मैथिली भाषा
| मैथिली मैथिली maithilī |
|||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| बोलिने क्षेत्रहरू: | नेपाल, भारत | ||||||||||||||||||||||||||||||
| क्षेत्र: | दक्षिण एशिया | ||||||||||||||||||||||||||||||
| कुल प्रयोगकर्ता: | ४.५ करोड | ||||||||||||||||||||||||||||||
| श्रेणी | ४० | ||||||||||||||||||||||||||||||
| भाषा परिवार: | भारोपेली भारतीय-इरानी भारतीय-आर्य पूर्वी समूह बिहारी मैथिली |
||||||||||||||||||||||||||||||
| लिपी परिवार: | देवनागरी लिपी , कैथी लिपी , मिथिलाक्षर | ||||||||||||||||||||||||||||||
| Official status | |||||||||||||||||||||||||||||||
| राष्ट्र भाषा: | भारतको बिहार राज्य | ||||||||||||||||||||||||||||||
| Regulated by: | - | ||||||||||||||||||||||||||||||
| Language codes | |||||||||||||||||||||||||||||||
| ISO 639-1: | bh (बिहारी) | ||||||||||||||||||||||||||||||
| ISO 639-2: | mai | ||||||||||||||||||||||||||||||
| ISO 639-3: | mai
|
||||||||||||||||||||||||||||||
मैथिली मुख्य रूपमा भारतको उत्तरी बिहार र नेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो। यो प्राचीन भाषा समूह भारोपेली परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बंगाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट संबंध छ।
विषयसूची |
विकास[सम्पादन गर्ने]
प्राचीन मैथिलीको विकासको शुरूवात प्राकृत र अपभ्रंशको विकासहरूसँग जोडिन्छ।लगभग ७०० इस्वितिर यसमा रचना गर्नथलिएको पाइन्छ। विद्यापति मैथिली भाषाको आदिकवि र सर्वाधिक ज्ञात कवि थिए। विद्यापतिले मैथिली अतिरिक्त संस्कृत तथा अवहट्टमा पनि रचना गरेका थिएं। यो दुई यस्तो प्रमुख भाषां हो, जहाँ बाट मैथिलीको विकास भएको छ।
उपयोग[सम्पादन गर्ने]
लगभग ४ देखि ५ करोड मानिस मैथिलीका मातृ-भाषाको रूपमा प्रयोग गर्छन् र यसको प्रयोगकर्ता भारत लगायत विश्वका अन्य धेरै देशहरूमा फैलिएका छन्।
साहित्य[सम्पादन गर्ने]
मैथिली साहित्यको आफनै समृद्ध इतिहास रहेको छ र चौधौं तथा पन्ध्रौं शताब्दीका कवि विद्यापतिलाई मैथिली साहित्यमा सबैभन्दा माथिल्लो दर्जा प्राप्त छ। हाल डा. हरिमोहन झा र नागार्जुन मैथिली भाषाका प्रमुख लेखक मानिन्छन् |
भारतमा[सम्पादन गर्ने]
भारतको साहित्य प्रतिष्ठान द्वारा मैथिलीलाई साहित्यिक भाषाको स्थान, पण्डित जवाहर लाल नेहरूको समयदेखि प्राप्त छ। सन् २००३मा भारत सरकारद्वारा मैथिलीलाई भारतीय संविधानको आठौं अनुसूचीमा पनि समावेश गरिएको छ। र नेपालमा मैथलीलाइ नेपाली पछि, नेपालमा सबै भन्दा बढि बोलिने भाषा रष्ट्रियभाषा र नेपालको दोस्रो स्थानको भषा मनिएको छ। नेपालमा मुख्य छ जिल्लामा मैथली बोलिन्छ। सुन्सरी, सप्तरी, सिरहा, धनुषा,महोत्तारी र सर्लाही
|
|||||
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाहिरी कडीहरू[सम्पादन गर्ने]
अथवा यो हेर्नुहोस्