गुराँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुराँस
Rhododendron ponticum
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Rhododendron

Subgenera [१]

गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड (decidious) वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा ललि गुरास खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

प्रजातिहरू[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

विश्वमा गुराँसका ३२ प्रजातिहरू पाइन्छन्। यसमध्य नेपालको तेह्रथुम,ताप्लेजुङ र संखुवासभाको संगम स्थलमा रहेको तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा २८ प्राजातिका गुराँस पाईन्छ।[२]

ग्यालरी[सम्पादन गर्नुहोस्]

लाली गुराँसको एक चित्र
लाली गुराँसको एक चित्र

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]