हेटौंडा नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हेटौंडा नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px]]
स्थापना : वि.सं. २०२६
अञ्चल: नारायणी अञ्चल
जिल्ला: मकवानपुर जिल्ला
क्षेत्रफल:  ??
जनसंख्या: ९८ हजार ३ सय ९४
वडा संख्या: ११
भौगोलिक अवस्थिति: भित्री मधेस
मेयर:  ??
टेलिफोन कोड: -
वेबसाईट: http://www.hetaudamun.gov.np
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

हेटौंडा नगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम हो। यो नगर भौगोलीक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरेपाहडी श्रृङखला सँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यस नगरपालिकामा ११ वडामा ९८ हजार ३ सय ९४ जनसंख्या छ। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन धर्मावलम्बी छन्।

[सम्पादन गर्ने] इतिहास

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौंडा भएको हो। हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १०मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ।

नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौंडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो। तत्कालीन हेटौंडा नगरपञ्चायतका प्रथम प्रधानपञ्चमा वासुदेव रिजाल र दोस्रोमा ओमनाथ पराजुली हुन। देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि हेटौंडा नगरपालिकाका प्रमुखमा डोरमणि पौडेल, उपप्रमुख हरिबहादुर महतसहित दुई अवधिका लागि निर्वाचित हुनुभएको थियो।

[सम्पादन गर्ने] साँस्कृतिक तथा ऐतिहासिक स्थलहरू

हेटौंडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर,मनकामना मन्दिर, गोक्षेक्व मन्दिर,बौद्ध गुम्बा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन्।

[सम्पादन गर्ने] सन्दर्भ सामग्री

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा