गगन थापा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
गगन थापा प्रखर नेपाली काँग्रेस नेता हुनुहुन्छ। उहाँको जन्म २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उहाँका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुनहुन्छ। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उहाँका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर हुनुहुन्थ्यो। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुनुहुन्छ भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढ्नुभयो। त्यहाँ पढुञ्जेल उहाँको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवारमा पनि त्यही सिकाइन्थ्यो, विद्यालयमा पनि। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय हुनुभयो। त्यतिबेला उहाँ कक्षा ९मा पढ्नुहुन्थ्यो। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।
नेपाली काग्रेसका युवा नेता गगन थापा अन्य समूहबाट संविधान सभाषदमा निर्वाचित हुनुभएको हो। राजाको सक्रिय शासन विरुद्ध भएका आन्दोलनमा पुर्याएको योगदान कै कारणले पार्टी संविधान सभाषदमा विजयी बनाएको उहाले बताउनुभयो। २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा नै सहभागिता जनाएको बताउने थापाले क्याम्पस जीवन मै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा रहेर राजनीतिमा प्रवेश गर्नुभएको हो।
समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला काङ्ग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुनुहुन्छ। १२, १३ पटक हिरासतमा परेका थापाले चलचित्र हेर्ने र राजधानी बाहिर घुम्ने आफ्नो रुचि भएको बताउनुभयो।
संविधान सभामा नेपाली काङ्ग्रेस नामक पुस्तकका लेखक थापाले नेपाली काग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जनाके.सी सग २०६५ वैशाखमा विवाह गर्नुभयो। संविधान सभामा दलहरू बीचमा सहमति बनाउन आफ्नो प्रमुख प्रयास रहने थापाले बताउनुभयो।
[सम्पादन गर्ने] राजनीति प्रवेश
त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि चाहिँ उहाँ विद्यार्थी संगठनमा लाग्नुभयो। नेविसंघको सदस्य हुनुभयो। २०५१ सालमा उहाँ त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभयो। त्यसपछि उहाँले राजनीति मार्फत नै अघि बढ्ने अठोट गर्नभयो। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभयो। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उहाँको संलग्नता बढ्यो। उहाँ उपाध्यक्ष हुँदै महामन्त्री बन्नुभयो। जीवनमा पहिलो पटक २०५१ सालमा हिरासत बस्नुपर्यो। त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली हुनुहुन्थ्यो। नेविसंघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उहाँ ८, १० पटक जेल पर्नुभयो। २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रित्वमा उहाँसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उहाँको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उहाँ पक्राउ पर्दै छुट्दै गर्नुभयो। लोकतान्त्रिक आन्दोलनमा उहाँको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसित भयो। हुँदा हुँदै उहाँ लोकतन्त्र कै नायक बन्न सफल हुनुभयो। अहिले उहाँ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवं काठमाडौं क्षेत्र नं. ४ का पार्टी सभापति हुनुहुन्छ। लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै उहाँलाई पार्टीले संविधानसभाको सदस्य बनायो।
[सम्पादन गर्ने] वैवाहिक जीवन
उहाँकी पत्नी काङ्ग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी डा अञ्जना केसी हुनुहुन्छ।