सप्तरी जिल्ला
| सप्तरी जिल्ला | |
| अञ्चल: | सगरमाथा अञ्चल |
|---|---|
| सदरमुकाम: | राजविराज |
| क्षेत्रफल: | १,३६३ वर्ग कि.मि. |
| जनसंख्या: | ६,३९,२८४[१] |
| गाविस संख्या: | ११४ |
| नगरपालिका(हरू): | राजविराज |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ७ |
| भौगोलिक अवस्थिति: | तराई |
| सबै भन्दा अग्लो स्थान: | मिटर |
| सबै भन्दा होचो स्थान : | मिटर |
| प्रमुख जातिहरू: | आदि |
| प्रमुख भाषाहरू: | मैथिली आदि |
| मानव विकास सूचाङ्क स्थिति: | (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: | ०३१ |
| प्रमुख जिल्ला अधिकारी: | |
| वेबसाइट: | ddcsaptari.gov.np |
| नेपालको प्रशासनिक विभाजन |
|---|
| यस शृङ्खलाको एक भाग |
| नेपाल पोर्टल हिमालय पोर्टल |
सप्तरी जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, सगरमाथा अञ्चलमा पर्ने जिल्ला हो। यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन्।
विषयसूची |
जिल्लाको संक्षिप्त राजनैतिक इतिहास [सम्पादन गर्ने]
१०९७ ई. तिर तिरहुत राज्यको राजधानी सिमरौनगढमा थियो। पछि यो राज्य दक्षिण भारतबाट आएका कर्नाटबशीं राजा नान्यदेवको नियन्त्रणमा आएको कुरा इतिहासकारहरूले मानेका छन् (Hasrat 1970 P,xxxiv)। तिरहुत भाषा र संस्कृतिको विकास र प्रभावलाई हेर्दा पूर्वतिर कमसेकम वर्तमान सप्तरी जिल्लासम्म तिरहुत राज्य फैलिएको हुनुपर्दछ। कर्नाटवंशी राजाहरूको तिरहुत राज्यमा १३२४ ई. सम्म नियन्त्रण रहेको देखिन्छ। सोही वंशका अन्तीम राजा हरिसिंह देव सिमरौनगढ छोडी काठमाडौं उपत्यका भाग्न बाध्य भए (मेची देखि महाकाली पृ.८१६ )
मुसलमानहरूको हकमा पछि यो क्षेत्र कुनै बलियो शासकको नपरेको र स-साना स्वतन्त्र रजौटाहरूको नियन्त्रणमा रहेको देखिन्छ। पाल्पाको राजा मुकुन्द सेनको पूर्वि तराइ विजय गर्ने अभियान अन्तर्गत उनकै कान्छा छोरा लोहाङ्ग सेनले वर्तमान सप्तरी जिल्ला वरिपरि हमला गरी कव्जा गरेका थिए। तर यस विजयको निश्चित मिति भने पत्ता लाग्न सकेको छैन। तर यस अवधिमा मुकुन्दसेन जिवितै रहेको हुँदा यो विजय ई. १५१८-१५५३को अवधिमा भएको हो भन्ने अनुमान छ (Ibid)।
राजा मुकुन्द सेनले आपुनो बुढेसकालमा आपुनो विशाल राज्यलाई छोरा नाति र भतिजाहरूलाई भाग लगाइ दिदा उनका कान्छा छोरा लोहाङ्क सेनको अधिनमा उनले जितेको भू-भाग पर्न गयो। लोहाङ्ग सेन पछि यिनका सन्तान बलियो राजा हुन सकेनन्। आपसि कलहले यो राज्य स-साना राज्यमा टुकि्रयो र एकपल्ट यस राज्यको एउटा ठूलो भू-भाग पूर्णियाको नवावको अधिनमा पर्न गएको थियो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण प्रारम्भ गर्नु भन्दा अघिसम्म कोशीदेखि पश्चिमको पर्सा जिल्लासम्म मकवानपुर राज्य शुभ सेनका छोरा नासिक सेन राजा थिए। अर्कोतिर कोशीदेखि टिस्टासम्मको विजयपुरको राजा शुभ सेनको छोरा महिपति सेन थिए।
विजयपुर राज्यका राजा महिपति सेन मरेपछि उनकै छोरा कामदत्त सेन राजा भए। तर कामदत्त सेन सफल राजा हुन सकेनन्। मन्त्री विचित्र राईले मानिक सेनका माहिला छोरा जगत सेनलाई विजयपुरको पनि राजा वनाए। जगत सेन निःसन्तान भएकोले यिनी पछि चौदण्डी सिरहा र सप्तरी इलाकाको राज्यमा यिनको भाइ बिक्रम सेन र ती पछि उनकै छोरा कर्ण सेन राजा भए (Ibid पृ.८१७०)।
यसै बखत गोरखाली फौज काठमाडौंको विजय पछि कोशी क्षेत्रको विजय गर्न पूर्वतर्पु लागिसकेका थिए। पृथ्वीनारायण शाहले वक्सी अभियान सिंह वस्न्यातलाई चौदण्डीमा अधिकार गर्न खटाए। तर किराँत प्रदेश विजय नभएसम्म दक्षिण बढनु उपयुक्त नठानी उनलाई मकवानपुरमा तयार भइ वस्न आदेश दिए। सरदार रामकृष्ण कुवंरको नेतृत्वमा गएको फौज फेब्रुअरी १७७३मा अरुणको किनारसम्म पुगेपछि १७ मे. १७७३मा पृथ्वीनारायण शाहले भारतको गभर्नर जनरल वारेन हेस्टिगलाई कामदत्त सेनलाई षडयन्त्र गरी हत्या गरेको र विजयपुर र अम्बरपुर वर्तमान सिरहा र सप्तरी माथि अबैध रूपमा अधिकार जमाई राखेको हँदा बृद्ध कर्ण राईसँग बदला लिन पठाउदै छु उक्त प्रदेश आपुनो कव्जामा लिनसके साविक बमोजिम नजराना पठाउने छु भन्ने व्यहोराको पत्र आपुनो वकीलहरूको हात दिई पठाए (बालचन्द्र शर्मा पृ. २०७-२०८)। तर उक्त पत्रको उत्तर प्राप्त हुनु अघि नै अभियान सिंह बस्न्यातको नेतृत्वमा गोरखाली फौज चौदण्डी विजयको लागि अगाडि वढ्यो। चौदण्डी र त्यसको तराइभाग जसमा सप्तरी र सिरहा पर्दछन् १६ जुलाई १७७३मा गोरखाली फौजको हात पर् यो र त्त्यहाको राजा कर्ण सेन भागेर मोरङ्ग आए।
उपर्युक्त २७ मे. १७७३को पत्रको नकारात्मक उत्तर प्राप्त नभएको र ३० अक्टोबर १७७३को पत्रमा गभर्नर जनरलले तपाईंले पठाएका पत्रका विषयमा आवश्यक कार्यवाही गर्नेछु (वावुराम आचार्य पृ.६०९) भन्ने लेखेकोवाट पृथ्वीनारायण शाहको आदेशमा अभिमान सिंह वस्न्यातले शत्रु पक्षमा राम्रो तयारी नभएको र मध्य वर्षादको यामपारी १७ जुलाई १७७४मा विजयपुर उपर हमलागरेर त्यो राज्य पनि आपुनो हात पारे। यो विजय पछि अङ्ग्रेजहरूको मित्रता कायम राख्न भनि विजयपुर र अम्बरपुर इलाकाबाट फौज हटाउन आग्रह गरे। तर गोर्खालीहरूले मकवानपुर आदिको विजयमा बुझाउदै आए झै यी इलाकाका विषयमा पनि मालगुजारी बुझाउन तयार भएकोले यी इलाका गार्खालीहरूको अधिकारमा आएर इष्ट इन्डिया कम्पनीलाई कुनै किसिमको हानी छैन भन्ने जवाफ दिए (Ibid पृ.६१४०)। यस प्रकार विवाद चल्दै रहे पनि चौदण्डी राज्यको मातहतमा रहेको सप्तरी इलाका सन् १७७३मा नेपाल अधिराज्यको एक भागको रूपमा गाभियो।
पछि १८१४ ई।मा इष्ट इन्डिया कम्पनीसँग लडाइको कतिपय कारणहरू मध्ये यी इलाकाहरू उपर कसको नियन्त्रण रहने भन्ने कुरा पनि देखिन आएको छ। २८ नोभेम्वर १८१५मा अङ्ग्रेजहरूले राखेको सन्धी प्रस्तावको शर्तमा यी तराइका प्रदेश उपर कम्पनिकै अधिकार मान्नु पर्ने र यस बापत नेपाललाई बार्षिक रु. २ लाख तिर्ने र औलोले ग्रस्त यो क्षेत्र आपुने नियन्त्रणमा लिई पछिसम्म किचंगल राखि बुद्धिमानी देखेनन् (बालचन्द्र शर्मा पृ. २७३-२७४)। यस प्रकार सन् १८१६ पछि मात्र वर्तमान सप्तरी जिल्ला र वरिपरिका तराई जिल्लाहरू नेपालको पूर्ण अधिकारमा आएको हो।
भौगोलिक अवस्था [सम्पादन गर्ने]
- अक्षांशः-२६.२५"उत्तरदेखि २६.४७" उत्तरसम्म
- देशान्तरः-८६.२८" पूर्वदेखि ८७.७" पूर्वसम्म।
- सिमाना:-पूर्व-सुनसरी जिल्ला तथा भारतको विहार राज्य, पश्चिम-सिरहा जिल्ला, उत्तर-उदयपुर जिल्ला र दक्षिण-भारतको विहार राज्य।
- क्षेत्रफल:-१,३६३ वर्ग किलोमिटर
- औषत लम्वाई:- ४३ किलोमिटर (पूर्वमा कोशी नदी देखि पश्चिममा बलान खोला सम्म)।
- औषत चौडाई:- ३२ किलोमिटर (उत्तरमा चुरे पर्वतको पानीढलो देखि दक्षिणमा भारतकॊ विहार राज्यको सुपौल तथा मधुबनी जिल्ला सम्म)।
भौगोलिक विभाजन [सम्पादन गर्ने]
यो जिल्ला महाभारत पर्वत श्रृफ्लाचारकोसे जंगल र उर्वरा तराईका भागहरू मिलि वनेको छ। यसको भौगोलिक वनावटलाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ :- १.उत्तरको पहाडको चुरे डुडा २. मध्यभागको भावर प्रदेश र ३. दक्षिणको समथर भूमि।
प्रशासनिक विभाजन [सम्पादन गर्ने]
यस जिल्लामा ११४ वटा गा.वि.स. १ वटा न. पा. १७ वटा इलाका तथा ५ वटा संसदीय निर्वाचन क्षेत्र पर्दछ।
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||