अछाम जिल्ला
| अछाम जिल्ला | |
| अञ्चल: | सेती अञ्चल |
|---|---|
| सदरमुकाम: | मंगलसेन |
| क्षेत्रफल: | १,६८० वर्ग कि.मि. |
| जनसंख्या: | २,३१,२८५ (सन् २००१) |
| गाविस संख्या: | ६५ |
| नगरपालिका(हरू): | २ |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | २ |
| भौगोलिक अवस्थिति: | पहाड |
| सबै भन्दा अग्लो स्थान: | ४१६८ मिटर |
| सबै भन्दा होचो स्थान : | ५४४ मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री आदि |
| प्रमुख भाषाहरू: | नेपाली आदि |
| मानव विकास सूचाङ्क स्थिति: | - (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०९७ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
अछाम, नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेन्अबाट आठ घण्टा पैदल दुरीमा पर्दछ।
विषयसूची |
जिल्लाको नामाकरण [सम्पादन गर्ने]
अछाम नामाकरण सम्वन्धमा विभिन्न आधारहरू पाइन्छन्। यी मध्ये केही आधारहरू निम्न अनुसार छन।
पहिलो
अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अली ठूलो र कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नकोलागी माथिको जुन मुहानवाट पानी आउंछत्यसलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ। त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व-अछाम्म र अछाम भयो भनि एउटा मत निर्माण भएको पाइन्छ। (श्रोत : डा. राजाराम सुवेदी अछामको इतिहास)
दोस्रो :
डोटी जिल्लाको ब्राह्मण खानदानका गोपाल खतिवडाभट्ट भनिने का चार जना भाइ छोराहरू थिए। कान्छा छोरा प्रभाषका छोरा देवेन्द्र सँग प्रसिद्ध जुम्ली राजा अशोक मल्लकी छोरी हर्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे।पछि नौखुवा राज्यपाई नौखुवामै शासन गर्न थाले उनीवाट जन्मेका छोरा राजाहुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकाले उक्त अचम्म शव्द कालान्तरमा अपभ्रंस हुंदै अछाम कहलिन थालियो।
तेस्रो :
प्राचिन कालमा तत्कालिन मुगल सम्राज्यको चर्का दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भए। घुम्दै हिंड्ने क्रममा तिनीहरू नेपालको पश्चिमी क्षेत्रको नौखुवा - वर्तमान अछाम पुगे। त्यस ताका नौखुवा क्षेत्र प्रशस्त मिठो आँप पाईने क्षेत्रको रूपमा परिचित थियो। अनुकुल हावापानी र प्रशस्त मिठो आँप पाईने भएको कारण भारतीयहरू नौखुवामैं बसोवास गर्न थाले। हिन्दी भाषामा मिठो आँपलाई अच्छा आँप भनिने हुँदा उक्त शब्द पछि अपभ्रंश हुँदै अछाम कहलिन थाल्यो।
जिल्लाको इतिहास [सम्पादन गर्ने]
प्राचीनतम नेपालको इतिहास सँगसँगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ। नेपालको सुदुरपश्चिम विकास क्षेत्र अन्तर्गत सेती अंचलमा पहाडी जिल्लाको रूपमा रहेको अछाम जिल्लको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रहेको छ। प्राचीन कालमा हालको अछामलाई "नौखुवा"को नामले चिनिन्थ्यो। नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने वुझिन्छ। त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स-साना राज्यहरू संचालनमा रहेका थिए। नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रूपमा रहेको थियो। कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरूले शासन गर्नूपूर्व अछाममा पालहरूले शासन गरेका थिए। त्यसपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो। तत् पश्चात उनीहरूको शक्ति कम हुदै जादा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दू राज्यको रूपमा स्थापना भएको थियो। अछाम क्षेत्र मध्य कालमा बिकसित भएको खस सभ्यताको उद्गम स्थलको रूपमा रहेको थियो। (डा. राजाराम सुवेदी: अछामको इतिहास)
राणा कालमा अछामको कैलाश नदी पूर्वको भू-भाग दैलेख जिल्ला र पश्चिम तिरको भू-भाग डोटी जिल्ला अन्तर्गत रहेको थियो। त्यस समयमा अछाम डोटीमा खाद्यान्न आपुर्तिको प्रमुख केन्द्रको रूपमा रही आएको थियो। बि.स. २०१४ सालमा अछामका दुवै भाग मिलाएर डोटी अन्तर्गत राखिएको थियो। पछि जब वि.सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो अछाम पनि छुट्टै जिल्लाको रूपमा अस्तित्वमा आएको थियो। त्यस बखत अछालाई ३९ वटा गाउँ पञ्चायतमा विभाजित गरिएकोमा हाल अछामलाई ७५ वटा गा.वि.स. हरूमा विभाजित गरिएको छ।
अछामी राजाको मुलथलो बड्ढी (बुढो) अछाम अर्थात हाल सेरा गा.वि.स.को कवालेख भन्ने ठाउँमा थियो। त्यस पछि बान्नी गढी, पुनः कवालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ। मंगलसैनमा तत्कालीन समयमा बनेको भब्य दरवार २०५८ सालमा द्वन्दका क्रममा ने.क.पा माओवादीको आक्रमणमा ध्वस्त भई हाल अवशेष विहिन रूपमा रहेको छ।
भौगोलिक अवस्थिति [सम्पादन गर्ने]
- अक्षांश: २८.४५" उत्तर देखि २९.२३" उत्तर सम्म
- देशान्तर: ८१.२" पूर्व देखि ८१.३५" पूर्व सम्म
- समुद्र सतहबाट उचाई: ५४० मिटर देखि ३८२० मिटर सम्म
- क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
- सिमाना: पूर्वमा कलिकोट र दैलेख जिल्ला, पश्चिम- डोटी जिल्ला, उत्तर-बाजुरार बझाङ जिल्ला र दक्षिण- दैलेख जिल्ला
प्रमुख व्यापारिक केन्द्र [सम्पादन गर्ने]
साँफे, विनायक, कमलबजार, मंगलसेन, वयलपाटा, जयगढ, तुर्माखाँद, वुढावगर, चौरपाटी, ठाँटी, चौखुट्टे, गैरिटाड बजार,मुजाबगर , दर्ना र शान्तडा।
प्रमुख नदीहरू [सम्पादन गर्ने]
कर्णाली नदी, सेती नदी, बुढी गंगा (बृद्धगंगा), कैलाश खोला
प्रमुख पर्यटकिय स्थलहरू [सम्पादन गर्ने]
रामारोशन, बैधनाथ क्षेत्र (बैजनाथ, कालिमाटि)
प्रमुख खोलाहरू [सम्पादन गर्ने]
चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला आदि।
इमेल [सम्पादन गर्ने]
achham@yahoo.com
Website [सम्पादन गर्ने]
http://www.facebook.com/achham.farwestnepal
अछाम जिल्लाको प्रसाशनिक विभाजन [सम्पादन गर्ने]
अछाम जिल्लालाई दुई वटा सांसदीय क्षेत्रमा विभाजन गरिएको छ। हाल सरकारले गत आर्थिक बर्ष २०६७/६८मा मंगलसेन र साँफेबगर दुई वटा नगरपालिका घोषणा गरेको छ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||