धौलागिरी हिमाल
| धौलागिरी | |
|---|---|
| उचाई (अवनति) | ८,१६७ m (२६,७९५ ft) सातौं स्थान |
| आधारदेखिको उचाई | ३,३५७ m (११,०१४ ft) [१] |
| प्रमुख शिखर | K2 |
| सूचिकरण | आठ-हजारी Ultra |
| अवस्थिति | |
| श्रृङ्खला | धौलागिरी हिमाल |
| निर्देशांक | 28°41′54″N 83°29′15″E / 28.69833°N 83.4875°E} |
| आरोहण | |
| प्रथम आरोहण | May 13, 1960 by a Swiss/Austrian team |
| सबभन्दा सजिलो आरोहणमार्ग | उत्तर-पूर्वी चट्टानी बाटो |
धौलागिरी (वा धवलागिरी) संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरी हिमश्रृङ्खलाको पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा काली गण्डकीको गहिरो गल्छिको अर्कोपट्टि अन्नपुर्ण हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
[सम्पादन गर्ने] उल्लेखनीय आकृति
सन् १८०८मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल नदी नजीकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रूपमा लिइन्छ।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
- ↑ Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||||
