अक्साई चिन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

Erioll world.svgनिर्देशांक: 35°7′N 79°8′E / 35.117, 79.133

अक्साई चिन
China India western border 88.jpg
भारत - चीन पश्चिमी सीमामा अक्साई चिन दर्शित हो
Traditional Chinese 阿克賽欽
Simplified Chinese 阿克赛钦

अक्साई चिन या अक्सेचिन (उईग़ुर: ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻦ, सरलीकृत चिनिया: 阿克赛钦, आकेसैचिन) चीन, पाकिस्तानभारतको बिचमा तिब्बती पठारको उत्तरपश्चिममा स्थित एक विवादित क्षेत्र हो। यो कुनलुन पर्वतको ठीक तल छ।[१] ऐतिहासिक रूपमा अक्साई चिन भारतलाई रेशम मार्ग सँग जोडने कारण थियो र भारत र हजारौ सालदेखी मध्य एशियाको पूर्वी इलाका (जसलाई तुर्किस्तान पनि भनिन्छ) र भारतको बीच संस्कृति, भाषा र व्यापारको बाटो रहेको छ। भारतसँग तुर्किस्तानको व्यापार मार्ग लद्दाख़ र अक्साई चिनको बाटो हुदै काश्गर सहर जाने गर्द्थे।[२] १९५०को दशकदेखी यो क्षेत्र चीन क़ब्जामा छ तर भारत यसमा अपना दावा जनाउछ र यस जम्मु कश्मीर राज्यको उत्तर पूर्वी हिस्सा मान्दछ। अक्साई चिन जम्मु कश्मीरको कुल क्षेत्रफलको पांच औं भागको बराबर छ। चीनले यसलाई प्रशासनिक रूपमा शिनजियांग प्रांतको काश्गर विभागको कार्गिलिक जिल्लाको हिस्सा बनाएको छ।

नाम कि उत्पत्ति[सम्पादन गर्ने]

'अक्साई चिन' (ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻦ)को नाम उईग़ुर भाषा बाट आएको हो,, जो एक तुर्की भाषा हो। उईग़ुरमा 'अक़' (ﺋﺎق‎)को मतलब 'सफा' हुदछ[३] र 'साई' (ﺴﺎﻱ)को अर्थ 'घाटी' वा 'नदीको मैदान' हुदछ।[४] उईग़ुरको एक र शब्द 'चोअल' (ﭼﯚل) है, जसको अर्थ हुदछ 'वीराना' वा 'मरुभुमी', जसको पुरानो ख़ितानी भाषामा रूप 'चिन' ((ﭼﯩﻦ)) था।[५][६] 'अक्साई चिन'को नामको अर्थ 'सफेद ढुगे घाटीको मरुभुमी' निस्कन्छ।[७] चीनको सरकार यस क्षेत्रमा अधिकार जनाउनको लागी 'चिन'को मतलब 'चीनको सफेद मरुभुमी' निस्किन्छ, लेकिन अन्य मानिस यसमा विवाद गर्दछन।

विवरण[सम्पादन गर्ने]

अक्साई चिन एक धेरै ऊंचाई (लगभग ५,००० मीटर)मा स्थित एक नमकको मरुस्थल हो। यसको क्षेत्रफल ४२,६८५ किमी² (१६,४८१ वर्ग मील)को आसपास छ। भौगोलिक दृष्टिबाट अक्साई चिन तिब्बती पठारको भाग हो, र यसलाई 'खारा मैदान' पनि भनिन्छ। यो क्षेत्र लगभग निर्जन छ र यहाँ स्थायी बस्तीहरू छैनन। यस क्षेत्रमा 'अक्सेचिन' नामको ताल र 'अक्सेचिन' नामको नदी छ। यहाँ वर्षाहिमपात हुदैन किनकी हिमालय र अन्य पर्वत भारतीय मानसूनी हवा यहाँ आउनबाट रोकिदिन्छ।

भारत-चीन विवाद[सम्पादन गर्ने]

चीनले जब १९५०को दशकमा तिब्बतमा क़ब्जा गर्यो तब त्यहाको केही क्षेत्रमा विद्रोह भड़कियो जसबाट चीन र तिब्बतको बीचको मार्ग बिच्छेद हुने ख़तरा भएको थियो। चीनले त्यस समय शिंजियांग-तिब्बत राजमार्गको निर्माण गर्यो जो अक्साई चिनबाट निस्कन्छ र चीनको पश्चिमी तिब्बतसँग संपर्क राख्ने अर्को कारण दिन्छ। भारतको जब यो थाहा भयो तब उसले आफ्नो इलाका फिर्ता लिने कोशिस गर्यो। यो १९६२को भारत-चीन युद्धको एउट ठुलो कारण बन्यो। वह रेखा जो भारतीय कश्मीरको क्षेत्रलाई अक्साई चिनसँग अलग गर्दछ 'वास्तविक नियंत्रण रेखा'को रूपमा बुझिन्छ। अक्साई चिन भारतचीनको बीच चल रहे दो मुख्य सीमा विवाद मध्ये एक हो। चीनको साथ अन्य विवाद अरुणाचल प्रदेश सँग संबंधित छ।

यो पनि हेर्नु होस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Aksai Chin: China's disputed slice of Kashmir, CNN.com, Accessed 2007-07-23
  2. Foreign trade and commerce in ancient India, Prakash Charan Prasad, Abhinav Publications, 1977, ISBN 9788170170532
  3. Spoken Uyghur, Reinhard F. Hahn, Ablahat Ibrahim, University of Washington Press, 2006, ISBN 9780295986517, ... aq (n) 'white,', 'clear,' 'clean,' 'innocent' ...
  4. ﻳﯘﻟﻐﯘﻥ ﻟﯘﻏﻪﺕ (युल्ग़ुन उईग़ुर लुग़ात/शब्दकोष) - साई, ... ئى a river valley, riverbed, canyon, wadi ...
  5. ﻳﯘﻟﻐﯘﻥ ﻟﯘﻏﻪﺕ (युल्ग़ुन उईग़ुर लुग़ात/शब्दकोष) - चोअल, ... چۆل a desert, a wilderness (without vegetation), a deserted, uninhabited, desolate place ...
  6. ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻨﻤﯘ ﻳﺎﻛﻰ ﺋﺎﻗﺴﺎﻱ ﭼﯚﻟﻤﯘ؟ (अक़्साई चिन्मु या के अक़्साई चोअलमू?), ... ﺋﯘﻳﻐﯘﺭ ﺗﯩﻠﯩﺪﺍ ﺗﻪﻟﻪﭘﭙﯘﺯ ﻗﯩﻠﯩﻨﻐﺎﻥ ﺑﯩﺮ ﺑﻮﻏﯘﻣﻠﯘﻕ ﺳﯚﺯ "ﭼﯚﻝ" ﻧﻰ ﺧﺎﺗﯩﺮﯨﻠﻪﻳﺪﯨﻐﺎﻥ ﻳﯧﺰﯨﻘﻰ ﺑﻮﻟﻤﯩﻐﺎﭼﻘﺎ، "ﭼﯚﻝ" ﺩﯦﮕﻪﻥ ﺋﯩﺴﯩﻤﻨﻰ ﺧﯩﺘﺎﻱ ﺗﯩﻠﻰ "ﭼﯩﻦ"ﻏﺎ ﺋﯚﺯﮔﻪﺭﺗﯩﭗ ﺗﻪﻟﻪﭘﭙﯘﺯ ﻗﯩﻠﯩﭗ ﻳﻪﺭﻧﯩﯔ ﺋﯩﺴﻤﯩﻨﯩﻤﯘ، ﺑﯘ ﺯﯦﻤﯩﻨﻨﯩﯔ ﻛﯩﻤﮕﻪ ﺗﻪﯞﻩﻟﯩﻜﯩﻨﯩﻤﯘ ﺋﯚﺯﮔﻪﺭﺗﯩﭗ، ﺗﺎﺭﯨﺨﻘﺎ ﻳﯜﺯ ﻛﯧﻠﻪﻟﯩﺸﻰ، ﺋﯩﻠﯩﻢ ... "ﺋﺎﻗﺴﺎﻱ ﭼﯩﻦ " ﺩﯦﮕﻪﻥ ﺋﯩﺴﯩﻤﺪﯨﻜﻰ "ﺋﺎﻗﺴﺎﻱ" ﺩﯦﮕﻪﻥ ﺋﯩﺴﯩﻤﻨﻰ ﺩﯗﺭﯗﺳﺖ ﯞﻩ ﺗﻮﻏﺮﺍ ﺩﯦﺴﻪﻙ، ﺑﯘ ﺗﯧﺮﺭﯨﺘﻮﺭﯨﻴﯩﻨﯩﯔ ﺋﻪﺳﻠﻰ ﺋﯩﺴﻤﻰ "ﺋﺎﻗﺴﺎﻱ ﭼﯚﻝ" ﺗﻮﻏﺮﺍ ﯞﻩ ﺩﯗﺭﯗﺳﺖ ﺗﻪﻟﻪﭘﭙﯘﺯ ﻗﯩﻠﯩﻨﯩﺸﻰ ﻛﯧﺮﻩﻙ ('अक़्साई चिन'मा 'अक़्साई' त ठीक छ तर अगर असली मूल नाम सच कहा जाए तो 'अक़्साई चोअल' हो ... उईग़ुरको 'चोअल' शब्दको ख़ितानी भाषामा 'चिन' उच्चारित गरिन्थ्यो) ...
  7. The face of the earth: (Das antlitz der erde) Volume 1, Eduard Suess, Clarendon press, 1904, ... into the Aksai Chin, i.e. the White Desert, and towards the Yeshil Kul ...

बाहिरी सूत्र[सम्पादन गर्ने]