नेपाली सेना

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपाली सेना
गोर्खाली सेना
Roundel of Nepal.svg
नेपाली सेनाको झण्डा
सक्रिय: सन् १७६८ - वर्तमान
देश: नेपाल नेपाल
सम्लग्नता: नेपाल सरकार
प्रकार: सेना
सङ्ख्या: १,०५,०००
मुख्यालय काठमाडौं
सम्लग्नता: मिरकाशिम विरूद्धको लडाईं - सन् १७६३
कप्तान किनलोक विरूद्ध पौवागढीको युद्ध- सन् १७६७
नेपाल अंग्रेज युद्ध
पहिलो नेपाल तिब्बत युद्ध
नेपाल –तिब्बत /चीन युद्ध
अन्तीम नेपाल तिब्बत युद्ध
नेपालको गृहयुद्ध(जनयुद्ध/सशस्त्र युद्ध)
कमाण्डर
बर्तमान
कमाण्डर
महारथी गौरव शमशेर राणा
उल्लेखनीय
कमाण्डर(हरू)
जंगबहादुर राणा

पृथ्वीनारायण शाह

नेपाली सेना नेपालको राष्ट्रिय सेना हो ।

इतिहास तथा परिचय[सम्पादन गर्ने]

नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो एउटा बलियो सैनिक संगठन बिना एकिकरण संभव हुनै सक्दैनथ्यो। तसर्थ सैनिक संरचनाको विकासका लागि बाहीरबाट हतियार तथा प्रविधी भित्रयाइ गोर्खामा सेना संगठित गरियो। गोर्खाली फौजले नुवाकोट तथा सन १७४४मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाई शाही नेपाली सेनाको रूपमा चिनिन थालियो। तिनीहरूको वीरता, स्वामी भक्ती तथा साधारणपना बाट शत्रु पनि प्रभावित हुन थाले। शाही नेपाली सेना सँग लडेको लडाईंमा उनीहरूको वीरता बाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डीया कम्पनीले पनि आफ्ना सेनामा नेपाली भर्ती शुरू गर्यो, जुन अहिले सम्म गोर्खाली सेनाको रूपमा कायम छ। बेलायतीहरू तिनलाई गुर्खाज भन्ने गर्दछन। अझै सम्म कतै केही गलत बुझाइ छ कि शाही नेपाली सेना बेलायती तथा भारतीय गोर्खा सेनाको हिस्सा हो जबकी भारत अथवा बेलायतमा रहेका गोर्खाली फौज बिदेशी सैनिक संगठनका हिस्सा हुन जसमा नेपाली युवालाई भर्ती गर्ने गरिन्छ। र शाही नेपाली सेना नै (सक्कली गोर्खाली फौज) हो, नेपालको राष्ट्रिय सेना हो जुन देश १७४४ देखि स्वतन्त्र, सार्बभौम तथा रहिरहेको छ जाँहा कहिले पनि कुनै पनि औपनीवेशिक शक्तिलाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठूलो सफलता रहेको छ। नेपाली सेनाको सञ्चालन तथा शुरूवात बडामाहाराज पृथ्वीनारायण शाह बाट भएको थियो।

नेपाली सेना दक्षिण एशियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवातसँगै बन्न शुरूभएको थियो। यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनशक्ती रहेको छ। नेपालमा माओवादी विद्रोहको सुरूवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल सशस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल सशस्त्र बल रक्षक फोर्समा पनि जाने गर्दछन। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पूर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन। नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्वन्द बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देशका प्राय सबै भागमा रहेका छन, त्यसै गरी राष्ट्रिय सम्पत्ति (बिद्युत, टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य विकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो।

संगठन संरचना[सम्पादन गर्ने]

नेपालको अन्तरिम संबिधान २०६३ का अनुसार नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ ।

सुप्रीम कमान्ड[सम्पादन गर्ने]

नेपालको अन्तरिम संबिधान २०६३को धारा १४४ले राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपतिको रूपमा मानेको छ।

राष्ट्रिय सुरक्षा परिषद[सम्पादन गर्ने]

२०६३को संबिधान अन्तरिम अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री र प्रधानमन्त्री द्वारा मनोनित अन्य ३ जना मन्त्रि रहेको सुरक्षा परिषद रहने छ जस्को सिफारीसमा राष्ट्रपतिबाट नेपाली सेनाको परिचालन गरिने उल्लेख छ ।

तह[सम्पादन गर्ने]

एकिकरण अभियानका लडाईं[सम्पादन गर्ने]

सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाईं लड्यो जसको फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपालीले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाईंहरू बाट पनि अनुभव अनुशासन तथा रणकौसलता सिक्दै गयो। एकीकरण अभियानका सुरुवात कर्ता गोर्खाका राजा पृथ्वीनारायण शाह हुन्। उनले पहिलो पटक वि सं. १८०० मा पहिलो पटक नगरकोटमा आक्रमण गरेर एकीकरण अभियान सुरु गरे, यो वि सं १८०० को आक्रमण विफल भएको थियो। यसरी सुरु भएको अभियान लाई उनका छोरा बहादुर शाह, जेठो छोराका श्रीमती रानी रत्नराज्यलक्ष्मी तथा अरु सेनापती र मुख्तियारहरुले जारी राशी नेपालको सीमा पुर्वमा टिस्टा र पश्चिममा काँगडा पुगेको थियो। यो भुमी अब मात्र मेची देखि महाकाली सम्म सिमित भयो जब व्रिटिश इस्ट ईन्डिया(बेलायत)ले आक्रमण गरि युद्धमा जित हात पारी ४०,००० वर्ग किलोमिटर जमिन माथी कब्जा गर्यो ।

देश भित्र रक्षाका लागि लडिएका[सम्पादन गर्ने]

वाह्य युद्धमा संलग्नता[सम्पादन गर्ने]

अन्तराष्ट्रिय शान्ती स्थापनार्थ परिचालन[सम्पादन गर्ने]

नेपाली सेनाको संयुक्त राष्ट्र सङ्घिय शान्ती स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ। यसको शुरूवात पाँच सैनिक पर्यवेक्षकको मध्यपूर्वको लेवनान (UNOGIL/ United Nations Observer Group in Lebanon)मा १९५८को खटन पछि भएको हो। पहिलो शान्ती सैनिक टोलीको रूपमा १९७४मा इजिप्टको सिन्हाइमा पुरानो गोरख गणको तैनाथी पछि सुरूवात भएको हो। नेपालले सं.रा. सङ्घ शान्ती सेनामा सहभागिता जनाउन लागेको ५० वर्ष नाघीसकेको छ हाल सम्म ६२ हजार नेपाली सैनिकले राष्ट्र सङ्घिय अभियानमा सेवा गरिसकेका छन। नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिसन र भुमिका उल्लेखनीय छन। नेपाली सेनाले फोर्सकमान्डर, बिशेष सैनिक अधिकृत तथा सैनिक पर्यवेक्षक का महत्वपूर्ण भुमिका दक्षता साथ पुरा गरेको छ।

नेपाली सेनाले केही अत्यान्त विकट र प्रतिकुल स्थानमा समेत शान्ती स्थापनार्थ ठूलो भुमिका निभएको छ खासगरी युद्धग्रस्त अफ्रिकी देशहरूको अमनचैन कायम गर्न तथा स्थानीय स्तरमा पुर्याइरहेको भुमिका सरहानिय रहेको छ। आफ्नो जिउज्यानको बाजी लगाएर पनि नेपाली सैनिकहरू संयुक्त राष्ट्रसंघिय अभियानमा दक्षता पूर्वक लागि रहेका छन। हाल सम्म विभिन्न मिसनमा गरी ५४ सैनिकहरू संयुक्त राष्ट्रसंघ शान्ती स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू भएका छन भने ५७ नेपाली सैनिकको अंगभंग भएको छ।

नेपाली सेनाले भाग लिइरहेका प्रमुख मिसन

आन्तरिक द्वन्द तथा गडबडी[सम्पादन गर्ने]

  • खम्पा निससस्त्रीकरण - १९७४

सन् १९७४मा नेपाली भूमी प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध (खम्पा बिद्रोह) शुरू गरे। तिनीहरूले उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो। ९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिटहरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनीहरूलाई आत्म समर्पण गर्न समय सिमा तोकी दिए। हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे। पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट डोटीमा मारिए। यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा यती ठूलो संख्यामा परिचालन भएको थियो

  • नेपाली माओवादी जनयुद्ध

सन २००१मा शाही नेपाली सेना माओवादी शक्ति विरूद्ध परिचालीत भयो, थुप्रै लडाईं तथा अपरेसनका बेलामा सेना मानव अधिकार उलंघनका घटनामा पनि मुछीयो। खास गरी पूर्व प्रधान सेनापतिहरू प्रजव्ल सम्शेर राणा तथा प्यार जंग थापाको कालमा माथिल्ला सैनिक नेतृत्व समेत विवादीत रह्यो।

अमेरीका/नेपाल सैनिक सम्बन्ध[सम्पादन गर्ने]

अमेरीका नेपाल सैनिक सम्बन्ध प्रजातन्त्रीक संस्थाको सहयोग (नागरीक नियन्त्रीत सैनिक ) पेसेवर सैनिक विकासमा अधारीत छ। अमेरीका सेनाले मानव अधिकारको सम्मान गरेको हेर्न चाहान्छ। दुबै देशको हाल सम्पर्क शुत्रको पनि राम्रो विकास भएको छ। नेपाली सेनाका टोली हरूले हाइटी, इराक तथा सोमालीयामा अमेरीकी सेना संगै अपरेसनमा भागलिए यसले पनि दुई सेनाको सम्बन्धलाई अझ बलीयो बनाएको छ अमेरीकाले केही हतियार सैन्य साहयता बाहेक नेपाली सेनालाई शान्ती स्थापना कार्यका लागि चाहिन सक्ने कमान्ड एन्ड जनराल स्टाफ, यु एस सैनिक वार कलेज तथा इनहयान्स इन्टर नेसनल पिसकीपीङ क्यापबिलिटीज लगायतका थुप्रै तालीम दिदै रहेको छ। अमेरीकी सेना का एसीया प्यासीफिक क्षेत्रका कमान्डर इनचिफले नेपालसंगको सैन्य सम्बन्धलाई हेर्ने जिम्मेवारी पुरा गर्छन।

तथ्याङ्क[सम्पादन गर्ने]

सैनिक साखा हरू: नेपाली सेना (includes नेपाली सैनिक विमान सेवा),नेपाल ससस्त्र प्रहरी बल नेपाल प्रहरी

सैनिक जनशक्ती – सैनिक उमेर: १७ वर्ष

सैनिक जनशक्ती - उपलब्धता:
पुरूष तथा महिला उमेर १५-४९: ६६,७४,०१४ (२००३ est.)

सैनिक जनसक्ती – सैनिक सेवाका लागि दक्ष:
पुरूष तथा महिला उमेर १५-४९: ३४,६७,५११ (२००३ est.)

सैनिक जनशक्ती- वार्षीक उत्पादन:
महिला तथा पुरूष: ३,०३,२२२ (२००३ est.) सैनिक खर्च – अमेरीकी डलरमा: $५७.२२ million (FY०२)

सैनिक खर्च - जि.डि.पिको प्रतिशत: १.१% (FY०२)

गोर्खाली[सम्पादन गर्ने]

नेपाल गोर्खाली सेनाका लागि पनि प्रशिद्ध छ गोर्खाली नेपालीको दोस्रो नाम जस्तै हो। जुन नेपालका विभिन्न जाती जनजातीलाई सम्बोधन गर्ने गरिन्छ। अंग्रेज नेपाल युद्ध भएपछी दुबै एक अर्काबाट प्रभावित हुन पुगेपछी नेपालीलाई बेलायती सेनामा भर्ना गर्न थालियो खास गरी उनीहरूको बाहदुरी र सोझोपनलाई देखेर, १९४७मा भारत स्वतन्त्र हुँदा पनि केही गोर्खाली सेना बेलायतीले लगी केही भारतमा छोडेर अन्तमा नेपाल, बेलायत तथा भारत त्रिपक्षीय सैनिक सन्धी मिलाइयो। हाल पनि बेलायती तथा भारतीय सेनामा उल्लेख्य संख्यामा गोर्खाली सेना रहेको छ। गोर्खाली (नेपाली) सेना बाहदुरीका साथै उनीहरूले बोक्ने हतियार खुकुरीका कारणले पनि प्रशिद्ध छन।

यिनीहरू पनि हेर्नुहोस्:[सम्पादन गर्ने]

अतिरिक्त लिंकहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]