनै वर्ष अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस सम्म पुगेको र न्यून्तम तापक्रम ८ डिग्री सेल्सियससम्म झरेको पाइन्छ। वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट यहाँ २७१.७५ मिलि मीटरसम्म वर्षा हुने गरेको पाइन्छ। यहाँको हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्यका लागि उपयोगी मानिन्छ।
[सम्पादन गर्ने] जिल्लाको प्राकृतिक विभाजन
[सम्पादन गर्ने] उत्तर तर्फको भिरालो प्रदेश वा भावर प्रदेश
जिल्लाको उत्तरी भागमा चुरे क्षेत्रबाट वग्ने नदी र खोलानालाहरूले वगाएर ल्याएको वलौटे माटो पाइन्छ। जसलाई भावर क्षेत्र पनि भनिन्छ। उक्त क्षेत्रमा बाहुनडाँगी, शान्तिनगर, बुधबारे खुदुनावारी, सुरुङ्गा, सतासीधाम, धरमपुर, तोपगाछी र लखनपुर गाविस तथा दमक नगरपालिकाहरू पर्दछन्। यस प्रदेशमा औषत न्युनतम तापक्रम ५.७ डिग्री सेल्सियस मंसीर तथा पौष महिनामा र सबै भन्दा वढी औषत तापक्रम ४० डिग्री सेल्सियस जेष्ठ तथा असार महिनामा हुन्छ।
[सम्पादन गर्ने] दक्षिणको तराई प्रदेश
भावर प्रदेशमा आएर सुकेका नदीहरूले यहाँका तटवर्ती जग्गालाई सिंचित गरेको छ। यस भेगको माटो मलिलो छ र यो प्रदेशले ६५ प्रतिशत भूभाग ओगटेको पाइन्छ। नेपालको सवैभन्दा होचो भूभाग केचनकवल समेत यसै क्षेत्रमा पर्दछ। यहाँको तापक्रम मध्यम पाइन्छ जहाँ वढीमा ४० डिग्री सेल्सियस र घटीमा ०.० डिग्री सेल्सियस हुन्छ। पूर्वबाट वहने मनसुनी हावा महाभारत पर्वत श्रृखंलामा ठक्कर खाएर यहाँ मनसुनी वर्षा हुन्छ। सवभन्दा वढी वर्षा असार श्रावण र भाद्र महिना र कम वर्षा मंसिर महिनामा हुन्छ। यहाँ वर्ष भरीमा औषत २७१.७५ मिलिमिटर वर्षा हुन्छ। मेची, निन्दा, बिरिङ, कन्काई, रतुवा र मावा यस जिल्लाका प्रमुख नदीनालाहरू हुन। मेची नदी नेपालको पूर्वी सीमाना पनि हो भने मावा खोला यस जिल्लाको पश्चिम सिमाना रहेको छ। धार्मिक महत्व समेत भएको जिल्लाको सवभन्दा ठूलो कन्काई नदी जिल्लाको वीच भागबाट वहेको छ। प्रायः सवै नदी नालाहरूको उद्गम स्थल महाभारत पर्वत श्रृङ्खला रहेको छ। ती नदीनालाहरू जिल्लाको धेरै भू-भाग सिंचित गर्दै भारतको विहार राज्य तर्फ वहँदै गएका छन्।
[सम्पादन गर्ने] जिल्लाका प्रमुख नदीनालाहरू
[सम्पादन गर्ने] मावा नदी
झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्ने मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो। यो महाभारत पर्वत श्रृङखलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग गरेको खण्डमा झापा जिल्लाको दमक, लखनपुर, लगायत मोरङ जिल्लाका किसानहरूले पनि फाइदा लिन सक्छन। चुरे पर्वत श्रृङ्खलाको वनको घट्दो अवस्था र भूक्षयका कारणले बगेर आउने वालुवाले नदीको सतह उठ्दै गई नदीकटान र कृषि योग्य भूमिमा वालुवा थुपार्ने समस्या यस नदीबाट भोग्नु परिरहेको छ।
[सम्पादन गर्ने] रतुवा नदी
दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले उपजलाधार क्षेत्र मध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवारा गाविसको आवादी जग्गा र बसोबास क्षेत्रलाई हरेक वर्ष क्षति पुर्याई रहेको छ। सिंचाईको सुविधाबाट वन्चित यस भेगमा रतुवा नदीको वर्षाको पानीलाई उपयोग गर्न सकेमा भरमगदुर फाइदा लिन सकिन्छ। रतुवा र मावा नदीलाई दमक नगरपालिका र लखनपुर, कोहवारा गाविसको दुःख पनि भनिन्छ।
[सम्पादन गर्ने] बिरिङ नदी
इलाम जिल्ला उद्गमन स्थल रहेको बिरिङ नदी खुदुनावारी, बुधबारे, अर्जुनधारा, घैलाडुब्बा, सुरुङ्गा, डांगीवारी, चकचकी र राजगढ गाविस हुँदै भारत प्रवेश गर्दछ। २०,१५० हेक्टर उपजलाधार क्षेत्रफल रहेको यस नदी भू-क्षयको दृष्टिले प्राथमिकताको क्रम अनुसार चौथो नम्बरमा आउने र वर्षाको बाढी तथा कटानका कारणले बिरिङ नदी यस क्षेत्रको अभिषाप बन्न पुगेको छ। भौगोलिक बनावट अनुसार यो नदीलाई सुरुङ्गा गाविसको उत्तरी जंगली क्षेत्रबाट पश्चिम दिशातर्फ धार परिवर्तन गरी कन्काई नदीमा मिसाउन सकेमा उल्लेखित गाविसहरू नदी कटानबाट मुक्त हुनका साथै सो जग्गाको उपयोग हुन सक्दा जिल्लाकै सुकुम्वासी समस्या समेत समाधान हुने देखिन्छ।
[सम्पादन गर्ने] मेची नदी
नेपालको पूर्वी सिमाना भई बग्ने मेची नदी पाँचथर जिल्लाको सिंगलिला (फालेलुङ्ग डाँडा)बाट उत्पत्ति भई पाँचथर, इलाम, झापा हुँदै भारत प्रवेश गर्दछ। निन्दा, हडिया, देवनिया आदि सहायक नदी रहेको यस नदीमा बाढी पहिरो भू-क्षय र नदी कटानको गम्भिर समस्या उत्पन्न भएको छ। नेपाल र भारतको सिमानाको रूपमा रहेको यस नदीले आफ्नो धार वर्षेनी परिवर्तन गरिरहने हुँदा देशको सिमानामा पनि विवाद आइरहने अर्को समस्याको रूपमा पनि यसलाई लिइएको छ।
[सम्पादन गर्ने] कन्काई नदी
झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बांडेको यस नदीको उद्गम स्थल इलाम जिल्ला हो। माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको सबै भन्दा ठूलो नदीको रूपमा परिचित यस कन्काई नदीको उपजलाधार क्षेत्र १७,९६४ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले जिल्लाको पांचौं नम्बरमा आउने र धार्मिक रूपले आफ्नो बेग्लै पहिचान बोकेको नदीको रूपमा यसलाई लिइन्छ। यस नदीबाट बैज्ञानिक ढंगबाट नहर निकाली ६,००० हेक्टर जमीनमा नियमित रूपमा सिंचाई सुविधा उपलब्ध गराइएको छ। देशकै सबै भन्दा लामो पक्की पुल (७०३ मिटर) यसै नदीको अर्को विशेषता हो। मकर संक्रान्तिमा कन्काई नदीको विभिन्न ठाउँमा मेला लाग्ने गर्दछ। भू-क्षय नदीकटान यस नदीबाट हुने वर्षेनीका समस्या हुन्।
[सम्पादन गर्ने] राजनैतिक विभाजन
झापा जिल्लालाई ५ वटा संसदीय निर्वाचन क्षेत्र, १७ वटा इलाका, ३ वटा नगरपालिका र ४७ वटा गाविसहरूमा विभाजन गरिएको छ।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
|||||
|
|||||
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्
समाचार/ब्लगहरू मेचीनगर अनलाईन डटकम पूर्वेली टाईम्स माईझापा डटकम