सामग्रीमा जानुहोस्

गढवाल मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गढवालबाट अनुप्रेषित)
गढवाल अधिराज्य (टिहरी अधिराज्य)
गढवाल अधिराज्य
८८८–१९४९
गढवाल अधिराज्यको झन्डा
झन्डा
राजधानीदेवलगढ १५००-१५१९,
श्रीनगर-गढवाल १५१९-१८०४,
टिहरी १८१५-१८६२,
प्रतापनगर १८६२-१८९०,
किर्तीनगर १८९०-१९२५,
नरेन्द्र नगर १९२५-१९४९
आम भाषाहरूगढवाली, संस्कृत
धर्म
हिन्दू
सरकारराजतन्त्र
प्रिन्सली स्टेट (१८१५–१९४९)
महाराजा 
इतिहास 
• स्थापित
८८८
• विस्थापित
१९४९
पूर्ववर्ती
उत्तरवर्ती
स्वतन्त्र शासक
युनियन अफ इंडिया

गढवाल भारतको उत्तराखण्ड राज्यको पश्चिम क्षेत्रमा स्थित एक मण्डल हो । यो मण्डल पहिले एक स्वतन्त्र राज्य थियो, जुन भारतको स्वतन्त्रता पछि १९४९ मा भारतमा गाभिएको हो । गढवाल अधिराज्यमाथि राजपुत (पनवार) वंशको शासन थियो । यस अधिराज्यको स्थापना ८८८ ए०डी०मा भयेको थियो र यो राज्य गोर्खाली (नेपाली)ले यस अधिराज्यलाई नेपाल एकिकरण अभियानमा सामिल गरुन्जेलसम्म रहेको थियो । यस राज्यलाई गोर्खालीहरू द्वारा सन् १८०३ मा नेपाल अधिराज्यमा गाभेका थिए । पछि यो अधिराज्य सुगौली सन्धि अन्तरगत नेपालले अंग्रेजलाई दिनु पर्यो र अंग्रेजहरूले एउटा सानो हिस्सा गढवालको राजालाई फर्काइदिए जुन टिहरी गढवालको नामबाट पुनः स्थापित गरियो। पछि अंग्रेजले यस अधिराज्यलाई ब्रिटिश भारतको पञ्जाब पहाडी क्षेत्र (पञ्जाब हिल स्टेट एजेन्सी)मा सामिल गरी दिए, गढवाल अधिराज्यमा आजको टिहरी जिल्लाउत्तरकाशी जिल्लाको क्षेत्र सामेल थिए । सन् १९४९ मा गढवाल अधिराज्य भारत गणराज्यमा सामेल गरियो ।

प्राचीन इतिहास

सांस्कृतिक तवरमा यस क्षेत्रलाई केदारखण्ड, गढवालीहरूको घर भनेर हिन्दूहरूको कयौं ग्रन्थहरूमा उल्लेख छ । गढवाल अधिराज्यमाथि क्षत्रियहरूले शासन गरेका थिए । लगभग दोश्रो शताब्दी बी०सी० मा यहाँ कुनिन्द अधिराज्य थियो । पछि यो ठाँउ कत्युरी राजाको शासनमा पर्न गयो । कत्युरीहरूले एकिकृत कुमाउँ अधिराज्य र गढवालमाथि कत्युर उपत्यकाबाट शासन गरे । लगभग छैठौं शताब्दी ए०डी०मा यस ठाँउमा बैजनाथ, उत्तराखण्डको स्थापना भयेको थियो र ११औं शताब्दी ए० डी०मा लामाखेतका चन्द राजाहरूले कुमाउँलाई आफ्नो अधिनमा लियेको थिए । लगभग ६२९ ए०डी०मा चीनी यात्री ह्युन त्सांग जब यस ठाँउमा आएका थिए, त्यस बेला यस ठाँउको नाम ब्रह्मपुत्र अधिराज्य थियो । यो कुरा ह्युन सांगले उल्लेख गरेका छन् । गढवाल अधिराज्यको स्थापना ८२३ ए०डी०मा भएको थियो, जब मालवाको राजकुमार कनकपाल बद्रीनाथ दर्शनको लागि बद्रिनाथ मन्दिर गएका थिए तब उनको भेट चन्द्रपुर गढीको राजा भानु प्रतापसँग भयेको थियो । पछि राजा भानु प्रतापले आफ्नो एकमात्र छोरीको बिहे राजकुमार कनकपालसँग गरिदिए र आफ्नो अधिराज्य उसलाई सुम्पी दिएका थिए । कनकपाल र उनको वंश पनवार शाहले ५२ टुक्रामा फैलिएको स-साना गढीहरूलाई गढवाल अधिराज्यमा एकिकृत गरे र समुच्य गढवाल अधिराज्यमाथि ९१५ वर्ष सन् १८०४ सम्म शासन गरे।

मध्यकालिन इतिहास

सन् १३५८ मा ३७ औँ शासक अजय पालले आफ्नो शासनकालमा सबै स-साना क्षेत्रहरूलाई गढवालमा गाभे र गढवाल अधिराज्यलाई स्थापित गरे र यसको राजधानी देवलगढलाई बनाए । जुन पछि गएर श्रीनगरमा सारियो । बलभद्र शाह (१५७५ देखि १५९१) प्रथम राजा थिए जसले उपनाम “शाह” जोडे । महिपत शाहले अधिराज्यको राजधानी श्रीनगर, उत्तराखण्ड सारेका थिए । उनको मृत्यु १६३१ मा भयो र उनको सात वर्षे छोरालाई राज्यको उत्तराधिकारी बनाइयो र उनको पत्नी रानी कर्णावती द्वारा सत्ता सम्भालियो । उनले लामो समय अधिराज्यको बागडोर राम्ररी सम्भालनिन् । उनी आफ्नो राज्यमा आक्रमण गर्ने आक्रमणकारीहरूलाई नराम्रो तालमा परास्त गरेर पठाउने गर्थिन् । सन् १६४० मा नजाबत खानको सेनापत्यमा मुगल साम्राज्य द्वारा गरियेको आक्रमणलाई विफल पारि दिएकी थिइन् । पछि गयेर उनको नाम “नकटी रानी” भयो किनकी उनी आफ्ना दुश्मनहरूको नाक काटेर पठाउथिन् । उनको प्रतिमा अहिले सम्म देहरादुन जिल्लाको नवादामा स्थित छ । यस पछिको गढवाल अधिराज्यका महत्त्वपुर्ण राजा थिए फतेह शाह । उनी १६८४ देखि १७१६ सम्म रहे भंगनीको युद्घमा हिस्सा लिएकाले उनी धेरै प्रख्यात छन् । भंगिनीको युद्ध १८ सितम्बर १६८८ मा लडियेको थियो, जहाँ एका तिर शिवालिक पहाडका राजाहरू थिए भने आर्को तिर गोबिन्द सिंहको आर्मी थिए, यस युद्धमा फतेह शाहको हार भयो । उनकै बेलामा औरङ्गजेबको आश्रा पायेर सिख गुर र हर रायको जेठा छोरा राम राय यहाँ आएर बस्न थाले, उनिहरूले नै यहाँ देहरादुन शहर बसाउनमा अहम भूमिका खेले । फतेह साहको मृत्यु १७१६ मा भयो, र उनको छोराको मृत्यु एक वर्ष शासन गरे पछि अघिलो वर्ष १७१७ मा भइहाल्यो, त्यस पछि प्रदिप शाहले शासन सम्भाल्न थाले । सन् १७५७ मा रोहिल्ला आर्मी सँगै सहारनपुरको शासक नजिब-उद-दौलाले राज्यमाथि आक्रमण गरे र देहरादुनलाई आफ्नो आधिन गरे । १८०३ सम्म गढवाल र छिमेकी राज्य टिहरी अधिराज्यमाथि अन्य शाह वंशहरूले शासन गरे । सन् १८०३ मा गोर्खाहरूले गढवाल र कुमाँउ अधिराज्यमाथि आक्रमण गरे र दुबै अधिराज्यलाई नेपालमा गाभे । आक्रमणबाट बचेर प्रद्युमन शाह पहिला श्रीनगरबाट भागेर देहरादुन पुगे र पछि त्याहाँबाट भागेर सहारनपुर पुगे, त्याहाँ सन् १८०४ मा जब गोर्खाहरूले उनको भाइ प्रितम शाहलाई पक्रेर नेपाल लगे र गढवालका अन्य मन्त्रीहरूलाई तराईमा लखेटेको थिए त्यति बेलानै खुर्बुरा (देहरादुन)को लडाईंमा प्रद्युमन शाह मारिएका थिए । जब सम्म गढवाल र कुमाउँमाथि नेपालको शासन रह्यो त्यति बेला सम्म गढवालको अन्तिम शाह राजाको छोरा सुदर्शन शाह हरिद्वार नजिकज्वालपुरमा ब्रिटिश छत्र-छायामा रहे ।

टिहरी गढवाल अधिराज्यको स्थापना

[सम्पादन गर्नुहोस्]

सन् १८१४मा ब्रिटिशहरूले नेपालमाथि आक्रमण गरे र नेपाल-अङ्रेज युद्ध भयो, नेपाल – अङ्रेज युद्ध पाँच ठाँउबाट लडियो जसमा तीन ठाँउमा नेपालको जीत भयो र दुई ठाँउमा नेपालको हार भयो । त्यही हार स्वरूप नेपाल सुगौली सन्धिमाथि हस्ताक्षर गर्न विवश भयो र काली नदी भन्दा पश्चिमको सबै भू-भाग ब्रिटिश भारतमा विलय भयो मात्र गढवालको पश्चिमको हिस्सा शुदर्शन शाहलाई फर्काईयो र पश्चिम गढवालको नाम टिहरी राख्यो जुन पछि गयेर टिहरी गढवालको नामले प्रसिद्ध भयो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]