पहाड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

"नेपालको पहाड" लेख यहाँ रिडाइरेक्ट हुन्छ। कृपया लेखको अरू उपयोगका लागि नेपालको पहाड (स्पष्टता) हेर्नुहोला।

सगरमाथा तथा हिमालय पहाडी श्रृङ्खला

पहाड एकप्रकारको भूबनोट हो जुन सिमित परिधि भित्र वरपरको क्षेत्र भन्दा अग्लो हुन्छ । पहाड प्राय गरेर डाँडा (hill) भन्दा बढि भिरालो हुन्छ । पहाड र डाँडाको बिचमा अन्तर छुट्याउने खासै कुनै सर्वमान्य तरिका त छैन तर धैरेजसो पहाडहरू अग्ला शिखरहरूका कारण सजिलै छुट्टिने गर्दछन् । पहाडले एशिया महादेशको ५४%, उत्तर अमेरिकाको ३६%, युरोपको २५%, दक्षिण अमेरिकाको २२%, अष्ट्रेलियाको १७% र अफ्रिकाको ३% क्षेत्र ओगटेको छ । संसारमा १० मध्ये एक जना मानिस पहाडी क्षेत्रमा बसोबास गर्दछ । संसारका धेरैजसो ठूला नदीहरूको मुहान पहाडी क्षेत्रमा भेटिन्छन् । त्यस्तै संसारको आधा जसो जनसंख्याको मुख्य पानीको श्रोतको लागि पहाडी क्षेत्रमा निर्भर छन् ।

उचाई[सम्पादन गर्ने]

सामान्यतया पहाडहरूको उचाई समुन्द्र सतहबाट नाप्ने गरिन्छ । हिमालयको औसत उचाई समुन्द्र सतहबाट ५,००० मिटर छ भने एण्डिजको ४,००० मिटर । धेरैजसो पहाडी श्रृङ्खलाको औसत उचाई २,००० देखि २,५०० मिटर सम्म हुन्छ । संसारको सबैभन्दा अग्लो पहाड सगरमाथा हो जुन ८,८८४ मिटर अग्लो छ र यो संसारको सबैभन्दा अग्लो पहाडी श्रृङ्खला हिमालयमा पर्दछ ।

पहाडको उचाई समुन्द्र सतहबाट बाहेक अन्य तरिकाले पनि नाप्न सकिन्छ । एउटा तरिका हो, पृथ्वीको केन्द्रबाट कुनैपनि पहाडको टाकुरो सम्मको दूरी । पृथ्वीको केन्द्रबाट नाप्दा भूमध्य रेखाको नजीकै परेका पहाडहरू अग्ला हुन जान्छन् किनभने पृथ्वीको केन्द्रबाट भूमध्य रेखा अन्य क्षेत्र भन्दा टाढा पर्दछ । त्यसैले यो तरिकाले नाप्दा भूमध्य रेखाको नजीकै पर्ने ईक्वेडोरको चिम्बेराजो सबैभन्दा अग्लो हुन जान्छ । त्यस्तै पहाडको आफ्नो आधारबाट टाकुरो सम्म नाप्दा हवाई स्थित माउना केआ सबैभन्दा अग्लो हुन जान्छ । यसरी नाप्दा यसको उचाई ९,००० मिटर भन्दा बढि हुन्छ । तर यसको धेरैजसो भाग प्रशान्त महासागरमा डुबेको छ । यसरि नइ नेपाळ

पहाडी जन जीवन[सम्पादन गर्ने]

सम्बन्धित लेखहरू[सम्पादन गर्ने]