देवास राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस जातिको आफ्नो छुट्टै प्रकारको भाषा, संस्कार, संस्कृति तथा धर्म, परम्परा मूल्य मान्यताहरु रहेको पाइन्छ l यो जातीय समाजमा पहिला देखिने गरिने कुलपूजा तथा खेललाई देवास भन्ने गरिन्छ । परापूर्व कालमा शिकार जानु अघि देवास बसेर शिकार कहाँ पाइन्छ त्यसको जोखाना हेरी शिकारमा निस्कन्थे l कुनै शुभकार्य गर्न पूर्व तथा खेतीपाती लगाउँदा प्राकृतिक प्रकोप, रोगब्याधबाट जोगाउन र नयाँ बालीनाली भित्र्याउदा इष्टदेव खुशी पार्नका लागि देवास बस्ने प्रथा यस समुदायमा रहेको कारण यस जातिलाई देवास राई भनिएको हो भनी अग्रज पुर्खाहरु बताउछन् । पुस्तान्तरणसंगै यस्ता संस्कार तथा संस्कृति हस्तान्तरण हुन नसक्दा विस्तारै हराउदै गएको छ । किरात देवास राई उत्थान समाज नेपालको अध्ययन अनुसार यो जातिको प्रमुख बसोबासको थलो मकवानपुर, सिन्धुली, काभ्रे, नुवाकोट अर्थात् वल्लो किरात क्षेत्रहरुलाई मुख्य रुपमा मानिएको पाइन्छ । यसकाे अतिरिक्त हाल रौतहट, सर्लाही, बारा, चितवन, धादिङ, पूर्वी नवपरासी, ललितपुर, काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पनि यो जातिको बसोबास छ ।

यो जातिले आफूहरुलाई किरातकालिन समयको उपत्यकाबासी किरातका सन्तान मान्ने गर्दछन् । अन्य जातिका राईहरुमा जस्तै यो जातिभित्र पनि विभिन्न गोत्र एवम् पाछाहरु रहेकाछन् l

यो जातिमा पनि आफ्नै प्रकारको परम्परागत संस्कार संस्कृति रहेका छन् जो अन्य जातिका राईहरुको भन्दा अलग प्रकारको रहेका छन्।

देवास राई  Dewas Rai समूदायको बसोबासको दृष्टिकोणले मकवानपुर जिल्लाकै प्रथम बासिन्दा हुन्। मकवानपुर गढीसँग एतिहासीक सामरिक महत्व राख्ने यस जाति औँलो मैत्री जातिको रूपमा परिचित छ। यस जिल्लाको पूर्वि सिमाना वाग्मती नदीदेखि पश्चिम सिमाना लोथर नदीको भूभागसम्म छरिएर सदियौंदेखि आफ्नै कला संस्कार संस्कृति  भाषामा रम्दै रमाउँदै बसोबास गर्दै आएको पाईन्छ यो जाति। यस जिल्लामा रहेको देवास राईहरुको बसोबास थलोहरु- राईगाउँ, फापरबारी, हात्तिसुदे, छतिवन, लक्ष्मीपुर, गैरीगाउँ, कल्याणटार, खड्कुले, चौघडा, सानोपोखरा, बसामाडी, लामीटार, बस्तीपुर, रमौलीप्रतापपुर (गोदाम) आदी मुख्यरूपमा रहेको छ।

¤ शारिरिक बनोटः- अग्लो/मझौला शारिरीक कद, थेप्चो नाक, गहुगोरो बर्ण, आँखा केहि चिम्सो, कालो कपाला, गालाको हडि अलि उठेको,बलिया शरिर ।

¤ स्वभावः सोझा र परिश्रमी तर अन्यायमा परेमा झट्टै उत्तेजित हुने ।

¤ खानपान : दालभात, तरकारी, अचार, रोटी, जाँड, रक्सी, माछा, मासु आदि ।

¤ हातहतियार : तलवार, खुकुरी,भाला, खुँडा, धनुकाँड आदि ।

¤ भेषभुषा : पुरुष- दौराहसुरुवाल, ढाकाटोपि, पटुकि । महिला- गुन्यूचोली, पटुकि, पोते, पैसाको माला, मुगको माला ।

¤ पुजापाठ : थानीपुजा, तीनचुल्होपुजा, कुल्यानपुजा, आइतबारेपुजा, गोठपुजा, देविपुजा आदि ।

¤ चाडपर्व : चण्डिपूर्णिमा, मंसिरपूर्णिमा, देवासपूर्णिमा ( जनैपूर्णिमा ) माघेसँक्रान्ति आदि ।

¤ धार्मिक स्थल : रक्षादेवि मन्दिर,चौघडा -६ भूटनदेवि मन्दिर, हेटौडा पंचकन्या मन्दिर, हेटौडा-१७ बसाहथान, हेटौडा,बसामाडि

¤ ऐतिहाँसिक महत्वका स्थानहरु: मकवानपुरगढि झुरझुरे दरवार

¤ मुख्य पेशा : कृषि ¤ मुख्य संस्कार :

जन्म, विवाह र मृत्यु संस्कार ।

¤ देवासराई जातिमा प्रचलित पाछा ( उपथर ) हरु :

डाडाँगाउले, झिगनपुरे, सिपाली, गढखारे, भिमटारे, देउतिङे, बाघगाउले, मण्डने, जोगीटारे, पिपलटारे, पांलटारे, सिमलटारे, भाङटारे आदि ।

¤ देवास राई जातिको जनसाँख्यिक विवरण :- नेपाल भरी देवास राईहरुको कुल जनसँख्या करिब एक लाख रहेको अनुमान छ । २०७८ को जनगणनानुसार मकवानपुर जिल्लामा देवास राई जातिको जनसंख्या ११३०१ रहेको छ जुन निम्नानुसार छ :-

१. हेटौडा उप महानगरपालिका- ४६८७ जना,

२. मनहरी गा पा- १९६३ जना,

३. बागमती गा पा- २९७७ जना,

४. बकैया गा पा- १५७६ जना,

५. थाहा नपा- २८, र

६. भीमफेदी गा पा- ४७ जना ।


Kirat Dewas Rai s, an indigenous tribe people ever known as land worshipper Rais, malarial friendly clan and the very first inhabitant of Makwanpur Dun region, are found settled down in the mid mountainous districts like Makwanpur, Nuwakot, Dhading, Chitwan, etc of the present day's Nepal from immemorial time. Those said districts pertain to the lower primeval Kirat land ranging from Trisuli River in the west to Arun River in the east and Goshaikunda in the north to the hilly area of Makwanpur district in the south. They are the descendants of Bajhang Rai, the premier of King Luhang sen of then makwanpur sen state. Bajhang Rai is said to have entered and settled down in the district of Nuwakot with his armies after the defeat in the battle with King Prithivi Narayan Shah.

Being good believers of shamanism, exorcism, and ancestral Gods, they worship byre, grill, animal, land, and nature as consuetude year-round. Dewas is not only a spiritual consuetude but also a life philosophy and recognition that is so deeply rooted in the livelihood of the Dewas rai community that whatever they are performing in their daily life and on special occasions is abiding by the dewas philosophy. To play Dewas ritual is a sacrament of calling for/ praying to god, goddess, and dead ancestral soul for the safeguard of family, villages, and for protecting plants and crops they cultivate, from any kind of natural disaster. Particularly It is collectively performed in the yard of the chief Priest in the village every year on the eve of Bhadra Janai full moon day among the presence of villagers, be they men or women or the aged or young or children, with great pomp during the whole night.

Provided anyone sits for playing Dewas, their body commences shaking due to the influence of exorcism. Specially It is performed for the sake of giving gratitude to Gods & Goddess after the completion of any important task such as paddy/maize cultivation or harvesting. The main goal of playing Dewas is to sain the village, society, and farming land from natural perils.


किरात देवास राईको ईतिहास

          						
        नेपालको मध्यकालीन कालखण्डमा कर्णाली एवं गण्डकी प्रदेशमा बर्षा याममा च्याउ उम्रे झै उम्रीएका क्रमस बाइसे तथा चौबिसे राज्यहरु लगायतका सयौँ राज्य उपराज्यहरुको भिडमा राजा रुद्र सेनको बाहुबर्कत र पराक्रमले संस्थापन गरेको पाल्पाली सेन राज्यले प्रतापी तथा बहादुर सेन राजा मुकुण्द सेनले आफ्नो राज्यकालमा कर्णाटवंशिय राजा नान्य देवले वि.स.११५४ मा स्थापना गरेको डोय राज्य, जसलाई अर्को शब्दमा मिथिला राज्य वा त्रिहुत राज्य पनि भन्ने गरिन्छ, लाई गाभे पछि मात्रै पूर्वीय सिमाना कोशी (विराटनगर) देखि पश्चिम सिमाना गुल्मीसम्म बिस्तार हुने अवसर पाएको थियो। चर्तुर एवं कुशाग्रहि मुकुन्द सेनले आफ्नो राज्य पूर्वतर्फ विस्तारको निम्ति पूर्वीय भूभागमा बस्ने निडर लडाकुको रुपमा परिचित किरात राईहरुको सहयोग र साथ बेगर प्रायः असंमव महशुस गरीकन राई शैन्य दस्ताको सहयोगले जितेको भूभागलाई पाल्पा राज्यको प्रान्तिय क्षेत्रको रुपमा रहने गरी प्रभावशाली राईमा नै कार्यकारणी शासन संचालन अधिकार दिने पूर्वशर्तमा राईहरु सहितको शक्त शैन्यताकत निर्माण गरेपछि मात्रै पाल्पा राज्यको पुर्व सिमाना कोशीसम्म पुर्याउन सफल भएका थिए। पूर्वसर्त एवं सम्झौता मुताबिक नै मुकुन्द सेनले मकवानपुरमा बाजहाङ राई, जसको मातहतमा करिब ९० हजार राई फौजिसेनाहरु रहेको थियो भन्ने विश्वास गरिन्छ, विजयपुर र चौडण्दीमा पनि राईहरुलाई पाल्पाबाट गर्नुपर्ने राजकाज गर्नु दिई शासन संचालन गरेका थिए। यो शासन व्यवस्था प्रणाली पृथ्वीनारायण शाहको एकिकरण कालखण्डसम्म पनि जिवित नै रहेको थियो।
  मुकुण्द सेन धर्मात्मा राजा भएकोले आफ्नो जिवनको उत्तरार्धकालमा आफू जिवित छदै तत्कालीन विशाल पाल्पा राज्यलाई आफ्ना चार भाई छोराहरु बिचमा पूख्यौली संपत्ती बिर्ताको रुपमा अंशवण्डा गरे झै मकवानपुर, पाल्पा, बुटवल र तनहुँ गरी चार भागमा विभाजन गरिदिएर शासन भार छोराहरुमा सुम्पि बाँकी जीवन तपस्वी भई बिताए।
    मकवानपुर, जुन मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनको भागमा परेको थियो, को प्रशासनिक एवं कार्यकारणी कार्यभार बहन गर्ने कार्य मकवानपुरगढिमा बसेर बाजहाङ राईले गर्दै आएका थिए। लोहाङ सेन मकवानपुरगढि आए लगत्तै उनी र बाजहाङ राई बिचमा यसरी सासन  गर्ने संझौता सहमति भयो कि प्रधानसेनापति र प्रधानमन्त्री बाजहाङ राईमा रहने तथा उनको मृत्यु पछि दुवै पदहरु उनका सन्तान दरसंतानहरुमा सर्ने र राजाको पद भने लोहाङ सेनमा रहने र शेषपछि उनको छोरानातिहरुमा सर्दै जाने व्यवस्था गरिनुको अतिरिक्त तुलनात्मकरुपमा राई शैन्यसिपाहीहरुको सँख्या अधिक रहने थियो । संझौता यति मात्र थिएन कि राज्यको संपूर्ण जस्तो कार्यकारणी र प्रशासनिक अख्तियार र अधिकार राई प्रधानमन्त्रीमा निहित रहने थियो। यो शासकिय सहमति/ संझौता मकवानपुरमा मात्रै सिमित नरही मकवानपुर खण्डित भएर बनेका स्वतन्त्र दूई राज्यहरु विजयपुर र चौडण्दीमा समेत लागु भएको थियो।
     लोहाङ सेनको देहान्त पछि मकवानपुरमा क्रमसः राघव सेन र हरिहर सेन राजा भएका थिए। हरिहर सेनको शेष पछि मकवानपुर टुक्रीएर 2 स्वतन्त्र राज्यहरु- मकवानपुर र विजयपुर जन्मिए, सुभाष सेनले मकवानपुर संहाले भने विधाता इन्द्र सेनले विजयपुर राज्य । पछि विजयपुर पनि टुक्रन पुग्दा स्वतन्त्र चौडण्दी राज्यको उदय भयो जसको राजा कर्ण सेन भए। यसरी मकवानपुर टुक्रिएर तीन स्वतन्त्र राज्यहरुको जन्म भए पनि ती सबै राज्यहरुमा पनि राई नै चौतारिया र प्रधानसेनापति लगायत बहुसंख्यामा राई नै सैन्यफौजमा रहने व्यवस्था तत्कालीन समयमा यथावत् नै रहेको थियो। 
      यस्तो किसिमको शासकिय प्रणाली जब सुभाष सेनले आफूलाई हिन्दुकरण गरे अनि आफ्नो सेनामा क्षेत्री ठकुरी भर्ति गराएर तिनिहरुको बलियो शैन्य दस्ता तयार पारी सोझासरल राई प्रधानमन्त्री र सेनापतिलाई तेहि शैनिकहरुको सहयोगमा कुटनितिक दाउपेच र कु-गरेर अपदस्त गरे तब मकवानपुरमा राई प्रधानमन्त्रि र सेनापति रहने व्यवस्थाले सदाको लागि बिदा लियो, पूर्वसंझौता पनि तोडियो । तैपनी शैन्यफौजमा भने न्यून संख्यामा राईहरु रहने व्यवस्था यथावत् नै रहयो, जुन पृथ्वीनारायण शाहले मकवानपुर एकिकरण नगरे सम्म जिवित नै थियो।
     सुभाष सेनले बाजहाङ राईका सन्तानलाई प्रधानमन्त्रि र प्रधान सेनापतिको पदबाट संझौता विपरित पदच्युत गरिदिए पछि उनी र उनका विश्वासिलो सैनिकहरु नुवाकोट र आसपासका पहाडि भूभागमा प्रवेश गरी बसोबास गर्नथाले। त्यसैगरी मकवानपुरको सैन्यदस्तामा दाखिल रहेका राई सिपाहिहरुले वि.स. १८१९को पृथ्वी नारायण शाहको मकवानपुर आक्रमण ताका गोर्खाली फौजसँग कडा प्रतिरोधका साथ विरतापूर्वक लडेका थिए। पृथ्वी नारायण शाहको कूटनीति र आधुनिक हतियारधारी गोर्खाली शैनिकको आक्रमण थेग्न नसकि घुडा टेक्न बाध्य भएपछि बाँचेका बाँकि राई सैनिकहरु भागेर हरिहरपुरगढि पुगे; त्यहाँ पनि युद्वको अग्रमोर्चामा रहेर गोर्खाली फौजमाथी जाइलागे तर हार नै खेप्नु पर्यो। यसपछि यी राई शैनिकहरु जो जिवित थिए, नुवाकोट र आसपासका जिल्लाका पहाडि भूभाग छिरेर बसोबास गरे, जसका सन्ततीहरु आजपनि त्यहिको विभिन्न भूभागमा छरिएर बसोबास गरिरहेको छन्। अर्कोतर्फ बिजयपुर र चौडण्दीमा भने राई प्रधानमन्त्री, प्रधानसेनापति र शैन्यफौज रहने व्यवस्थाको निरन्तरता पृथ्वीनारायण शाहको एकिकरण कालसम्म जिवित अवस्थामा नै थियो, त्यसबेला विजयपुरमा अगमसिंह राई चौतारीया थिए भने चौडण्दीमा नामसिंह राई।
    तत्कालीन समय परिवेशमा शासन प्रणाली सरलीकरण, सहजीकरण र प्रभावकारिताको मनसुबा बोकी मकवानपुर राज्य भित्र जातिय आधारम स-साना जातिय स्वायत्त उपराज्यहरु स्थापना गर्न पाउने व्यवस्था भए बमोजिम मकवानपुर सेन राज्य भित्र तामाङको बेतिनी र लिक्छेपिन्चे, कुमालको कुमालटार,नेवारको पालुङ, मगरको अम्बास, गोपालको कुन्छाल भए झैं चौतरिया बाजहाङ राई,उनका हजारौं राई सैनिकहरू एवं तिनीहरूका परिवारजन संगठित भएर मकवानपुरको पूर्वीय भूखण्डमा “झरझुरे” नामक आफ्नो छुट्टै उपराज्य स्थापना गरेको तथ्य ईतिहासमा मौजूदा पाइन्छ। यसप्रकार दावीका साथ भन्न सकिन्छ कि किरात देवास राईहरु भनेका ती नै चौतारिया बाजहाङ राईको संतान दरसंतान भएकाले झुरझुरे किरात देवास राईहरुको राज्य थियो भनेर।
 झुरझुरेमा बस्ने राईहरु मध्ये कतिपय १५ औँ शताब्दीमा सुलतान समसुद्दिनको फौजको आक्रमण थेग्न नसकी बच्न उत्तरको पहाडी जिल्लाहरु काभ्रे,सिन्धुपाल्चोक,दोलखा,नुवाकोट,धादिँग लगायतको जिल्लाहरुमा छिरेको, कतिपय सुभाष सेनद्धारा पदच्यूत राई प्रधानमन्त्रिको साथ नुवाकोट प्रवेश गरेको र कतिपय राई पृथ्वीनारायण शाहको कठोर बर्वर यातना र आक्रमण सामना गर्न नसकी मकवानपुर जिल्लाकै अन्य भूभागमा र छिमेकी जिल्लाहरुमा सरी बसोबास गर्न सुरु गरेको देखिन्छ। पृथ्वीनारायण शाहले मकवानपुर माथी वि.स.१८१९ मा आक्रमण गरेको बखतसम्म जिवित मानिएको झुरझुरे उपराज्यको बारेमा थप जानकारी हाँसिल गर्न विस्तृत खोज अनुसन्धान गर्नु अपरीहार्य रहेको छ ।
  त्यसैगरी पृथ्वीनारायणले नेपाल एकिकरण गर्नु पूर्व सुरविर र पराक्रमी राजा महेन्द्रसिँह राई र उनका चर्तुर चलाख प्रधानमन्त्री काङसो राई काभ्रे जिल्लामा धुलीखेल चौखत राज्य स्थापना गरी स्वतन्त्रता पूर्वक शासन गरिरहेका थिए। उक्त चौखत राज्य एकिकरण गर्नपृथ्वी नारायण शाहले महेन्द्र सिँह राई र उनका शैन्यबलसंग बर्षौसम्म डटेर लड्दाँ पनि जित्न धौधौ परेको थियो। त्यसैले पृथ्वी नारायण शाहले उनी र उनको शैनिकको विरताको खुलेर प्रशंसा गरेका थिए।
  वर्तमान मकवानपुर जिल्लाको विभिन्न भूभागमा छरिएर बसोबास गरिरहेका किरात देवास राई देवास राईहरु मध्ये प्रायः जसो नुवाकोट, काभ्रे, धादिँग आदिबाट आई बसोबास गरेका र कतिपय पृथ्वी नारायण शाहको आक्रमणले गर्दा झुरझुरे उपराज्यबाट बिस्थापित भई जिल्लाकै अन्य भूभागमा गई बसोवास गर्न थालेको हो भन्ने तथ्य ऐतिहाँसिक दस्तावेजको आधारमा सिद्ध भईसकेको छ । उल्लिखित प्रमाणको आधारमा यो निश्चित हुन्छ कि देवास राईहरु मकवानपुरका चौतरिया बाजहाङ राई, विजयपुरका चौतरिया अगमसिँह राई, चौडण्दीका चौतरिया नामसिँह राई र धुलिखेल चौखतका राजा महेन्द्रसिँह राई र चौतरिया काङसो राईका सन्तान सन्तति हुन। आज पनि किरात देवास राईहरु आफू यिनका सन्तती भएकोमा गर्व गर्छन् ।