उखु
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
उखु एक नगदे बाली श्रेणी अन्तर्गत पर्ने लोकप्रिय वनस्पति श्रेणीको एक वस्तुको नाम हो। आजको समयमा विश्वका 50% कृषकहरूले उखु खेती अपनाएका छन्। उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी भारत लगायत विभिन्न मुलुकहरूका कृषकहरूले उखु खेति अपनाएका छन्।
विषयसूची |
उखु खेतीका फाइदाहरू [सम्पादन गर्ने]
कृषकहरूले बढी मात्रामा उखु खेती अपनाउनाको कारण उखु खेतीबाट हुने फाईदाहरूलाई लिन सकिन्छ जो कि उखु खेतीका निम्न अनुसार फाइदाहरू देखिन्छन्।
कामको वचत [सम्पादन गर्ने]
उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमीनको जोत खन गरि रहन पर्दैन। एक पटकमा जमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमीनबाट उत्पादन लिन सकिन्छ। अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरियको छ।
नगद पैँसा [सम्पादन गर्ने]
उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।