हरिद्वार
|
|
|
|
|
|
| Coordinates | 29°58′N 78°10′E / 29.96°N 78.16°E |
| Time zone | IST (UTC+5:30) |
हरिद्वार भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ। यो ठाउँ हिन्दू धर्मावलम्बीहरूका लागि निकै प्रसिद्व मानिन्छ। हिन्दू धर्मावलम्बीकी पवित्र पावनी गंगा नदी हरिद्वारमा नै अवस्थित छन्। यहाँ प्रत्यक १२ बर्षमा कुम्भ मेला लाग्दछ। यहाँ मनसा देवी,चण्डी देवी,दक्ष प्रजापति मन्दिर लगायत साना ठूला हजारौँ मन्दिरहरू छन्। साँझ पखको गंगा आरती निकै मन मोहक हुन्छ।यहाँबाट ऋषिकेश,देहरादुन ,मन्सुरी, बद्री नाथ,केदार नाथ,गंगोत्री,यमनोत्री जान नजीक पर्दछ।
विषयसूची |
भुगोल [सम्पादन गर्ने]
हरिद्वार शहर गंगा नदीको किनारामा करिब 24 कि.मी.को भू-भागमा फैलिएर बसेको छ। शहरको दुबै तिर "निल पर्वत" र "शिवालीक पर्वत" नामको पर्वत श्रृंखलाहरू छन्। शहर सँगै "राजाजी नेशनल पार्कको सिमाना जोडीएको छ।हरिद्वार शहरको नामले हरिद्वार जिल्लाको नामांकन गरिएको छ। हरिद्वार जिल्लाको सिमाना पूर्वमा बिजनौर जिल्ला,उत्तर र पश्चिमा क्रमशः देहरादून, पौडी र टिहरी दक्षिणमा सहारनपुर जिल्ला जिल्लाहरूसँग जोडिएको छ। यो शहर एक नदी तटिए शहर हो।
क्षेत्रीय बाँडफाँट [सम्पादन गर्ने]
हरिद्वार शहर करिब 10 किलोमिटरको क्षेत्रफलमा फैलिएको छ। यहाँ साना ठूला बजारहरू धेरै छन्। मुख्य रूपले हरिद्वार क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ।
पौराणिक नाम [सम्पादन गर्ने]
हरिद्वारको नाम बाट नै थाह हुन आउछकी यो "हरि" (भगवान)को "द्वार" (ढोका) हो। पवित्र पावनी गंगा नदी हिमालयबाट उद्धव भएर हरिद्वारमा प्रवेश गरेकी हुनाले यसलाई "गंगाद्वार" भनिन्छ।[१] हिन्दू धर्मका सबै ग्रन्थहरूमा हरिद्वारको वर्णन गरिएको पाइन्छ। हरिद्वारको दर्शन मात्रले स्वर्गको द्वार खुल्दछ। यस कारण यो ठाउँको नाम "स्वर्गद्वार" पनि रहेको छ।[२] हरिद्वार सप्तपुरीहरूमा एक हो। हरिद्वारलाई "मायापुरी" भनिन्छ।[३] यहाँ कुम्भ मेला लाग्ने भएकाले यस ठाउँलाई "कुम्भनगरी" पनि भनेर चिनिन्छ।
पर्यटन [सम्पादन गर्ने]
भारत सरकारले हरिद्वारलाई पर्यटकिय स्थल घोषणा गरेको छ।[४] यहाँका मुख्य पर्यटन स्थलहरू यस प्रकार रहेका छन्
- हरकी पैडी(ब्रह्म कुण्ड)
- मनसादेवी
- चण्डीदेवी
- शांतिकुञ्ज
- भिमगौडा
- दक्ष प्रजापति मन्दिर
- हरिहर आश्रम
यि लगायत यहाँ हजारौँ आश्रम तथा मन्दिरहरू रहेका छन्। प्रत्यक बर्ष शिवरात्री र श्रावणीमा लाग्ने कांवड मेलाका कारण हरिद्वार अँझ पर्यकहरूको मन जित्न सफल भएको छ।
औद्योगिक क्षत्र [सम्पादन गर्ने]
भारत हैवि इलोक्ट्रोनिक लिमिटेड (BHEL) जसलाई "भेल" पनि भनिन्छ यहाँको प्राचिन तथा ऐतिहासिक उद्योग केन्द्र हो।[५] यो लगायत सिडकुल र पतंजली योग पिठलाई पनि प्रमूख औद्योगिक केन्द्रमा लिइएको छ।
शैक्षिक संस्था [सम्पादन गर्ने]
प्रसिद्व "गुरुकुल कांगडी विश्व विद्यालय"यहाँको अंतराष्ट्रिय ख्याति प्रप्त विश्व विद्यालय हो।[६] यो लगायत संस्कृत विश्व विद्यालय र ऋषिकुल विद्या पिठलाई पनि यहाँको मुख्य शैक्षिक संस्थाको रूपमा लिइन्छ।
स्रोत [सम्पादन गर्ने]
हेर्नुहोस् [सम्पादन गर्ने]
|
||||||||||||||||||||||||||||||||||