हिन्दी
नेपाली विकिपीडियाबाट
| हिन्दी हिन्दी, हिंदी Hindī |
||
|---|---|---|
| बोलिने क्षेत्रहरू: | भारत, नेपाल, फिजी | |
| क्षेत्र: | दक्षिण एशिया | |
| कुल प्रयोगकर्ता: | मातृभाषी: ३७ करोड दोश्रो भाषा: ५८ करोड कुल: ९५ करोड [१] |
|
| श्रेणी | ४० | |
| भाषा परिवार: | भारोपेली भारतीय-इरानी भारतीय-आर्य हिन्दी |
|
| लिपी परिवार: | देवनागरी लिपी | |
| Official status | ||
| राष्ट्र भाषा: | भारत, फिजी | |
| Regulated by: | केन्द्रीय हिन्दी निदेशालय (भारतमा मात्र)[२] | |
| Language codes | ||
| ISO 639-1: | hi | |
| ISO 639-2: | hin | |
| ISO 639-3: | hin | |
हिन्दी भारतको संबिधान अनुसार भारतको पहिलो राष्ट्र भाषा हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो । हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भुभागहरूमा बोलिन्छ । २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषा को मान्यात दिईएको थियो ।
चिनीया भाषा पछि हिन्दी विश्वमा सबैभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो । भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा ज्यादा मानिसहरू हिन्दी प्रयोग गर्दछन । फिजी, मौरिशस, गायाना, सूरीनाम तथा नेपाल का धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन ।
भाषाविदहरू हिन्दी तथा उर्दू भाषालाई एकै भाषा मान्दछन । हिन्दी देवनागरी लिपिमा लेखीन्छ तथा शब्दावलीहरू धेरै मात्रामा संस्कृत भाषा बाट आयात गरिएको हुन्छ । उर्दू नस्तालिक लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा फारसी तथा अरबी भाषाहरूको प्रभाव देखिन्छ । व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ । उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ ।
[परिवर्तन्] श्रोत
- ↑ श्रोत:[http://www.joshuaproject.net (१९९१)
- ↑ केन्द्रीय हिन्दी निदेशालय ले भारतमा प्रयोग हुने हिन्दी भाषा प्रयोग तथा देवनागरी लिपीको स्तर निर्धारण गर्ने काम गर्छ । श्रोत: केन्द्रीय हिन्दी निदेशालय: परिचय