गाईघाट
| गाईघाट | |
| अञ्चल - जिल्ला |
सगरमाथा - उदयपुर |
| क्षेत्र | |
| समय क्षेत्र | नेपाली समय (UTC+५:४५) |
| जनसंख्या - जनघनत्व |
- |
गाईघाट उदयपुर जिल्लाको सदरमुकाम हो। गाइघाट, उदयपुर पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ। गाईघाट त्रियुगा खोला तथा बरुआ खोलाको मध्यमा स्थित छ।
गाईघाट उपत्यका चारैतिरबाट चुरे पहाडले घेरियेको छ। गाईघाटमा विभिन्न जाति धर्मका मानिषहरू आफ्नो पुरानो संस्कृति तथा विभिन्न भाषाका अनुसरण गर्दै बसो बास गर्ने गर्छन। उदयपुर जिल्लाको एक ब्यापार केन्द्र बिन्दुको रूपमा, यो ठाउँ मिश्रित नागरिकहरूको घर हो।
गाईघाटलाई सगरमाथा राजमार्गले महेन्द्र राजमार्गसँग लाहान नजीक जोड्दछ। उदयपुर जिल्लाको सबै कार्यालयहरू गाईघाटको वडा संख्या १ बोक्से गा वि समा स्थित छन्। गाईघाट विकासको बाटोमा अग्रसर छ। यहाँ अस्पताल, सिनेमा हल, बस पार्क आदीको राम्रो व्यवस्था छ। गाईघाट देखि साउने, नेपालटार, मुर्कुची, बेल्टार, रौता आदिको लागि बाटोहरू खोलिएको छ र यो बाटोमा बसहरू चल्ने गर्छन। यहाँबाट अरु गन्तब्य जस्तै धरान, विराटनगर, काँकडभिट्टा, जनकपुर, वीरगञ्ज, काठमाडौं, पोखरा आदिको लागि बसहरू पाइन्छ। गाईघाटबाट नजीकको एयरपोर्ट जनकपुरको एयरपोर्ट हो।
|
|||||
नन्
bastab ma gaigat asadhai nai ramailo ani ramro thau ho. udayapur jilla ko sadharmukam gaighat ho.