प्रान्त
नेपाली विकिपीडियाबाट
प्रान्त कुनै देश भित्रको एउटा यस्तो क्षेत्र हो जसलाई त्यो देशको केन्द्र सरकारले त्यो क्षेत्रमा शासन चलाउन मान्यता दियेको हुन्छ। प्रान्तको बिभाजन गर्दा केन्द्रले केही कुराहरूमा सहमति प्राप्त गरि सके पछि कुनै क्षेत्रलाई प्रान्त घोषित गरिन्छ। एउटा अलग्गै प्रान्त घोषित गर्दा केन्द्रले निम्न कुरामा ध्यान दिन्छ।
- कुनै पनि क्षेत्रलाई प्रान्त घोषणा गर्नु भन्दा पहिला त्यो क्षेत्रमा बसो बास गर्ने जनताको संख्या कति छ।
- त्यो क्षेत्रको भाषा
- त्यो क्षेत्रमा बसो बास गर्ने जाति
- त्यो क्षेत्रको संस्कृति तथा अन्य कुराहरूमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।
नेपालमा अहिले सम्म कुनै पनि क्षेत्रलाई प्रान्त घोषित गरियेको छैन किन भनें नेपालमा प्रान्तको व्यवस्था अहिले सम्म छैन तर नेपालमा पनि प्रान्त बिभाजनको मुद्दाहरू उठी रहेका छन र केन्द्रले प्रान्तको व्यवस्था गर्ने कुरामा छलफल गरि रहेको छ। नेपालमा नयाँ संबिधान बनी सके पछि प्रान्तको ब्यस्था हुन सक्छ। नेपालमा नयाँ प्रान्तहरूको लागि चर्चामा रहेका केही नामहरू:- मधेश प्रदेश, थारु प्रदेश, मगरात, लिम्बुवान, खम्बुवान, किरांत प्रदेश आदी।