महेन्द्र राजमार्ग
एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकड भिठ्ठा (मेची नगर) देखि पश्चिम महेन्द्रनगर सम्म नेपाललाइ जोडने हालसम्म नेपालकै सबै भन्दा लामो यो राजमार्गको केन्द्र भाग तिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ । यसै चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्र बाट यो राजमार्गको २०२२ सालमा उदघाटन गरीएको थियो । हाल पूर्व देखि पश्चिमका नेपालीलाई एकसुत्रमा बाँध्न यो राजमार्गको अतुलनिय योगदान रहेको छ । यस राजमार्गको विकास संगै देशले ब्यापार बाणीज्यमा अतुलनिय बिकस गर्यो साथै राजमार्गको पूर्वदेखि पश्चिमसम्म बिभिन्न द्रुत गतिका बाणीज्य केन्द्र हरू विकास हुन सम्भव भए । तिब्र गतीमा विकास भैरहेका प्रमुख नेपाली शहरहरू मेचीनगर, दमक,इटहरी हेटौंडा, भरतपुर, बुटवल,महेन्द्रनगर तथा अन्य बजारहरू बिर्तामोड, लाहन, बर्दिबास, चन्द्रनिगाहपुर,निजगढ,पथलैया, रत्ननगर, कावासोती, बर्दघाट, लमही, कोहलपुर अतरिया लगायतको बिकस यसै राजमार्गमा चलेको गतिबीधीले बसाउन सम्भव भएको हो। यसै राजमार्गलाइ आधार बनाएर बिर्तामोड, इटहरी, लाहन, बर्दीबास, हेटौंडा,भरतपुर, बुटवल, गोरूसिङगे, भालुवाङ, लमही, कोहलपुर तथा अतरिया बाट प्रमुख उत्तर दक्षिण मार्ग हरू गएका छन ।
नेपालका अन्य प्रमुख राजमार्गहरू [सम्पादन गर्ने]
- त्रिभुवन राजपथ
- सिदार्थ राजमार्ग
- अरनिको राजमार्ग
- पृथ्वी राजमार्ग
- रत्न राजमार्ग
- वि.पी कोइराला राजमार्ग
- मेची राजमार्ग
- कोसी राजमार्ग
- कर्णाली राजमार्ग
- हुलाकी राजमार्ग
- मध्यपहाडी राजमार्ग
अन्य प्रमुख सडकमार्गहरू क्रमस [सम्पादन गर्ने]
- पोखरा बागलुंग सडक (भुपी शेरेचन राजमार्ग
- मुग्लीगं नारायणगढ सडक
- काठमाण्डौ त्रिसुली सडक
- आबुखैरेनी गोरखा सडक
- त्रिभुवननगर लिवागं सडक
- दांग सल्यान सुर्खेत सडक
- स्याउले दिपायल सडक
- तानसेन तम्घास सडक
- गोरूसिंगे सन्धीखर्क सडक
- शिवपुरी राष्ट्रिय निकुन्ज चक्रमार्ग
- त्रिसुली सोमदागं सडक
- कटारी वखलढुंग सडक (सिद्धिचरण राजमार्ग)
- खोडपे बझागं सडक
- सुर्खेत जाजरकोटसडक
- बेनी मुस्तागंसडक
- कैनडांडा चौर जाहरी सडक
- मुसीकोट सडक
- मनागं सडक
- भालुवागं प्युठान सडक