अरनिको
अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६)प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन्। पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए।
युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको। उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विस्व प्रसिद्द भए। अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए। वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र २४ जना नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ।
उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रीतधात बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ।
ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए। यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए। त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए। उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ। उनको मृत्यु सन् १३०६मा पहिलो महिनामा पेकिङमा भएको थियो।
|
|||||