गोर्खाली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख गोर्खा ब्यक्ति समूहको बारेमा छ, अन्य विकल्पको लागि हेर्नुस: गोर्खा (बहुविकल्प)
हर्स गार्डस अवेन्युमा एक गोर्खाको प्रतिमा, जुन रक्षा मंत्रालयको बाहिर छ, वेस्टमिन्सटर सहर, लण्डनमा.

गोर्खाली वा गोरखाली (अंग्रेजी: Gurkha) नेपालमा बसो बास गर्ने बासिन्दा हुन। [१] यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री गुरु गोरखनाथबाट प्राप्त गरेका थिए। उनका शिष्य बप्पा रावलले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर मेवाड, राजस्थान (राजपुताना)मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर पुर्बतिर बढ्दै गये र गोरखामा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै नेपाल अधिराज्य स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७५ जिल्लाहरू मध्य एक हो। गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू नेपाली आर्मी भारतीय आर्मीको गोरखा रेजिमेन्टब्रिटिश आर्मीको गोरखा ब्रिगेजको लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई ब्रिटिश भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू।

ब्रिटिश भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरियेको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ सैम मानेकशाले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-

If a man says he is not afraid of dying, he is either lying or is a Gurkha.


अर्थात: "जुन ब्यक्तिले भन्छ कि मलाई मर्नुबाट डर लाग्दैन, उ ब्यक्ति कि त झुटो बोल्दैछ कि त गोर्खा हो।"

स्त्रोतहरू[सम्पादन गर्ने]

  1. "Gurkhas form the major population group in नेपाल