ऋषिकेश
नेपाली विकिपीडियाबाट
ऋषिकेश हिन्दू धर्मावलम्बीहरूको एक मुख्य तिर्थ स्थानका साथै एक पर्यटकीय स्थल हो।यो स्थान भारतको उत्तराखण्डमा पर्दछ। यहाँबाट गढवाल मण्डलको यात्रा प्रारम्भ हुने भएकाले यो ठाउँलाई उत्तराखण्डको प्रवेस द्वार पनि भनिन्छ। ऋषिकेश तिर्थ स्थलका साथै भारतको एक प्रयटकिय क्षेत्र पनि हो।
[सम्पादन गर्ने] स्थिति
यो ठाउँ भारतको उत्तराखण्ड राज्य अन्तर्गत हरिद्वार शहर देखि 22 कि.मी.को दुरीमा अवस्थित छ। ऋषिकेशको भू-भाग आधा देहरादून जिल्ला, आधा टिहरी गढ़वाल जिल्ला र आधा पैडी गढ़वाल जिल्लामा बाँडिएको छ।
[सम्पादन गर्ने] पर्यटन
ऋषिकेशमा राम झुला, लक्ष्मण झुला लगायत विभिन्न धार्मिक स्थलहरू छन्। यहाँ गंगा स्नान गर्ने घाटहरू पनि छन्।