आम निर्वाचन २०४८

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आम निर्वाचन २०४८ नेपालमा जनआन्दोलन २०४६ बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ प्रतिनिधि सभा सदस्यहरू निर्वाचित गरेको थियो।

नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते संसदको निर्वाचन भयो। जसमा नेपाली कांग्रेस बहुमतका साथ सत्तामा पुग्यो भनें उल्लेख्य सीट सहित नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्न पुग्यो। नेपाली जनता खुसी थिए। प्रजातान्त्रिक सरकारप्रति हाम्रा थुप्रै आशा, अपेक्षा थिए। वर्षौंको नियन्त्रित जीवनपछि अब नेपाली जनताले आफ्नो मालिक आफै भएको महसूस गर्न थाले। यो सरकार हाम्रो जीवनस्तर उकास्नका लागि थियो, हाम्रो देशलाई प्रगतिको मार्गतर्फडोर्यायउनका लागि थियो। नयाँ उत्साहले राष्ट्रलाई समेटेको थियो, नयाँ बाटो खुलेका थिए।

आमनिर्वाचन २०४८ सम्बन्धी केही तथ्य[सम्पादन गर्ने]

  • मिति २०४८ वैशाख २९ (Sunday, May १२, १९९१)
  • जम्मा उम्मेदवार संख्या (Total candidates Account) - १३४५ जना
  • कुल मतदाता - १,११,९१,७७७
  • जम्मा खसेको मत - ७२,९१,०८४ (६५.१५ %)
  • जम्मा सदर मत - ९५.५८ %
  • जम्मा वदर मत - ४.४२ %
  • जम्मा मतदान केन्द्र - ८२२५
  • जम्मा उपमतदान केन्द्र - ६५६४
  • निर्वाचन आयोगमा नाम दर्ता संख्या - ४७
  • मान्यता प्राप्त दल - ४४
  • उम्मेदवारी दर्ता दल - २६
  • उम्मेदवारी कायम दल - २०

सन्दर्भ सामग्री[सम्पादन गर्ने]