हँसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हँसिया
नेपालको मध्य पहाडमा प्रयोग गरिने हँसिया
अन्य नामहरू:आँसी
वर्गीकरण:काट्ने औजार
प्रकार:कचिया
खुर्पा
हँसिया

हँसिया लाई कचियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।

बनोट[सम्पादन गर्नुहोस्]

यो करौँतीका जस्ता दाँत भएको फलाम र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।

प्रयोग[सम्पादन गर्नुहोस्]

हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।

शम्भुनाथ, नेपालकी 'हसिया' धारण गरिरहेकी एक गाउँकी महिला
शम्भुनाथ, नेपालकी 'हसिया' धारण गरिरहेकी एक गाउँकी महिला

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]