नेपाली सेना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपाली सेना
Roundel of Nepal.svg
नेपाली सेनाको झण्डा
सक्रिय सन् १७६८ - वर्तमान
देश: नेपाल Republic of Nepal
Allegiance नेपाल सरकार
प्रकार: सेना
आकार: 105,000
मुख्यालय: काठमाडौं
सहभागिता: Battle against Mir Kassim 1763
Battle of Pauwa Gadhi against Captain Kinloch, 1767
Anglo-Nepal War 1814 AD
First Nepal - Tibet War
Nepal-Tibet/China War
Last Nepal-Tibet War
Nepalese Civil War
सेनापति:
Current
commander
महारथी छत्रमानसिंह गुरुङ
सम्झनलायक
सेनापतिहरू:
Jang Bahadur Rana

Prithvi Narayan Shah the Great

विषयसूची

[सम्पादन गर्ने] इतिहास तथा परिचय

नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो यौटा बलियो सैनिक संगठन बिना एकिकरण संभव हुनै सक्दैनथ्यो। तसर्थ सैनिक संरचनाको विकासका लागि बाहीरबाट हतियार तथा प्रविधी भित्रयाइ गोर्खामा सेना संगठित गरियो। गोर्खाली फौजले नुवाकोट तथा सन १७४४मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाई शाही नेपाली सेनको रूपमा चिनिन थालियो। तिनीहरूको वीरता, स्वामी भक्ती तथा साधारणपना बाट शत्रु पनि प्रभावित हुन थाले। शाही नेपाली सेना सँग लडेको लडाईंमा उनीहरूको वीरता बाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डीय कम्पनीले पनि आफ्ना सेनामा नेपाली भर्ती शुरू गर्‍यो, जुन अहिले सम्म गोर्खाली सेनाको रूपमा कायम छ। बेलायतीहरू तिनलाई ग्रुखाज भन्ने गर्दछन। अझै सम्म कतै केही गलत बुझाइ छ कि शाही नेपाली सेना बेलायती तथा भारतीय गोर्खा सेनाको हिस्सा हो जबकी भारत अथवा बेलायतमा रहेका गोर्खाली फौज बिदेशी सैनिक संगठनका हिस्सा हुन जसमा नेपाली युवालाई भर्ती गर्ने गरिन्छ। र शाही नेपाली सेना नै (सक्कली गोर्खाली फौज) हो, नेपालको राष्ट्रिय सेना हो जुन देश १७४४ देखि स्वतन्त्र, सार्बभौम तथा रहिरहेको छ जाँहा कहिले पनि कुनै पनि औपनीवेशिक शक्तिलाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठूलो सफलता रहेको छ। नेपाली सेनाको सञ्चालन तथा शुरूवात बडामाहाराज पृथ्वीनारायण शाह बाट भएको थियो।

नेपाली सेना दक्षिण एशियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवातसँगै बन्न शुरूभएको थियो। यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनशक्ती रहेको छ। नेपालमा मावोवादी विद्रोहको सुरूवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल ससस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल ससस्त्र बन रक्षक फोर्समा पनि जाने गर्दछन। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पूर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्म हरू देशका सबै भागमा रहेका छन। नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्धन्द बाहेक का बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देशका प्राय सबै भागमा रहेका छन, त्यसै गरी राष्ट्रीय सम्पत्ति (बिद्युत, टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य विकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागि यो शक्ति नेपालको मेरू दण्ड नै हो।

[सम्पादन गर्ने] संगठन संरचना

नेपालको अन्तरिम संबिधान २०६३ का अनुसार नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ।

[सम्पादन गर्ने] सुप्रीम कमान्ड

नेपालको अन्तरिम संबिधान २०६३को धारा १४४ले राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपतिको रूपमा मानेको छ।

[सम्पादन गर्ने] राष्ट्रीय सुरक्षा परिषद

२०६३को संबिधान अन्तरिम अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री र प्रधानमन्त्री द्वारा मनोनित अन्य ३ जना मन्त्रि रहेको सुरक्षा परिषद रहने छ जस्को सिफारीसमा राष्ट्रपतिबाट नेपाली सेनाको परिचालन गरिने उल्लेख छ।

[सम्पादन गर्ने] तह

  • परमाधिपति:"ग्रान्ड" "कमान्डर इन चिफ Commander in Chief"।
  • प्रधान सेनापति: "मुख्य जर्नेल" तर अंग्रजीमा चिफ अफ आर्मी स्टाफ "Chief of the Army Staff" भनिने
  • रथी Lieutenant General
  • उपरथी Major General
  • सहायक रथी Brigadier General
  • महासेनानी Colonel
  • प्रमूख सेनानी Lieutenant Colonel
  • सेनानी Major
  • सह-सेनानी Captain
  • उपसेनानी Lieutenant
  • सहायक सेनानी Second Lieutenant
  • प्रमूख सुवेदार Subedar Major
  • सुबेदार
  • जमदार
  • हुद्दा
  • अमल्दार
  • प्युठ
  • सिपाही

[सम्पादन गर्ने] एकिकरण अभियानका लडाईं

नेपाली सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाईं लड्यो जसको फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपालीले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाईंहरू बाट पनि अनुभव अनुशासन तथा रणकौसलता सिक्दै गयो।

[सम्पादन गर्ने] देश भित्र रक्षाका लागि लडिएका

[सम्पादन गर्ने] वाह्य युद्धमा संलग्नता

[सम्पादन गर्ने] अन्तराष्ट्रीय शान्ती स्थापनार्थ परिचालन

नेपाली सेनाको संयुक्त राष्ट्र सङ्घिय शान्ती स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ। यसको शुरूवात पाँच सैनिक पर्यवेक्षकको मध्यपूर्वको लेवनान (UNOGIL/ United Nations Observer Group in Lebanon)मा १९५८को खटन पछि भएको हो। पहिलो शान्ती सैनिक टोलीको रूपमा १९७४मा इजिप्टको सिन्हाइमा पुरानो गोरख गणको तैनाथी पछि सुरूवात भएको हो। नेपालले सं.रा. सङ्घ शान्ती सेनामा सहभागिता जनाउन लागेको ५० वर्ष नाघीसकेको छ हाल सम्म ६२ हजार नेपाली सैनिकले राष्ट्र सङ्घिय अभियानमा सेवा गरिसकेका छन। नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिसन र भुमिका उल्लेखनीय छन। नेपाली सेनाले फोर्सकमान्डर, बिशेष सैनिक अधिकृत तथा सैनिक पर्यवेक्षक का महत्वपूर्ण भुमिका दक्षता साथ पुरा गरेको छ।

नेपाली सेनाले केही अत्यान्त विकट र प्रतिकुल स्थानमा समेत शान्ती स्थापनार्थ ठूलो भुमिका निभएको छ खासगरी युद्धग्रस्त अफ्रिकी देशहरूको अमनचैन कायम गर्न तथा स्थानीय स्तरमा पुर्याइरहेको भुमिका सरहानिय रहेको छ। आफ्नो जिउज्यानको बाजी लगाएर पनि नेपाली सैनिकहरू संयुक्त राष्ट्रसंघिय अभियानमा दक्षता पूर्वक लागि रहेका छन। हाल सम्म विभिन्न मिसनमा गरी ५४ सैनिकहरू संयुक्त राष्ट्रसंघ शान्ती स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू भएका छन भने ५७ नेपाली सैनिकको अंगभंग भएको छ।

नेपाली सेनाले भाग लिइरहेका प्रमुख मिसन

[सम्पादन गर्ने] आन्तरिक द्धन्द तथा गडबडी

  • खम्पा निससस्त्रीकरण - 1974

सन १९७४मा नेपाली भूमी प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध (खम्पा बिद्रोह) शुरू गरे। तिनीहरूले उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकार तथा अन्तराष्ट्रीय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो। ९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिटहरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनीहरूलाई आत्म समर्पण गर्न समय सिमा तोकी दिए। हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे। पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट डोटीमा मारिए। यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा यती ठूलो संख्यामा परिचालन भएको थियो

  • नेपाली माओवादी जनयुद्ध

सन २००१मा शाही नेपाली सेना मावोवादी शक्ति विरूद्ध परिचालीत भयो, थुप्रै लडाईं तथा अपरेसन का बेलामा सेना मानव अधिकार उलंघनका घटनामा पनि मुछीयो। खास गरी पूर्व प्रधान सेनापतिहरू प्रजव्ल सम्शेर राणा तथा प्यार जंग थापाको कालमा माथिल्ला सैनिक नेतृत्व समेत विवादीत रह्यो

[सम्पादन गर्ने] अमेरीका/नेपाल सैनिक संबध

अमेरीका नेपाल सैनिक संबध प्रजातन्त्रीक संस्थाको सहयोग (नागरीक नियन्त्रीत सैनिक ) पेसेवर सैनिक विकासमा अधारीत छ। अमेरीका सेनाले मानव अधिकारको सम्मान गरेको हेर्न चाहान्छ। दुबै देशको हाल सम्पर्क शुत्रको पनि राम्रो विकास भएको छ। नेपाली सेनाका टोली हरूले हाइटी, इराक तथा सोमालीयामा अमेरीकी सेना संगै अपरेसनमा भागलिए यसले पनि दुई सेनाको संबधलाई अझ बलीयो बनाएको छ अमेरीकाले केही हतियार सैन्य साहयता बाहेक नेपाली सेनालाई शान्ती स्थापना कार्यका लागि चाहिन सक्ने कमान्ड एन्ड जनराल स्टाफ, यु एस सैनिक वार कलेज तथा इनहयान्स इन्टर नेसनल पिसकीपीङ क्यापबिलिटीज लगायतका थुप्रै तालीम दिदै रहेको छ। अमेरीकी सेना का एसीया प्यासीफिक क्षेत्रका कमान्डर इनचिफले नेपालसंगको सैन्य संबधलाई हेर्ने जिम्मेवारी पुरा गर्छन।

[सम्पादन गर्ने] तथ्याङ्क

सैनिक साखा हरू: नेपाली सेना (includes नेपाली सैनिक विमान सेवा),नेपाल ससस्त्र प्रहरी बल नेपाल प्रहरी

सैनिक जनशक्ती – सैनिक उमेर: 17 वर्ष

सैनिक जनशक्ती - उपलब्धता:
पुरूष तथा महिला उमेर 15-49: 6,674,014 (2003 est.)

सैनिक जनसक्ती – सैनिक सेवाका लागि दक्ष:
पुरूष तथा महिला उमेर 15-49: 3,467,511 (2003 est.)

सैनिक जनशक्ती- वार्षीक उत्पादन:
महिला तथा पुरूष: 303,222 (2003 est.)

सैनिक खर्च – अमेरीकी डलरमा: $57.22 million (FY02)

सैनिक खर्च - जि.डि.पिको प्रतिशत: 1.1% (FY02)

[सम्पादन गर्ने] गोर्खाली Gurkhas

नेपाल गोर्खाली सेनाका लागि पनि प्रशिद्ध छ गोर्खाली नेपालीको दोस्रो नाम जस्तै हो। जुन नेपालका विभिन्न जाती जनजातीलाई सम्बोधन गर्ने गरिन्छ। अंग्रेज नेपाल युद्ध भएपछी दुबै एक अर्का बाट प्रभावीत हुन पुगेपछी नेपालीलाई बेलायती सेनामा भर्ना गर्न थालियो खास गरी उनीहरूको बाहदुरी र सोझो पनलाई देखेर, १९४७मा भारत स्वतन्त्र हुदा पनि केही गोर्खाली सेना बेलायतीले लगी केही भारतमा छोडेर अन्तमा नेपाल, बेलायत तथा भारत त्रिपक्षीय सैनिक सन्धी मिलाइयो। हाल पनि बेलायती तथा भारतीय सेनामा उल्लेख्य संख्यामा गोर्खाली सेना रहेको छ। गोर्खाली (नेपाली) सेना बाहदुरी का साथै उनी हरूले बोक्ने हतियार खुकुरीका कारणले पनि प्रशिद्ध छन।

[सम्पादन गर्ने] यिनीहरू पनि हेर्नुहोस्:

[सम्पादन गर्ने] अतिरिक्त लिंकहरू

[सम्पादन गर्ने] References

ढाँचा:CIA WFB 2003

,,

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा