माधवकुमार नेपाल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
माधवकुमार नेपाल

सन् २००८मा बोल्दै माधवकुमार

प्रधानमन्त्री
कार्यकाल
25 May 2009 – 6 February 2011
राष्ट्रपति : रामवरण यादव
अग्रज : पुष्पकमल दाहाल
अग्रज : झलनाथ खनाल

कार्यकाल
30 November 1994 – 12 September 1995
प्रधानमन्त्री : मनमोहन अधिकारी
अग्रज : गिरिजा प्रसाद कोइराला
अग्रज : प्रकाशचन्द्र लोहनी

कार्यकाल
30 November 1994 – 12 September 1995
प्रधानमन्त्री : मनमोहन अधिकारी
अग्रज : गिरिजा प्रसाद कोइराला
अग्रज : प्रकाशचन्द्र लोहनी

जन्म : (1953-03-06) 6 मार्च 1953 (age :Expression error: Unrecognised punctuation character "�".)


२००९ फागुन २३ [१]
गौर- ३, रौतहट जिल्ला[१]
राजनितिक दल : नेकपा (एमाले)
अध्ययन संस्था : त्रिभुवन विश्वविद्यालय
धर्म : हिन्दू
वेबसाइट : madhavnepal.com
माधवकुमार नेपाल

माधवकुमार नेपाल(जन्म विसं:२००९-११-२३)[१] नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्व प्रधानमन्त्री हुनुहुन्छ। यस भन्दा अघि पन्ध्र वर्ष सम्म उहा नेकपा (एमाले)का निवर्तमान महासचिव हुनु हुन्थो। नेपालमा, कहिलेकाहि माधवकुमार नेपालको छोटकरी माकुने भन्ने अर्को उपनामबाट बोलाईन्छ।

[सम्पादन गर्ने] प्रारम्भिक जीवनकाल

प्रजातन्त्र दिवसको समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल

माधवकुमार नेपालको जन्म विसं २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा एक उच्च ब्रामण कुलमा भएको हो। उहाँको पिताको नाम मगल कुमार उपाध्याय र आमाको नाम दुर्गा देवी उपाध्याय हो। उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ। गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. गर्नुभयो। २०२२ सालमा वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो। राजनीतिमा आउनु अघि उहाले बैकमा जागीर पनि खानुभयो।

तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो। २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौँ आउनुभयो। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव हुनु हुन्थो। उहाँमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी नेताको अनुभव पनि छ। उहाँ त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुनुहुन्छ। उहाँलाई नेपाली, हिन्दी मैथिलीअङ्ग्रेजी भाषाको राम्रो ज्ञान छ।

सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिनुभएको थियो। सन् १९९०मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद्राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य हुनुहुन्थ्यो। नेपाल सन् १९९३मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख हुनुहुन्थ्यो। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि हुनुहुन्थ्यो। नेपाल सन् १९९०मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१मा नेकपा (एमाले)को केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो। सन् १९७८मा उहाँ नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो। नेपाल सन् १९७६मा राजनैतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा पर्नुभएको थियो। उहाँ सन् १९७५मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य र १९७०मा वीरगञ्ज एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य हुनुहुन्थ्यो।

[सम्पादन गर्ने] भ्रमण

देशभित्र पचहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरूको समेत भ्रमण गरेका छन्।[१]


पूर्वाधिकारी
पुष्पकमल दाहाल
नेपालको प्रधानमन्त्री
२००९ देखि २०११
उत्तराधिकारी 
झलनाथ खनाल

[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा