गोरखा जिल्ला
| गोरखा जिल्ला | |
| अञ्चल: | गण्डकी अञ्चल |
|---|---|
| सदरमुकाम: | गोरखा |
| क्षेत्रफल: | ३,६१० वर्ग कि.मि. |
| जनसंख्या: | ३,२९,८४६ |
| गाविस संख्या: | ६६ |
| नगरपालिका(हरू): | गोरखा नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ३ |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
| सबै भन्दा अग्लो स्थान: | ८,१५६ मिटर |
| सबै भन्दा होचो स्थान : | ४८८ मिटर |
| प्रमुख जातिहरू: | बाहुन, क्षेत्री, मगर, गुरुङ, आदि |
| प्रमुख भाषाहरू: | नेपाली, मगर, गुरुङ भाषा आदि |
| मानव विकास सूचाङ्क स्थिति: | ६४ (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०६४ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | |
गोरखा नेपालको गण्डकी अञ्लमा अवस्थित एक जिल्ला हो। गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ।
विषयसूची |
धार्मिक[सम्पादन गर्ने]
यस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ।
ऐतिहासिक[सम्पादन गर्ने]
यहाँ वि. सं. १७७९मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारैं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन वलि पूजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि उहाँहरू हाम्रो आरध्यदेव हुनुहुन्छ।
भौगोलिक अबस्था[सम्पादन गर्ने]
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला। संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ। यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ। यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्। साथ्मा सौर् पानी गा बि स अन्रत्रगत् सिता गुफा पनि यक प्रक्रितिक गुफा जस बाट्ट धादिङ जिल्लाको सिनानामा रहेको आरुघाट बजारको नजिअ बुदिगन्ड्कि नदिको सागुको मौखमा रहेको सनो गुफा सन्ग जोदियको ६ भन्ने मन्तयता रहेको ६ साथमा राजा द्रव्य शाहको दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट यबम २२ कोट हरू रहेकाछन।
स्रोत[सम्पादन गर्ने]
|
|||||
यस जिल्लाको उत्तरि भेग म हिन्दुधर्मलम्बि हरूको प्रसिद श्री नरद पोखरि रहेको छ | हजारु भक्तजन हरू बर्सेनि यहा रछाबन्धन{जनि पुर्निमा}को दिनमा यहा स्नान् गर्नको लागि ३/४ दिन सम पैदल यात्रा गरि यह आइ रिशि नारादमुनिको पुजा गछन। लम्जुन्ग जिल्लाको सिमाना म अर्को पोखरि रहेको छ , जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिध छ। यस पोखरिको निकासको पानी आज चेपे नदि बनि गोर्खा र लम्जुन्गको सिमाना छुट्याइयको छ। नारद पोखरि बाट निकास भै आज गोर्खाको बिच भाज बाट दरौदि नदि रहेको छ । जस्सलाइ धर्मदि पनि भन्ने गरिन्छ। रमेश भट्ट