भारतीय उपमहाद्वीप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतीय उपमहाद्वीपको भौगोलिक मानचित्र

भारतीय उपमहाद्वीप, एशियाका दक्षिणी भागमा स्थित एक उपमहाद्वीप छ। यस उपमहाद्वीपलाई दक्षिण एशिया पनि भनिन्छ भूवैज्ञानिक दृष्टिबाट भारतीय उपमहाद्वीपको अधिकांश भाग भारतीय प्रस्तर (या भारतीय प्लेट)मा स्थित छ, हुनत यसका केही भाग यस प्रस्तरबाट हटेर यूरेशियाई प्रस्तरमा पनि स्थित छन्।

परिभाषा[सम्पादन गर्ने]

स्वतंत्र देशहरू भयेको जमीनको एक ठुलो भू-भाग जस्ले दक्षिण एशियाको ठुलो भाग ओग्टेको छ “भारतिय उपमहाद्वीप” हो। शब्दकोशमा दिए अनुसार शब्द “उपमहाद्वीप”को मतलब हो कुनै खास महाद्वीपमा “एउटा छुटै भौगोलिक अथवा राजनैतिक स्वतंत्रता भयेको” अथवा भौगोलिक रूपमा मुख्य महाद्वीपको एउटा उपखण्ड। “भारतीय उपमहादेश” र दक्षिण एशिया एक अर्काका पुरक हुन। ई शब्द एक अर्काको ठाँउमा प्रयोगमा लिइन्छ। राजनैतिक गतिविधीले गर्दा “भारतीय उपमहाद्वीप” लाई कसै-कसैले “दक्षिण एशियाली उपमहादेश”, “भारत-पाक उपमहादेश” “उपमहादेश” अथवा मात्र “दक्षिण एशिया” भनेर सम्बोधन गर्छन। इतिहासविद् सुगाता बोस र आयेशा जलाल अनुसार “भारतीय उपमहाद्वीप” लाई “दक्षिण एशिया” हालमा भन्न थालियेको हो। इन्डलजिस्ट रनाल्ड बी. इन्डेनले तर्क गर्नुहुन्छ कि “दक्षिण एशिया” शब्द धेरै छिटो फैली रहेको छ र चल्तीमा छ र यसले साफ तवरमा पुर्व एशीयादेखी छुट्टै रहेको देखाउछ। केही संस्थानहरूको भनाई अनुसार युरोप र उत्तरी अमेरिकामा “उपमहाद्वीप” वा “भारतिय उपमहाद्वीप” भन्दा “दक्षिण एशिया” शब्दको प्रयोग धेरै छ।

दक्षिण एशियाको परिभाषा जस्तै “भारतीय उपमहाद्वीप”को भौगोलिक स्थितिको परिभाषा पनि धेरै प्रकारले दिइन्छ भू-चित्रण अनुसार दक्षिण एशियाको बीचको भू-भाग त्रिकोणीय छ हिरा जस्तै, यस्को उत्तरमा हिमालयले घेरेको छ र पश्चिमको भाग हिन्दु-कुश द्वारा घेरियेको छ, र पुर्वमा अराकनीले घेरेको छ, र दक्षिणका सबै भागहरू हिन्दमहासागरले घेरियेको छ। भू-राजनीतिक तवरमा, इतिहासमा यि सबै क्षेत्रहरू मिलेर एक विशाल भारत थियो जुन अब तीन वटा मुलुक बनेको छ भारत, पाकिस्तान र बंड्लादेश। १९४७ भन्दा पहिला इ तीनवटै मुलुकहरू मिलेर एक देश थियो जुन ब्रिटिश भारत भनाइन्थ्यो। यस्मा नेपाल, भुटान र द्वीपीय देश श्रीलंका र कहिले काही अफगानिस्तान र द्वीपीय देश मालद्वीपलाई पनि राख्ने गरिन्छ। यस क्षेत्रमा विवादीत क्षेत्र अक्साई चीनलाई पनि राख्न सकिन्छ, जुन ब्रिटिश भारतको क्षेत्र जम्मु-कश्मिरको भाग थियो, तर अब यस क्षेत्रमा, चीनको स्वायत्त क्षेत्र सिड्जियाडको शासन छ। राष्ट्र संघको स्टेट डिपार्टमेंट द्वारा १९५९मा प्रकाशित एक बुकलेटमा अफगानिस्तान, सिलोन (श्रीलंका) भारत, नेपाल र पाकिस्तान (त्यति बेला बंड्लादेश पनि पाकिस्तानको अंग थियो जुन पुर्व पाकिस्तान भनेर चिनिन्थ्यो) लाई “दक्षिण एशियाको उपमहाद्वीप” भनेर लेखेको थियो। जब भारतिय महाद्वीपलाई दक्षिण एशियाको रूपमा प्रस्तुत गरिन्छ तब, द्वीपीय देश श्रीलंका र मालद्वीपलाई कहिले काही यस्मा जोडिन्दैन, जब कि तिब्बत र नेपाललाई कहिले काही जोडिन्छ भने कहिले काही जोडिन्दैन।

भूगोल[सम्पादन गर्ने]

भौतिक भूगोल[सम्पादन गर्ने]

इस उपमहाद्वीपमा सामान्यतया भारत, पाकिस्तान, र बंगलादेश सम्मिलित गरिन्छन्; र नेपाल, भूटान, र श्रीलंकालाई पनि प्रायः सम्मिलित गरिन्छ, र कहिल्यै कभार अफगानिस्तानमालदिभ्स पनि सम्मिलित गरिन्छन्। यस क्षेत्रमा अक्साई चिनको विवादित क्षेत्र पनि छ जुन ब्रिटिश राजका रियासती राज्य जम्मू र कश्मीरको भाग थियो,मा वर्तमानमा चीनका शिंग्जियांग स्वायत्तशासी प्रान्तको एक भाग छ। जब कहिल्यै भारतीय उपमहाद्वीपको उपयोग दक्षिण एशियाका सन्दर्भमा गरिन्छ त यसमा कहिले काँही श्रीलंका र मालदीवलाई सम्मिलित गरिँदैन, जबकि नेपाल र तिब्बतलाई प्रेरणानुसार यसमा सम्मिलित गरे या गरिँदैन।

मानव भूगोल[सम्पादन गर्ने]

भौगोलिक रूपबाट, भारतीय उपमहाद्वीप एक प्रायद्वीपीय क्षेत्र छ जुन दक्षिण-मध्य एशियामा स्थित छ। यस क्षेत्रमा सम्मिलित सबै सातहरू देशहरूको कुल क्षेत्रफल ४४ ला ख वर्ग किमी छ, जुन एशियाई महाद्वीपको लगभग १०% या विश्वका भूमि क्षेत्रफलको २.४% छ। कुल मिलाएर यहाँ एशियाका ३४% (विश्वका १६.५%) मानिसहरू निवास गर्दछन् र यहाँ ठूलो संख्यामा विभिन्न जनसमूहहरूका मानिसहरू रह्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

अन्य वेबसाईट[सम्पादन गर्ने]