सुगौली सन्धि
सुगौली संधिमा हस्ताक्षर ब्रिटिश ईष्ट इण्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५मा भएको र यसको पुष्टि ४ मार्च १८१६ भएको थियो| यो सन्धि गरेर ब्रिटिशद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिंदा उब्जेको सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाली युद्धलाई समाप्त गरियो| संधिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नल प्यरिस् ब्राड्श थिए| संधिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो | यस अघि फ्रांसका कमाण्डरहरूलाई नेपाली सेनालाई तालीम दिने काममा लगाइन्थ्यो| यस संधिमा एक तिहाई भूभाग नेपालले गुमाउनु पर्यो | यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए| नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउ (वर्तमान उत्तराखण्ड), गडवाल(वर्तमान उत्तराखण्ड), सतलुज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांग्रा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू| तराई क्षेत्रका केही भागहरू सन् १८१६मा नेपाललाई फर्काइयो र सन् १८५७को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू सन् १८६५मा नेपाललाई फर्काइयो|
नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि इड्-वार्ड् गार्डनर् नैं प्रथम पश्चिमी प्रतिनिधि भए| उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्| सुगौली संधिलाई सँच्याउने अर्को "सदाको निम्ति शान्ति एवं मैत्री" सन्धि डिसेम्बर १९२३मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो| भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो|
विषयसूची |
[सम्पादन गर्ने] सुगौली संधिअघि
सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनिताल, कुमाउ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो| परन्तु वर्तमान कालमा यी क्षेत्र भारतका भूभाग पर्छन् |
[सम्पादन गर्ने] नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन
१. ब्रिटिश ईस्ट इन्डिया कम्पनीले संधिको मस्यौदा तारिक २ दिशम्बर १८१५ गर्यो जसमा लेफ्टिनेन्ट् कर्नल प्यारिस् ब्राडशाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिन भित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिंदै नेपाल पठाइयो| नेपाललाई ती शर्तहरू मंजूर थिएनन्, यस कारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन| त्यसपछि ब्रिटिश ईस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिंजाउनुका साथै सेनाको हलचल गरायो| राजधानीमा आक्रमण अपरिहार्य बुझेर संधिमा हस्ताक्षर गर्न बाध्य बन्यो|
२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्षर गर्न चाँहदैनथे| तर नेपाल बाध्य बन्यो- यसका शर्तहरू मान्न| पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिशको शिविरमा गई ४ मार्च १८१६ का दिन यस संधिमा हस्ताक्षर गरे|
३.नेपालले १५ दिने म्यादलाई लत्याएर ९३ औं दिनमा हस्ताक्षर गरयो| सन्धि सोही दिनदेखि लागू गरियो|
[सम्पादन गर्ने] संधिको वैधता
१. संधिको अनुच्छेद ९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाण युद्ध बिक्रमबाट यस्तो गरेको कुनै रिकर्ड छैन|
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो|
[सम्पादन गर्ने] सीमा विवाद
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ| १. संधिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ| लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि विवाद छ|यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस आदी चलिरहेका छन्| २. परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ | यस्ता ५४ वटा क्षेत्रहरू छन्| यिनमा कालापानी, लिम्पियाधुरा, सुस्ता, मेची क्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि हुन्|
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्
[सम्पादन गर्ने] बाहिरका लिंकहरू
[सम्पादन गर्ने] अङ्ग्रेजीमा पढ्नुहोस्
1816 in law, Treaties involving territorial changes, Treaties of Nepal, History of Uttarakhand, 19th-century treaties, British peace treaties Foreign relations of Nepal