हलो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बङ्गलादेशमा गोरुको सहायताले हलो जोतिरहेको किसान
परम्परागत रुपमा हलोको प्रयोग गरिदैँ आएको छ ।

हलो (अन्य नाम: फाली, अङ्ग्रेजी: Plough [UK], Plow [US])जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा खर-पतिङ्गर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन् । यी दबिएका खर पतिङ्गरहरू कुहिएर मलको रुपमा परिवर्तन हुन्छन् । जमिन जोत्नाले जमीनमा हवाको प्रवेश पनि हुन्छ जसले गर्दा जमीनमा आद्रता (चिसोपना) बनाइ राख्ने शक्ति बढ्छ । हलो गोरु जोत्दा गोरुले तान्ने काठ या फलामबाट बनाइएको औजार हो जसको टुप्पामा सियो अथवा फाली रहेको हुन्छ । हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ ।

हलाे जाेत्ने व्यक्तिलार्इ हली भन्दछन् । नेपालमा विशेष गरी गाेरु अथवा राँगाले हलाे तानेकाे पाइन्छ । धान राेप्ने खेतमा पहिलाे पटक जाेत्नुलार्इ बाँझाे मार्नु, दाेस्राे पटक जाेत्नुलार्इ राँटा मार्नु, तेस्राे पटक जाेत्नुलार्इ हिल्याउनु र चाैथाे पटक जाेत्नुलार्इ दाँदे लाउनु भनिन्छ । पाखा बारीमा डल्ला फुटाउन लिडुल्काे लाइन्छ । जुवामा लामाे डाेरी बाँधेर लिडुल्कामा अड्काइन्छ र त्यसमाथि हली चडेर गाेरु अथवा राँगा धपाएपछि थिचिएर डल्ला फुट्छ ।

भागहरू[सम्पादन गर्ने]

हलोको विभिन्न भागहरू

यो चित्रमा देखिएका हलोका विभिन्न भागहरूमा राखिएका सङ्ख्या तल क्रमबद्ध गरेर नामहरू राखिएका छन् । हलोको बनोट अनुसार हलोका भागहरूको बनोट पनि फरक फरक हुन्छन् ।

  1. जुवा
  2. हरिस
  3. अनौ
  4. जोतारो
  5. फाली
  6. हल्लुडो

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]