नेपाल प्रहरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपाल प्रहरी
Nep pol Logo.png
नेपाल प्रहरीको लोगो
Nep pol.jpg
नेपाल प्रहरीको झन्डा
नारा "सत्य सेवा सुरक्षणम"
संगठनको विवरण
स्थापना आश्विन, विसं २०१२
कर्माचारी ६०,२१८
संगठनको किसिम सरकारी: सरकारी संगठन
न्यायिक संरचना
राष्ट्रिय संगठन नेपाल
सामान्य प्रकृति
परिचालनात्मक संरचना
संगठन प्रमूख कुवेर सिंह राना, प्रहरी महानिरिक्षक
वेबसाइट
nepalpolice.gov.np

नेपाल प्रहरी नेपालको गैर-सैनिक प्रहरी सेवा हो । यसको स्थापना २०१२ आश्विनमा भएको हो ।

नेपाल प्रहरीको इतिहास[सम्पादन गर्ने]

प्रहरी संगठनको शुरुवात[सम्पादन गर्ने]

शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरु भयो। यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति-सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पे। अगष्ट १९१४मा चन्द्र शमशेरले अङ्ग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे। चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए। सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले काठमाडौं उपत्यकामा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।

नेपाल पुलिस फोर्स गठन[सम्पादन गर्ने]

२००७ सालको क्रान्ति पश्चात नेपालका बिभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (IGP) रूपमा नियुक्त भएका थिए। सन १९५५मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई संगठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो। यसको सुझावको आधारमा सन् १९५५ (बि.सं. २०१२)मा प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो।

पद तथा श्रेणी बिभाजन[सम्पादन गर्ने]

राजपत्राङ्कीत

  • प्रहरी महानिरीक्षक ( Inspector General of police)
  • अतिरिक्त प्रहरी महानिरीक्षक ( Additional Inspector General of police)
  • प्रहरी नायब महानिरीक्षक ( Deputy Inspector General of police)
  • प्रहरी बरिष्ठ उपरीक्षक ( Senior Superintendent of police )
  • प्रहरी उपरीक्षक ( Superintendent of police)
  • प्रहरी नायब उपरीक्षक ( Deputy Superintendent of police)
  • प्रहरी निरीक्षक ( Inspector)

राजपत्र अनङ्कीत

  • प्रहरी नायब निरीक्षक ( Sub-Inspector)
  • प्रहरी सहायक निरीक्षक ( Assistant Sub-Inspector)
  • प्रहरी हवल्दार ( Head-Constable)
  • प्रहरी जवान ( Constable)

श्रेणी बिहिन

  • रिक्रुट
  • परिचर
  • सयस

नेपाल प्रहरीका महानिरिक्षकहरू[सम्पादन गर्ने]

१. तोरण शमसेर जबरा (२००६ चैत्र - २००७ चैत्र)

२. नर शमसेर जबरा (२००७ चैत्र - २०१० मंसिर)

३. ज्ञान बहादुर याक्थुम्बा (२०१० मंसिर - २०१२ भाद्र)

४. गोपाल शमसेर जबरा (२०१२ भाद्र - २०१३ साउन)

५. पूर्ण सिंह खवास (२०१३ साउन - २०१४ भाद्र)

६. ढुण्डिराज शर्मा (२०१४ भाद्र - २०१८ पौष)

७. पहल सिंह लामा ( २०१८ पौष - २०२३ असार)

८. रोम बहादुर थापा (२०२३ असार -२०२९ असार)

९. खड्गजीत बराल (२०२९ असार - २०३५ जेष्ठ)

१०. दुर्लभकुमार थापा (२०३५ साउन - २०३९ जेष्ठ)

११. दिलबहादुर लामा (२०३९ असार - २०४३ जेष्ठ)

१२. हेमबहादुर सिंह (२०४३ असार - २०४७ जेष्ठ)

१३. रत्न शमसेर जबरा (२०४७ असार - २०४९ फाल्गुण)

१४. मोतिलाल बोहरा ( २०४९ फाल्गुण - २०५३ माघ)

१५. ध्रुबबहादुर प्रधान ( २०५३ चैत्र - २०५४ मंसिर)

१६. अच्युतकृष्ण खरेल ( २०५३ फल्गुण - २०५३ चैत्र/२०५४ मंसिर -२०५७ आश्विन)

१७. प्रदिप शमसेर जबरा ( २०५७ आश्विन -२०५९ पौष)

१८. श्यामभक्त थापा ( २०५९ पौष - २०६३ भाद्र)

१९. ओमबिक्रम राणा ( २०६३ भाद्र - २०६५ भाद्र)

२०. हेमबहादुर गुरुङ ( २०६५ आश्विन - २०६५ फाल्गुण)

२१. रमेस चन्द ठकुरी ( २०६५ फाल्गुण - २०६८ जेष्ठ)

२२. रविन्द्र प्रताप शाह ( २०६८ जेष्ठ - २०६९ भाद्र)

२३. कुवेर सिंह राना (२०६९ भाद्र - ०७० कात्तिक)

२४. उपेन्द्रकान्त अर्याल ( ०७० कात्तिक

संगठनात्मक स्वरूप र प्रशासन[सम्पादन गर्ने]

प्रहरी प्रधान कार्यालय[सम्पादन गर्ने]

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाडौं जिल्ला स्थित नक्सालमा अवस्थित छ । यो नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा रहेको हुन्छ । सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एका तर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्को तर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ। यस अर्थमा यसले प्रहरी संगठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ। साथै, सुपरीवेक्षणको काम पनि गर्दछ ।

देशभरिको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरूको कार्य सञ्चालनमा परिआउने कठिनाइ तथा अवरोधहरूको निराकरण गरि सरल एवं सुलभ प्रणाली बिकसित गर्न प्रहरी प्रधान कार्यालय अन्तर्गत पांच वटा विभागहरूको गठन भएको छ । जसमा प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसंधान विभाग, मानवश्रोत विभाग,र प्राविधिक सहायता विभाग पर्दछन ।

प्रशासन विभाग[सम्पादन गर्ने]

संगठन भित्र पर्ने सम्पूर्ण प्रशासनिक एवं व्यवस्थापन पक्षसँग सम्बन्धित क्रियाकलापहरू यस विभागको कार्य-क्षेत्रअन्तर्गत कर्मचारीहरूको पदस्थापन, भर्ना, सरुवा, बढुवा, कार्य मुल्यान्कन, तालीम, लत्ता-कपडा वितरण, हात-हतियार वितरण, आर्थिक व्यस्थापन, समेत पर्दछन । एवंरीतले विभागीय नीति निर्माण एवं अनुगमन कार्यहरू समेत पर्दछन्।यस विभागको प्रमुखको रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था रहेको छ।

कार्य विभाग[सम्पादन गर्ने]

देशमा शान्ति तथा अमन चयन कायम राख्न प्रहरी प्रधान कार्यालयले आफु मातहत रहने गरि मिति २०४५ जेष्ठ २६मा कार्य बिभागको स्थापना गरेको हो। प्रहरी प्रधान कार्यालय अन्तरगतका ५ वटा बिभाग मध्येको एक यो बिभागको मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गर्नु हो । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न यो बिभाग तल्लीन रहेको छ । यसको अलवा बिभागले आफु मातहतका कार्यालयहरूलाई प्रहरी परिचान संवन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनितिक समुहहरूको बारेमा सूचना संकलन गरि त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरि प्रहरी परिचालन गर्ने कार्य गर्दछ ।

कार्य निति

देशभर कानूनि राज्य कायम गर्न :

  • प्रहरी र उपलव्ध साधनको अधिक्तम उपयोग गर्ने
  • मानवअधिकारको संरक्षण गर्ने
  • तालीम समन्वय र सामाग्रीको मद्दतले क्षमता अभिवृद्धी गर्ने।

कार्यहरू

  • गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकबाट प्राप्त नीति निर्देशनहरू कार्यान्वयन गर्ने।
  • अपराध रोक्न र शान्ति तथा अमन चयन कायम राख्न प्रहरी परिचालन गर्ने।
  • दिगो शान्ति तथा सुरक्षा प्रदान गर्न व्यापक रूपमा प्रहरी तथा उपलव्ध श्रोत साधन परिचान गर्ने।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिको सुरक्षाको व्यवस्था गर्ने।
  • देश भर ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउने।
  • परिचालित प्रहरी इकाईहरूलाई हातहतियार तथा उपकरणहरू उपलव्ध गराउने।
  • अन्य सरकारी निकायसँग सुरक्षाको समन्वयालाई अभिवृद्धि गर्ने।
  • दैवि प्रकोप तथा उद्धार कार्यमा प्रहरी परिचान गर्ने।
  • बिभाग मातहतका निर्देशनालय बिभाग कार्यालयहरूलाई निर्देशन सुपरिवेक्षण अनुगमन तथा कामको मूल्याङ्गकन गर्ने।
  • देशबाट आतंककारी क्रियाकलाप संचालन गर्ने समुहहरूको खवर संकलन बिश्लेषण अभिलेख तथा सूचना प्रवाह

गर्ने।

  • बिशेष प्रहरीको गठन गरी आवश्यक्ता परेको बखत प्रहरी परिचान गर्ने।
  • मातहत प्रहरी इकाईहरूलाई आवश्यक्ता परको बेला थप मद्दत उपलव्ध गराउने।

सुरक्षा सेवा निर्देशनालय परिचय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्य विभाग अर्न्तर्गत रहेको सुरक्षा सेवा निर्देशनालय एक मुख्य निर्देशनालय हो। यस निर्देशनालयले विशेष गरी स्वदेशी तथा विदेशी विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था मिलाउने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सम्मेलन, गोष्ठी तथा महोत्सवको सुरक्षा, विशिष्ट व्यक्तिको लागि व्यक्तिगत सुरक्षा अधिकृत खर्टाई सो वारे खवर संकलन गरी विश्लेषणको आधारमा सुरक्षा व्यवस्था पूनर्मूल्यांकन गर्न सिफारिश गर्ने समेत काम गर्दछ।

सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति प्रधान मन्त्रीज्यूको औपचारीक तथा अनौपचारिक कार्यक्रम एवं राष्ट्रप्रमूखको नेपाल भ्रमणको अवसरमा सुरक्षा प्रदान गर्ने उद्देश्यले २०५४ सालमा प्र.प्र.का. अपराध अनुसन्धान विभाग अर्न्तगत रहेको सुरक्षा शाखा, सामान्य सुरक्षा उप-शाखा र विशिष्ठ व्यक्तिको सुरक्षा शाखाको ५३ जनाको दरवन्दीबाट सुरक्षा महाशाखा हुँदै सुरक्षा सेवा निर्देशनालय कार्य विभाग अर्न्तर्गत राखी विशेष सुरक्षा सम्वन्धी काम काज गर्दै आइरहेको। मिति २०६१।०१।१७ गतेको तत्कालीन श्री ५को सरकार -मन्त्री परिषद)को निर्णयले पुनः प्रउ-१, प्रनाउ-५, प्रनि-१२ समेत ७० जनाको दरबन्दी थप भई २४९ जनाको दरबन्दी भएकोमा मिति २०६६/०७/०४ गते प्र.ना.म.नि.को दरवन्दी कायम भई हाल सुरक्षा सेवा निर्देशनालय कायम भई कार्य सम्पादन हुँदै आएको।

काम कर्तव्यहरूः-

स्वदेशी र बिदेशी अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा सुरक्षा व्यबस्था मिलाउने। विशिष्ट व्यक्तिहरूको लागि सुरक्षा व्यबस्था मिलाउन।

कार्यालयले सम्पादन गर्दै गरेका कामहरूः-

नेपालका सम्माननीय राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीज्यूको औपचारिक तथा अनौपचारिक कार्यक्रम, निवासस्थान तथा कार्यालयको सुरक्षा एवं विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री, महामहिम राजदूत तथा अन्य पदाधिकारीहरू नेपाल भ्रमणमा पाल्नु हुंदा सम्वन्धित निकायहरूसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय राखी विमानस्थल, सवारी मार्ग, निवासस्थान र समारोहस्थलको सुरक्षा व्यवस्थाका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरूका लागि व्यक्तिगत सुरक्षा अधिकृत (एकाई) माग भएमा खतराको मूल्यांकन गरी व्यक्तिगत सुरक्षा व्यवस्था मिलाउने। राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी, महोत्सव आदिमा खतराको मूल्यांकन गरी सुरक्षा व्यवस्था मिलाउने। संविधान सभाको अधिवेशनको लागि प्रहरी कर्मचारी -मर्यादापालक) खर्टाई आवश्यक सुरक्षा व्यवस्था मिलाउने। विशिष्ट व्यक्तिहरू निजी तथा सरकारीको कामको सिलसिलामा राजधानी वाहिर हुने कार्यक्रममा सम्वन्धित जि.प्र.का.हरूसँग समन्वय गरी सुदृढ सुरक्षा व्यवस्था मिलाउने। विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरूलाई सुरक्षा सम्वन्धी अनुशिक्षण कार्यक्रम ६/६ महिनामा फायरिङ्ग समेत गराउनुका साथै स्वदेशी तथा विदेशी सुरक्षा विशेषज्ञहरूबाट प्रशिक्षण प्रदान गरिदै आएको।

अपराध अनुसन्धान विभाग[सम्पादन गर्ने]

पृष्ठभूमि लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने संागठनिक उदेश्य पूर्ति गर्न नेपाल प्रहरी संगठन भित्र विभिन्न विभाग, निर्देशनालय, व्यूरो, तथा महाशाखा शाखाहरूको स्थापना गरिएको छ। यसै अनुरूप अपराध अनुसन्धान विभाग पनि एक महत्वपूर्ण विभाग हो। अपराधिक क्षेत्रमा देखिएको चुनौतिहरूको सामना गर्न अपराध अनुसन्धान विभागको स्थापना हुनु पर्ने भन्ने प्रहरी सुझाव आयोग वि.सं.२००८को सुझाव अनुसार बि.सं. २००८ सालमा Central Intelligence Bureau स्थापनाभई एउटा महाशाखाको रूपमा काम गर्दै आएकोमा वि.सं.२०४९ साल पछि यस अपराध अनुसन्धान विभागको स्थापना भएको पाईन्छ।

नेपाल प्रहरीको प्रशासनिक संगठनात्मक संरचना अनुसार अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहेको छ। प्रहरीमा उपलव्ध साधन श्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने यस विभागको प्रमुख उदेश्य रहेको छ। यसका लागि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग तथा मातहतमा ४०१, काठमाडौं उपत्यका भित्र १७१ र सो वाहेक पाँचवटा क्षेत्रिय प्रहरी कार्यालयहरूमा १७११ गरी अपराध अनुसन्धान समूह तर्फजम्मा २३७५ जना कर्मचारीहरूको दरवन्दी रहेको छ जुन नेपाल प्रहरीको कूल दरवन्दी संख्या ५६०६९को ४.२३ प्रतिशत मात्र हो।

यसरी सिमित श्रोत र साधनका वावजुद पनि यस अपराध अनुसन्धान विभागले देशका ७५ वटै जिल्ला प्रहरी कार्यालयहरू, १४ अञ्चल प्रहरी कार्यालयहरू, ५ क्षेत्रीय प्रहरी कार्यालयहरू तथा महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट भएको अपराध अनुसन्धान तथा नियन्त्रण कार्यको निरीक्षण, अनुगमन तथा सुपरिवेक्षण गरी सांगठनिक लक्ष्य पूर्तिकालागि अहम भूमिका निर्वाह गर्दै आइरहेको छ। अतः यस कार्यलाई समयानुकुल प्रभावकारी बनाउन यस विभाग अर्न्तर्गत अपराध अनुसन्धान व्यूरो तथा नियन्त्रण व्यूरो स्थापना हुनुका साथै उक्त व्यूरोहरू मातहत रहनेगरी विभिन्न महाशाखाहरू, शाखाहरू रहेका छन्। त्यसैगरी नेपाल सरकारको मिति २०६५।०९।०६ गतेको निर्णयअनुसार यस विभाग मातहतमा प्र.ना.म.नि.प्रमुख रहने गरी महिला तथा बालवालिका सेवा निर्देशनालयको पनि स्थापना भएको छ ।

लक्ष्यहरू प्रचलित राष्ट्रिय तथा अर्न्तराष्ट्रिय कानूनी व्यवस्था अनुसार उक्त कानूनको अधिनमारही प्रभावकारी ढंगबाट अपराध नियन्त्रण तथा अनुसन्धानगर्दै आमनागरिकहरूलाई न्यायको प्रत्याभूति दिलाउनु यस विभागको मूख्य लक्ष रहेको छ।


उद्देश्यहरू

कुनै पनि संगठनले आफ्नो लक्षपूर्तिका लागि विभिन्न उद्देश्य तथा कार्य योजनाहरू तय गरेको हुन्छ। यसै अनुरूप अपराध अनुसन्धान विभागको पनि मूख्य रूपमा निम्न उद्देश्यहरू रहेका छन्। अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गर्ने। अपराध अनुसन्धान सम्वन्धी नीति निर्देशन र आदेश जारी गरी मातहत अनुसन्धानकर्ता तथा अनुसन्धान सम्वन्धी निकायलाई कार्यान्वयन गर्न लगाउने। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्ने निकायसँग सम्पर्क र समन्वय गर्ने। अपराध अनुसन्धान र नियन्त्रणमा भएको कार्य पद्धती, प्रगती विवरणको मूल्याकन गर्न मातहत निकायको निरीक्षण तथा सुपरिवेक्षण गर्ने। अनुसन्धान अधिकृतहरूको पदस्थापना, कार्यक्षमताको मूल्यांकन गर्ने र सोको आधारमा पुरस्कार तथा दण्ड सजायको व्यवस्था गर्ने गराउने। अपराध अनुसन्धानमा दक्ष जनशक्तिको आवश्यक क्षेत्र पहिचान गरी सोही वमोजिम तालीमको व्यवस्था गर्ने। राष्ट्रिय तथा सम्वद्ध अर्न्तराष्ट्रिय स्तरका सम्पूर्ण अपराधिक अभिलेख एवं तथ्याङ्क राख्ने साथै सो अभिलेखको विश्लेषण गर्ने र सोही आधारमा अपराध अनुसन्धान सम्वन्धी नीति तथा योजना तर्जुमागरी लागू गर्ने गराउने। कुनै एक क्षेत्र, अञ्चल र जिल्लाको भौगोलिक सीमाभन्दा वढी क्षेत्रमा प्रभाव पार्ने किसिमका जघन्य प्रकृतिका अपराधहरूको अवस्था अनुसार अनुसन्धान गर्ने र अन्तर क्षेत्रवीच समन्वय र सहयोग उपलव्ध गराउने भूमिका निर्वाह गर्ने। मातहत निकायहरूबाट समाधान हुन र गर्न नसकेका मुद्धा तथा घटनाको केन्द्रबाटै अनुसन्धान गर्न अपरिहार्य भएमा कुनै पनि मुद्धाको अनुसन्धान गर्ने। पीडित पक्षको उद्धार सम्वन्धी गतिविधीमा प्रभावकारीता ल्याउन विभिन्न कार्यक्रमहरू लागू गर्ने, अपराध स्थिति अनुसन्धानको व्यवस्था आदि विषयमा र्सवसाधारणलाई जानकारी वा सूचना प्रवाहको व्यवस्था मिलाउने। क्षेत्र लगायत अञ्चल र जिल्लाका अनुसन्धान शाखालाई आवश्यक पर्ने वैज्ञानिक तथा अन्य श्रोत साधनहरूको समुचित व्यवस्था मिलाउने। इन्टरपोल सम्वन्धी कार्यलाई सुढृढगरी अन्तर्राष्ट्रिय अपराधीहरूको अभिलेख राख्ने साथै सो सम्वन्धी गतिविधी वारेमा जानकारी हासिल गर्ने। हाल संचालनमा रहेको सामुदायिक प्रहरी सेवालाई प्रभावकारी अपराध नियन्त्रणका लागि भावी कार्ययोजनाको रूपमा विकशित गर्ने।

मानवश्रोत विभाग[सम्पादन गर्ने]

स्थापना :

२०६१ साल बैशाख १७ गतेको मन्त्री परिषद्को निर्णयले मानवश्रोत विकास विभागको स्थापना भएको हो।

उद्धेश्य : प्रहरी संगठन भित्र रहेको मानवश्रोत (Human Resource)को व्यवस्थापन गरी संगठनको जनशक्तिलाई चुस्त र दक्ष बनाउने उद्देश्य अनुरूप यो विभागको स्थापना गरिएको हो।

मुख्य जिम्मेवारी : प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षणका क्षेत्रमा देखिएका वाधा व्यवधानहरूको पहिचान गरी समयानुकूलको प्रशिक्षण नीति तय गर्ने। विभिन्न किसिमका स्वदेश तथा विदेशमा सञ्चालन गरिने तालीम, प्रशिक्षण, सेमिनार, गोष्ठीहरूमा भाग लिने योग्य प्रहरी कर्मचारीको मनोनयन सिफारिश गर्ने। मौजुदा प्रशिक्षण पाठ्यक्रम, पाठ्यपुस्तकहरूलाई परिमार्जन गर्दै लगी संगठनका लागि दक्ष जनशक्तिको उत्पादन गर्ने। मानवश्रोत व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या बाधा, व्यवधानहरूको मूल्याङ्कन गरी राय सुझाव पेश गर्ने।

क्षेत्रीय प्रहरी कार्यालय[सम्पादन गर्ने]

नेपालका ५ वटै क्षेत्रहरूमा १/१ क्षेत्रीय प्रहरी कार्यालय गरी जम्मा ५ वटा क्षेत्रीय प्रहरी कार्यालयहरू रहेका छन्। प्रहरी नायब महानिरिक्षक यस कार्यालयका प्रमुखको रूपमा रहेका छन्। यस कार्यालयले आफ्नो क्षेत्र भरिको शान्ति-सुव्यवस्था, अपराध-नियन्त्रण, अपराध-अनुसन्धान, आफ्नो मातहतका कार्यालयलाई नियन्त्रण, निर्देशन, आवश्यक व्यवस्थापन तथा समन्वयकर्ताको समेत जिम्मेवारी लिएको छ। यस कार्यालय अन्तर्गत क्षेत्रिय प्रहरी गण तथा गुल्महरू, विमानस्थल सुरक्षा गार्डहरू तथा जिल्ला प्रहरी कार्यालयहरू समेत रहेका छन्।

सन्दर्भ[सम्पादन गर्ने]

यिनीहरू पनि हेर्नुहोस्[सम्पादन गर्ने]

, ,